×

NEPAL TIMES UPDATES

Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026
Playing
पर्दा पछाडिका नायक मोज्तबा बने इरानका सर्वोच्च नेता|| Nepal Times
Mar 09, 2026
Playing
नेपालमा पहिलो पटक धारा ७६(१) बमोजिम सरकार बन्दै || Nepal Times
Mar 09, 2026
Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026

कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्ने’

१५ भाद्र २०८०

१५ भदौ, काठमाण्डौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा रिट परे पनि ‘हेर्न नमिल्ने’ भएको छ । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए ।

आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो । ७ भदौमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उद्धव थापालाई मुख्यमन्त्रीमा प्राप्त विश्वासको मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न कोशी सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

थापाले प्राप्त गरेको विश्वासको मत बदरको माग गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च पुगेका थिए । कार्कीको रिटमाथि जारी अन्तरिम आदेशमा सरकारले विश्वासको मत पाएको भनी घोषणा गर्नु संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको उल्लेख थियो ।

सर्वोच्चले अग्राधिकारसहित पूर्ण सुनुवाइका लागि आजको मिति तोकेको थियो । ४ भदौमा थापाले विश्वासको मत पाएकामा उक्त कार्य गैरसंवैधानिक, यसअघि सर्वोच्चबाटै प्रतिपादित सिद्धान्त र आदेशको विरुद्ध रहेको भन्दै कार्कीले ६ भदौमा रिट दायर गरेका थिए । विपक्षीहरूलाई १३ भदौ साँझ ५ बजेसम्म जवाफ पेस गर्न सर्वोच्चले समय दिएकोमा जवाफ आइसकेको छ ।

आदेशमा थापाले विश्वासको मत प्राप्त गरेको भनी गरिएको घोषणासमेतका सक्कल कागजात सर्वोच्चले झिकाएको छ । छिटोछरितो यो मुद्दा किनारा लगाउन आवश्यक रहेको ठहरसहित पेसी तारेखसमेत आदेशमै तोकिएको थियो । कोसी प्रदेश सभामा ९३ सदस्य छन । बहुमतका लागि ४७ सदस्य चाहिन्छन ।

मुख्यमन्त्री थापाले यसअघि तत्कालीन सभामुख बाबुराम गौतमसमेत ४७ सदस्यको हस्ताक्षर लिएर संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका थिए । सर्वोच्चको पूर्ण इजलासले उक्त दाबी रद्द गर्दै सोही धाराबमोजिम सरकार गठनका लागि प्रक्रिया सुरु गर्न परमादेश जारी गरेको थियो । थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

उनले विश्वासको मत लिने दिन उक्त सभाका पालैपालो अध्यक्षता गरेका दुई प्रदेश सभा सदस्यले समेत थापाको पक्षमा मत दिएको भन्दै ती मत बदर हुनुपर्ने मागसहित कार्की फेरि सर्वोच्च पुगेका हुन । सोही रिटमाथि शुक्रबार सुनुवाइ हुन लागेको हो । कांग्रेसका इसराइल मन्सुरीले ज्येष्ठ सदस्यका हैसियतमा विश्वासको मत लिने दिन सभाको अध्यक्षता त गरे नै, उनले थापालाई प्रदेश सभा सदस्यको हैसियतमा विश्वासको मतसमेत दिएका थिए ।

उनी मत दिनका लागि गएको डेढ मिनेटको अवधिमा प्रदेश सभा सदस्य गीता तिमल्सिनाले सभाको अध्यक्षता गरेकी थिइन् । त्यसअघि उनले समेत थापाको पक्षमा मत हालेकी थिइन । अन्तिममा मुख्यमन्त्री थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको घोषणा सभाध्यक्ष मन्सुरीले गरेका थिए । दुवै प्रदेश सभा सदस्यहरूले गरेको कार्य सर्वोच्चबाटै यसअघि भएको फैसला तथा संविधानको समेत विपरीत रहेको दाबीसहित रिट दायर भएको थियो ।

भर्खरको समाचार

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

सम्बन्धित खबरहरु

Scroll to Top