×

NEPAL TIMES UPDATES

Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल बन्यो

१७ जेष्ठ २०८१

१७ वैशाख , काठमाण्डौ ।

लामो समयको वहसपछि आगामी वर्षको बजेटमा उल्लेख भएवमोजिम प्रहरीको उमेर हद पुनरावलोकनका लागि अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

गृहमन्त्री लामिछानेको सचिवालयअनुसार, कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहने गरी कार्यदल बनाइएको हो।

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। नेपाल प्रहरीको अवकाशको उमेर हद पद अनुसार फरक फरक छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु ५८ वर्षमा अनिवार्य अवकाशमा जाँदैछन् ।

तर यी तीन वटै सुरक्षा निकायले भने उमेरहद बढाएर ६० वर्ष पु¥याउनुपर्ने लबिङ गर्दै आएका थिए । निजामती कर्मचारीको उमेरहद पनि हाल ५८ वर्ष नै रहेको छ । संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयकमा भने ६० वर्ष प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा सुरक्षाकर्मीहरुको अवकाशको उमेर हदलाई पुनरावलोकन गर्ने उल्लेख छ ।

बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेटको २५८ औं नम्बरमा प्रहरीको सेवा निवृत्त उमेर पुनरावलोकन गरिने उल्लेख छ । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइनेछ ।

सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिनेछ’, उक्त बुँदामा भनिएको छ । हाल नेपाल प्रहरीमा महानिरीक्षकको उमेर हद ५८, अतिरिक्त महानिरीक्षक (एआईजी) र नायब महानिरीक्षक (डीआईजी) को ५६, एसएसपी र एसपी ५५ वर्ष छ । नयाँ संघीय प्रहरी ऐनको मस्यौदामा महानिरीक्षकको उमेर हद ५८, एआईजी र डीआईजीको ५७, एसएसपी र एसपीको ५६ र बाँकीको ५५ वर्ष राखिएको छ ।

तर त्यसलाई समेत परिमार्जन गर्ने तयारी भइरहेको छ । संघीय प्रहरी ऐनको मस्यौदामा उल्लेख गरिएको उमेरहदको प्रस्तावभन्दा भिन्न हुनुपर्ने भन्दै यसअघि नै प्रहरी प्रधान कार्यालयले उमेरहदको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उक्त प्रस्तावमा महानिरीक्षकको उमेरहद ५८ बाट बढाएर ६० पु¥याउनुपर्ने उल्लेख गरिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार एआईजी र डीआईजीको ५९, एसएसपीको ५८, एसपी र डीएसपीको ५७, इन्सपेक्टरको ५६ र अन्यको ५५ वर्ष उमेरहद राख्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ । त्यस्तै ३० वर्षे सेवा अवधि हटाएर पदावधि र उमेरहदका कारण मात्रै अवकाश हुने प्रस्ताव गरिएको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top