नेपालको यू–१९ टोली भारतसँग पराजित

नेपालको यू–१९ टोली भारतसँग पराजित

काठमाडौँ, भदौ २९
भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले ८ विकेटको हार बेहोरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य पछ्रयाएको भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार/चार विकेट लिए ।

त्यस्तै नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक /एक विकेट लिए ।त्यसअघि ब्याटिङ गरेको नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.