×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

प्रदेश सरकारद्धारा ६ जिल्लामा सडक शुसासन अभियान लागु

२८ भाद्र २०७५

विराटनगर, भदौ २८
प्रदेश नं. १ सरकारले बढ्दो सडक दुघर्टना न्युनीकरणका लागि विषेश अभियान स्वरुप ६ जिल्लामा सडक शुसासन अभियान लागु गरेको छ । पहिलो चरणमा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटर क्षेत्रको राजमार्गलाई बिकास गरी नमुनाको रुपमा सडक शुसासन अभियान लागु गरेको हो । साथै नमुना राजमार्ग क्षेत्र भित्र पर्ने ६ बटा शहरलाई समेत नमुना शहर बनाइने भएको छ ।

मुख्य मन्त्री शेरधन राईको परिकल्पाना अनुसार प्रदेशको अस्थायी राजधानी विराटनगरको मेनरोड र शुन्दर हरैँचा गछिया राजमार्ग, सुनसरीको इटहरी वुढीखोलादेखि रामधुनी झुम्का बजार, झापाको बिर्तामोडको मुक्तीचौकदेखि सुरुङ्गाको माइखोला पुल, इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागते चौक र उदयपुरको गाईगाटबजारदेखि जलजले ढाटसम्मको १० किलोमिटर राजमार्ग क्षेत्रलाई नमुना सडक निर्माण गरी प्रदेश सरकारले सडक शुसासन अभियान सञ्चालनको तयारी गरेको हो ।

Advertisement

ति राजमार्ग क्षेत्र भित्र समेटिने मोरङको विराटनगर, विराटचौक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाईघाट बजारलाई नमुना शहरको रुपमा बिकास गरिने छ ।

विराटनगरमा बिहिबार सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशका ६ जिल्लामा पहिलो पल्ट प्रयोगमा ल्याउन लागिएको सडक शुसासन अभियानका लागि तयार पारिएका सडकहरु नागरिकले सबै प्रकारको सुरक्षाको अनुभुति दिलाउने खालका मापदण्डमा तयार पारिर्ने जानकारी दिए ।

उनले १० किलो मिटिर राजमार्ग क्षेत्र सबै प्रकारको भय, सास्तीबाट मुतm हुने खालका सडकका स्तर पहिचान निर्धारण गरि निर्माण गरिने बताए । ‘हाम्रो अभियान मुख्यतय सडक दुर्घटनाको भयवह अहिलेको स्थितीलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने तर्फ केन्द्रित छ । सोही अनुसार ६ स्थानमा तयार परिएका राजमार्ग क्षेत्र नमुनाको रुपमा सबै प्रकारले उपयोगी राजमार्ग निर्माण गर्ने तर्फ प्रदेश सरकारको ध्यान जानेछ । त्यो राजमार्ग फाराकिलो, सफा, भयत्रास मुतm हुनेछ ।’ मुख्य मन्त्री राईले भने ।

मुख्य मन्त्री राईले राजनैतिक परिर्वतनका लागि चलेको आन्दोलन र लडाईमा भन्दा पनि दोब्बर संख्यामा नागरिकले सडक दुर्घटनामा मृत्युवरण गर्नु परेको र त्यातिकै मात्रामा घाइते भएको तथ्याङ रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सडक दुर्घटनाका अबस्था भयावहको स्थिती रहेपनि समिति श्रोत साधनको अधिकत्तम उपयोग गरी सडक शुसासन अभियान सफल हुनेमा दाबी गरे ।

अभियानको प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्री, सभामुख र स्थानीय सरकारका प्रमुखहरुले सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर कार्यक्रम प्रति सहमति जनाएका छन । कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक केदार रिजाललले कार्यपत्रको उदेश्यसहित कार्यपत्र प्रस्तुत गरेका थिए ।

सडक दुर्घटनामा दैनिक १ जनाको मृत्यु
प्रदेश नं १ मा तिन बर्षको अवधिमा सडक दुर्घटनामा परी १ हजार १ सय १२ जनाको ज्यान गएको छ । यो संख्या हेर्दा १ नं. प्रदेश अन्तर्गतका १३ जिल्लामा सडक दुर्घटनामा परी दैनिक १ जनाले ज्यान गुमाउने गरेको अबस्था देखिन्छ । १ नं प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ अनुसार पछिल्ला समयमा सडक दुर्घटना परी ज्यान गुमाउनेको संख्या बढेको छ ।

प्रहरीको तथ्याङक अनुसार आर्थिक बर्ष ०७२÷०७३ मा ३ सय ३८ जनाले सडक दुघर्टनामा परी ज्यान गुमाएका छन । आर्थिक बर्ष ०७३÷०७४मा ३ सय ५० जना र आर्थिक बर्ष ०७४÷०७५ मा ४ सय २४ जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अबस्थामा ३६ जनाको सडक दुर्घटनामा परी मृत्यु भईसकेको छ । साउन महिनामा २० र भदौ महिनामा १६ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रदेश नं.१ मा कुल सडकको लम्बाई ६ हजार ५५ किलोमिटर रहेको छ । जसमा पक्की सडकको लम्बाई १ हजार ४५ किलोमिटर रहेको छ । त्यसैगरी ग्राभेल सडकको लम्बाई १ हजार ५ सय ९९ किलोमिटर रहेको छ ।

Advertisement

त्यसैगरी कच्ची सडकको लम्बाई ३ हजार ४ सय ११ किलो मिटर रहेको छ । १ नं प्रदेशमा हाल ट्राफिक प्रहरी दरबन्दी संख्या १ सय ९८ जनाको रहेको छ । १ जना ट्राफिक प्रहरीले हालको अबस्थामा ३० किलो मिटिर सडक क्षेत्र हेर्नु पर्ने अबस्था रहेको छ । प्रदेश १ मा दर्ता भएका कुल सवारी साधनको संख्या ५ लाख ८० हजार ८ सय ३ वटा रहेका छन् । जसमा १ जना ट्राफिक प्रहरीले २ सय ९३ वटा सवारी साधान हेर्नु देखिन्छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top