×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्जेन्टिना आउट, फ्रान्स सेमिफाइनलमा, समीकरण पुरा

१९ श्रावण २०८१

१९ साउन, एजेन्सी ।

पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । शुक्रबार राति भएका क्वाटरफाइनलका खेलहरूबाट अन्तिम ४ टिमको तय भएको हो । सेमीफाइनल पुग्ने चार टोलीमा मोरक्को, स्पेन फ्रान्स र इजिप्ट रहेका छन् । यसक्रममा अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै घरेलु टोली फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सको जितमा माटेटा जिन–फिलिपले गरेको गोल नै निर्णायक बन्यो । फिलिपले खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यही गोल नै फ्रान्सका लागि निर्णायक बन्यो । खेलको अन्त्यतिर फ्रान्स र अर्जेन्टिनाका खेलाडीहरूबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि खेलाडीहरूबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

दुवै टोलीका खेलाडी र प्रशिक्षकहरु मैदानमा नै भिड्न पुगेका थिए । पछिल्लो समय दुई टोलबीच तनाव बढ्दो छ । गत १४ जुलाईमा कोपा अमेरिका जितेपछि अजेन्टिनी खेलाडीहरुले फ्रान्सका अश्वेत खेलाडीविरुद्ध रंगभेदी गीत गाउको भिडियो सार्वजनिक भएको थियो । खेलको सुरुवातमा नै अजेन्टीनाको राष्ट्रिय गान बज्दा फ्रान्सका समर्थकहरुले त्यसविरुद्ध हुटिंग गरेका थिए ।

खेलपछि दुई टोलीबीच हात हालहालको स्थिति बन्यो । यसबीच जितसँगै सेमिफाइनल प्रवेश गरेको फ्रान्सले फाइनल प्रवेशका लागि इजिप्टको सामना गर्नेछ । इजिप्ट पाराग्वेलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो । इजिप्टका लागि सुटआउटमा पाँचै खेलाडीले गोल गरेका थिए । पाराग्वेका पेरेज गोल गर्न असफल रहे ।

निर्धारित समयम १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । फ्रान्सले पछिल्लोपटक सन १९८४ मा ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । उता सन् १९३६ मा इटालीपछि विश्वकप र ओलम्पिक जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपना भने चकनाचुर बनेको छ । यसैगरी स्पेन र मोरक्को पनि सेमिफाइनल प्रवेश गरेका छन् ।

स्पेनले जापानलाई ३–० ले हरायो । स्पेनका लागि फर्मिन लोपेजले दुई तथा अबेल रुइजले एक गोल गरे । अर्को क्वाटरफाइनलमा मोरक्को अमेरिकालाई ४–० ले हरायो । मोरक्कोका लागि साउफिएन राहिमी, इलिस अखोमाच, अच्रफ हाकिमी र एल मेहदी माउहाउबले एक–एक गोल गरे । यससंगै सेमिफाइनल समीकरण पुरा भएको हो । अब फाइनल प्रवेशका लागि फ्रान्सले इजिप्टको सामना गर्ने छ भने स्पेन र मोरक्को भिड्ने छन ्। सेमिफाइनल खेल सोमबार राति हुने छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top