×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

अर्नाले क्रिकेटरलाई दियो ४२ लाख पुरस्कार / कुन खेलाडीले कति जिते ?

२१ कार्तिक २०८०

२१ कार्तिक, काठमाण्डौ ।
नेपाललाई विश्व कप क्रिकेटसम्म पुर्याउनका लागि खेलाडीलाई प्रोत्साहन स्वरुप विश्वकप छनोटका खेलमा विभिन्न प्रावधानसहित पुरस्कार घोषणा गरेको अर्ना वियरले टी–२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । सोमबार साझ आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार खेलाडीहरुलाई विरतरण गरेको हो।

पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरिएको छ । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ । यो पुरस्कार १५ सदस्यीय टीममा रहेका खेलाडीहरुले पाउने छन् ।

Advertisement

राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले पनि यो ९० हजार पाउनेछन् । टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नगद पुरस्कार दिइएको छैन ।

उनलाई समारोहमा टोकन अफ लभ प्रदान गरिएको छ । अर्नाले प्रशिक्षक देसाईलाई छुट्टै कार्यक्रम राखेर विशेष सम्मान गरिने जनाएको छ । व्यक्तिगत विधामा सबैभन्दा बढी रकम कुशल भुर्तेलले प्राप्त गरेका छन् । प्रतियोगितामै सर्वाधिक रन बनाएका भुर्तेलले अर्नाबाट ५ लाख ३ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सर्वाधिक रकम कुशल मल्लको भागमा पर्यो ।

उनले २ लाख ९० हजार रूपैयाँ प्राप्त गरे । यस्तै, आसिफ शेखले २ लाख ३९ हजार, अविनाश बोहराले २ लाख २४ हजार र करण केसीले २ लाख २ हजार ५०० पाएका छन् । अन्य खेलाडीहरूमा सन्दीप लामिछानेले एक लाख ८२ हजार, रोहित पौडेलले एक लाख ६३ हजार, गुल्शन झाले एक लाख ४१ हजार ५ सय, विवेक यादवले १ लाख ४१ हजार, सोमपाल कामीले एक लाख ४३ हजार र सन्दीप जोराले ७० हजार रूपैयाँ पाएका छन् ।

अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर तर, पुरस्कारको ढाँचा वैज्ञानिक नभएको र सबै खेलाडीलाई न्याय नहुने भनेर विवाद बढेपछि अर्नाले सेमिफाइनल र फाइनलमा व्यक्तिगत विधाको पुरस्कार हटाएको थियो । त्यसपछि सिंगै टीमलाई पुरस्कार दिने नयाँ घोषणा गरियो ।

जसअनुसार टिमले प्रत्येक डट बलका लागि २ हजार रुपैयाँ, विकेटका लागि ३० हजार रूपैयाँ मेडन ओभरका लागि २० हजार पाएको छ । यस्तै प्रत्येक रनका लागि १५ सय, चौकाका लागि १५ हजार र छक्काका लागि २५ हजारको दरले हिसाब गरेर १८ लाख ७७ हजार रकम टीमलाई उपलब्ध गराइएको हो । खेलाडीहरुलाई नोबेल अस्पताल विराटनगर र डिस होमले समेत पुरस्कार दिने घोषणा गरेपनि अहिलेसम्म हस्तान्तरण भने गरेका छैनन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top