पुर्वाञ्चल विश्वविद्यालय‘पूवि’द्धारा आगामी असोजमा सञ्चालन हुने प्रवेश परीक्षाको समितीमाथि नैतिक प्रश्न उठेको छ । सदस्य–सचिव र सदस्यका कारण विश्वविद्यालयको प्रवेश परीक्षा समिती विवादमा परेको हो ।
उनीहरुका छोराछोरी र श्रीमतीले फाराम भरेको भन्दै विद्यार्थीहरुले प्रवेश परीक्षा समितिको निष्पक्षतामा नैतिक प्रश्न उठाएका हुन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
परीक्षा नियन्त्रक प्राडा. सुर्यप्रसाद संग्रौलाको संयोजकत्वमा गठित समितिमा पुसेट क्याम्पसका सह–पा्रध्यापक बालेन्दु हमाल सदस्य–सचिव र गोठगाउँस्थित जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरका क्याम्पस प्रमुख कृष्ण दहाल सदस्य छन् ।
छोरीले गोठगाउँस्थित पूविकै आंगिक क्याम्पसबाट बीएस्सी नर्सिङ र बी फार्मेसीमा भर्नाका लागि आवेदन दिएपछि प्रवेश परीक्षाको निष्पक्षतामा प्रश्न उठाउँदै विद्यार्थीहरुले सदस्य–सचिव हमाललाई तत्काल समितिबाट हटाउन माग गरेका छन् ।
त्यस्तै समितिका अर्का सदस्य दाहालकी श्रीमतीले पनि बीएस्सी एग्रिकल्चरमा अध्ययनका लागि आवेदन फाराम भरेकाले विद्यार्थीहरुले उनलाई समेत समितिबाट हटाउन माग गरेका हुन् ।