NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

पाकिस्तानमा सेनाको सरकार ? power of ballet खोई ?

आइतवार माघ २८ , २०८०
Reading Time: 1 min read
A A
पाकिस्तानी प्रधानमन्त्री इमरान खान काश्मिर भ्रमणमा, नयाँ नीति घोषणाको सम्भावना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ माघ , विराटनगर । 
नेताहरुका लागि जनताको मत नै उनीहरुको राजनीतिक जीवनका लागि भाग्य र भविष्य बन्ने गर्दछ । जनताले ब्यालेट बक्सबाट नै आफ्नो जनादेशबाट शासन सत्तामा पुग्नेहरुको छिनोफानो गर्दछन् । यदि त्यो देशमा कानून र विधिको सर्वाेच्चता छ भने । अहिले दक्षिण एसियाली राष्ट्र पाकिस्तानमामा भएको आम निर्वाचनमा पाकिस्तानी जनता मात्रै होइन सारा विश्वको ध्यान केन्द्रित भएको छ ।

क्रिकेट बल र ब्याटबाट विश्व चर्चित बनेका पूर्व क्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई दशक लामो जेल जीवन पठाएपछि उनको दललाई अनेकौ प्रतिबन्ध लगाएको अवस्थामा खानले जेलको बन्द कोठामा बसेरै आफ्ना समर्थकहरुलाई सबैभन्दा ठूलो जित दिलाएका छन् । अदालतको आदेशको अक्षरंश पालना गर्नुपर्दछ ।

तर जनताको मतलाई हेर्ने हो भने इमरान निर्दाेष छन् र नै उनीहरुलाई विना राजनीतिक दल र चुनाव चिन्ह समेत नभएका निर्दलीय स्वतन्त्र उम्मेदवारहरुलाई विजय तिलक लगाइदिएका छन् । तर सेनाको रजगज रहेको पाकिस्तानमा जनताको ब्यालेट बक्सको जनादेश कार्यान्वयन हुनेमा भने शंका ब्यक्त भइरहेका छन् ।

LS Auto

पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ। पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार २६६ सिटमा स्वतन्त्र उम्मेदवारले ९७, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७६ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन्।

निर्वाचन परिणाम अनुशार अन्य दलले ३७ सिटमा विजय हासिल गरेका छन् । यद्यपि केही अन्तराष्ट्रिय संचारमाध्यामहरुले भने स्वतन्त्र उम्मेदवारहरुले १०१ सिटमा विजय हासिल गरेको उल्लेख गरेका छन् । निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रर्व प्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन्। सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ। तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ।

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन्। “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष गौहर खानले राजनीतिक बन्दीहरूको रिहाई र शासन गर्ने आफ्नो जनादेश स्वीकार गर्नु नै चुनावपछि स्थापनाले प्रस्ताव गर्न सक्ने एक मात्र उपाय भएको बताएका छन् । पाकिस्तानको राजनीतिक परिदृश्य गतिशील रहन्छ, किनकि पार्टीहरू गठबन्धन र चुनावपछिको परिदृश्यमा काम गरिरहेका छन्।

गौहर खानको कथन सेना प्रमुख (सीओएएस) असिम मुनीरले अराजकता र ध्रुवीकरणको राजनीतिबाट अगाडि बढ्नको लागि देशलाई स्थिर हात र उपचारात्मक स्पर्शको आवश्यकता रहेको बताएपछि आएको हो। एक अन्तर्वार्तामा, गोहरले भनेका छन् ‘संयुक्त सरकार भनेको एउटै कुरामा सबै दल एकजुट हुनुपर्ने हो, त्यो हो जनताको मतलाई पहिले सम्मान गर्नुपर्छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार राजनीतिक बन्दीहरूको रिहाइ र चुनावी जनादेशलाई स्वीकार गर्ने आह्वानले पाकिस्तानमा लोकतान्त्रिक सिद्धान्त र कानूनको शासनप्रति पीटीआईको प्रतिबद्धता झल्काउँछ।उता डनको रिपोर्टका अनुसार पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले चलिरहेको निर्वाचन प्रक्रियालाई ध्यानमा राख्दै स्थिर शासन र एकताको आवश्यकतामा जोड दिएका छन् ।

कुनै पनि दलले बहुमत ल्याउन सकेन । यस्तो अवस्थामा सबै दलहरू गठबन्धन सरकार गठनका लागि हेराफेरीमा लागेका छन् । इमरान खानको पार्टीलाई राजनीतिबाट बाहिर राख्न पाकिस्तानको सेना पनि सक्रिय भएको छ । सेना प्रमुख जनरल मुनीरले सबै राजनीतिक दललाई जतिसक्दो चाँडो सरकार गठन गर्न सुझाव दिएका छन् ।

जनरल मुनीरले पाकिस्तानको ठूलो जनसङ्ख्याका लागि प्रगतिशील शासनको महत्त्वलाई जोड दिँदै भनेका छन्, “देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर जान स्थिर हात र उपचारात्मक स्पर्श चाहिन्छ।“ जनरल मुनिरले राजनीतिक दलहरूलाई स्वार्थभन्दा माथि उठेर जनताको सेवामा सहयोग गर्न आग्रह गरेका छन् । साथै, भंग भएको जनादेशको बीचमा, पीएमएल–एनका सुप्रिमो नवाज सरिफले पीपीपी, जमियत उलेमा–ए–इस्लाम (एफ) र मुत्ताहिदा कौमी मूवमेन्ट (पाकिस्तान) लगायतका पूर्व सहयोगीहरूसँग संयुक्त सरकार बनाउने आफ्नो इच्छा व्यक्त गरेका छन् ।

संसारलाई थाहा छ, पाकिस्तानमा सेनाले चाहेको सरकार बन्ने गर्छ । यस पटक सेनाले नवाज सरिफलाई विजयी बनाएको छ । नवाज सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् तर उनले आफ्नो कार्यकाल पूरा गर्न सकेका छैनन् । इमरान खान गत वर्ष अगस्टदेखि कैयौँ मुद्दामा जेलमा छन् । यसपछि पनि उनको पार्टी पाकिस्तानमा सबैभन्दा अगाडि रह्यो ।

यसको मुख्य कारण पाकिस्तानको शक्तिशाली सेनाले इमरान खान र उनको पीटीआई पार्टी विरुद्ध आफ्नो प्रयास केन्द्रित गरेको थियो। दशकौंदेखि सेनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको राजनीतिलाई नियन्त्रण गर्दै आएको छ। पाकिस्तानको राजनीतिमा सेना सबैभन्दा शक्तिशाली खेलाडी हो । पाकिस्तानी सेनाको इमरान खानसँगको सम्बन्ध निकै खराब रहेको छ ।

२०१८ मा इमरान खान सेनाको समर्थनमा पाकिस्तानको प्रधानमन्त्री बने । तर, यो साझेदारी केही वर्ष मात्र टिक्यो । पाकिस्तानका तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवा र नदीम अन्जुमलाई गुप्तचर निकाय आईएसआईको प्रमुखमा नियुक्त गरेपछि सेना र इमरान खानबीचको विवाद निकै बढेको थियो । इमरान खानले पनि अमेरिकासँग दुश्मनी गरेका थिए ।

अफगानिस्तानमाथि नजर राख्न अमेरिकालाई कुनै पनि हालतमा पाकिस्तानमा पहुँच चाहिन्छ। यस्तो अवस्थामा विपक्षी, सेना र अमेरिकाको मिलेमतोमा इमरान खानलाई सत्ताबाट हटाइयो । इमरानले पाकिस्तानी सेनाले आफूलाई प्रधानमन्त्री पदबाट हटाएको आरोप लगाएका छन् । इमरान खानविरुद्ध ८० भन्दा बढी मुद्दा दर्ता भएका छन् । खानलाई भ्रष्टाचार, तोशाखाना र अवैध विवाह मुद्दामा दोषी ठहर भएका छन् । उनको पार्टीका धेरै नेताहरु विभिन्न मुद्दामा जेल परेका छन् ।

खानलाई रावलपिण्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ मुद्दामा जमानत दिइएको छ । खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँमा जमानत दिइएको छ ।

एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाइ गरेका थिए । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ । खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो । द एक्सप्रेस ट्रिब्युनका अनुसार, यी दुवैलाई अदालतमा पेस गरिएको थियो । पूर्वप्रधानमन्त्रीलाई मे ९ मा इस्लामावाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दंगासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । उजुरीहरूमा जनरल हेडक्वार्टरको गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगा र अरू घटना समावेश छन् । पीटीआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो । तर आमनिर्वाचनको परिणाम अनुशार उनका समर्थक पहिलो स्थानमा विजयी भएको बेला खानलाई १२ मुद्दामा जमानत दिइएको हो ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३३६ सिटहरू छन्, जसमध्ये २६६ उम्मेदवार प्रत्यक्ष मतदान प्रक्रियाबाट निर्वाचित हुन्छन्। जसमध्ये ६० महिला र १० गैरमुस्लिमका लागि ७० सिट आरक्षित छन् । पाकिस्तानमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले कम्तिमा १७२ सिट जित्नुपर्छ। तर अहिले पनि पीटीआईलाई बाहिर राखेर बहुमतको सरकार बन्ने अवस्था सुनिश्चित भइसकेको छैन् ।

अब बहुमत कसैको पनि रहेको छैन् । यस्तो अवस्थामा अब सेनाले मन पराउने नै पाकिस्तानको प्रधानमन्त्री बन्ने विश्वास गरिएको छ । पाकिस्तानमा इमरानमाथिको राजनीतिक प्रतिशोधका बीच प्राप्त पछिल्लो मत परिणाम र अब बन्ने सरकार बारे आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

 

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#पाकिस्तानमा सेनाको सरकार

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.