NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्ने’

शुक्रबार भदौ १५ , २०८०
Reading Time: 1 min read
A A
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ भदौ, काठमाण्डौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा रिट परे पनि ‘हेर्न नमिल्ने’ भएको छ । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए ।

आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो । ७ भदौमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उद्धव थापालाई मुख्यमन्त्रीमा प्राप्त विश्वासको मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न कोशी सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

थापाले प्राप्त गरेको विश्वासको मत बदरको माग गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च पुगेका थिए । कार्कीको रिटमाथि जारी अन्तरिम आदेशमा सरकारले विश्वासको मत पाएको भनी घोषणा गर्नु संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको उल्लेख थियो ।

LS Auto

सर्वोच्चले अग्राधिकारसहित पूर्ण सुनुवाइका लागि आजको मिति तोकेको थियो । ४ भदौमा थापाले विश्वासको मत पाएकामा उक्त कार्य गैरसंवैधानिक, यसअघि सर्वोच्चबाटै प्रतिपादित सिद्धान्त र आदेशको विरुद्ध रहेको भन्दै कार्कीले ६ भदौमा रिट दायर गरेका थिए । विपक्षीहरूलाई १३ भदौ साँझ ५ बजेसम्म जवाफ पेस गर्न सर्वोच्चले समय दिएकोमा जवाफ आइसकेको छ ।

आदेशमा थापाले विश्वासको मत प्राप्त गरेको भनी गरिएको घोषणासमेतका सक्कल कागजात सर्वोच्चले झिकाएको छ । छिटोछरितो यो मुद्दा किनारा लगाउन आवश्यक रहेको ठहरसहित पेसी तारेखसमेत आदेशमै तोकिएको थियो । कोसी प्रदेश सभामा ९३ सदस्य छन । बहुमतका लागि ४७ सदस्य चाहिन्छन ।

मुख्यमन्त्री थापाले यसअघि तत्कालीन सभामुख बाबुराम गौतमसमेत ४७ सदस्यको हस्ताक्षर लिएर संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका थिए । सर्वोच्चको पूर्ण इजलासले उक्त दाबी रद्द गर्दै सोही धाराबमोजिम सरकार गठनका लागि प्रक्रिया सुरु गर्न परमादेश जारी गरेको थियो । थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

उनले विश्वासको मत लिने दिन उक्त सभाका पालैपालो अध्यक्षता गरेका दुई प्रदेश सभा सदस्यले समेत थापाको पक्षमा मत दिएको भन्दै ती मत बदर हुनुपर्ने मागसहित कार्की फेरि सर्वोच्च पुगेका हुन । सोही रिटमाथि शुक्रबार सुनुवाइ हुन लागेको हो । कांग्रेसका इसराइल मन्सुरीले ज्येष्ठ सदस्यका हैसियतमा विश्वासको मत लिने दिन सभाको अध्यक्षता त गरे नै, उनले थापालाई प्रदेश सभा सदस्यको हैसियतमा विश्वासको मतसमेत दिएका थिए ।

उनी मत दिनका लागि गएको डेढ मिनेटको अवधिमा प्रदेश सभा सदस्य गीता तिमल्सिनाले सभाको अध्यक्षता गरेकी थिइन् । त्यसअघि उनले समेत थापाको पक्षमा मत हालेकी थिइन । अन्तिममा मुख्यमन्त्री थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको घोषणा सभाध्यक्ष मन्सुरीले गरेका थिए । दुवै प्रदेश सभा सदस्यहरूले गरेको कार्य सर्वोच्चबाटै यसअघि भएको फैसला तथा संविधानको समेत विपरीत रहेको दाबीसहित रिट दायर भएको थियो ।

Tags: #कोशी सरकार अझै अन्योलमा#कोशी सरकारको आधिकारिकता#कोशी सरकारविरुद्धको रिट

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.