×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

दिल्लीबाट फर्किन् आरजुः भाजपालाई भेटिन्, विपक्षीलाई वेवास्ता

६ भाद्र २०८१

६ भदौ , विराटनगर , काठमाण्डौ , एजेन्सी ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किएकी छन् । आइतबार चार दिने भ्रमणका लागि दिल्ली पुगेकी उनले त्यहाँ भेटवार्ता सकेर दिउँसो काठमाडौं ओर्लिन । उनले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै भ्रमणबारे ब्रिफिङ गरिन् । दिल्लीमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

परराष्ट्रमन्त्रीका रुपमा आरजुको यो भ्रमणलाई भारतले निकै महत्व दिएको हो । उनले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीमध्ये यो स्तरको महत्व पाउनेमा कमल थापापछि उनी दोस्रो हुन । तर जुन स्तरको महत्व भारतले परराष्ट्रमन्त्री राणालाई प्रदान ग¥यो, नेपालको तयारी र उपस्थिति भने कमजोर देखियो ।

उनी एजेण्डाविहीन रुपमा दिल्ली गएको कुटनितिज्ञहरुले नै टिप्पणी गरेका छन् । यस्तै आरजुको भ्रमणलाई लिएर अर्को प्रसंग पनि अहिले निकै उठाइएको छ त्यो हो दिल्लीमा सत्तारुढ दलका नेताहरुसंग भेटवार्ता गरिरहँदा आरजुले त्यहाँको विपक्षी दलका नेताहरुलाई भने वास्ता नै गरिनन् ।

जबकी परिचयात्मक भ्रमणका लागि दुई साताअघि नेपाल आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले भने राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटेका थिए । अनि मात्रै उनी सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानीलकण्ठ गए ।

दुई दिनको छोटो भ्रमणमा पनि उनले अर्थ, गृह, सहरी विकास र परराष्ट्रसहित ४ मन्त्रीलाई भेटे । आफैँले रात्रीभोजको आयोजना गरेर अधिकांश दलका दोस्रो, तेस्रो तहसम्मका नेता र नागरिक समाजका अगुवाहरूसँग पनि भलाकुसारी गरे । भ्रमण टुंग्याएर नयाँ दिल्ली उड्नुअघि पूर्वप्रधानमन्त्री एवं छैटौँ ठूलो दलका अध्यक्ष माधव नेपाललाई भेट्न छुटाएनन् ।

मिस्री फर्किएको ५ दिनपछि भारत पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यहाँ ५ दिन बसिन् तर भाजपाबाहेका नेतासंग भेटघाट गरिनन् । आरजु दिल्लीमै रहेका बेला मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम पनि त्यहाँ पुगेका थिए । उनले भने आफ्नो भ्रमणलाई भारत सरकारका प्रधानमन्त्री र मन्त्रीमा मात्रै सीमित गरेनन् ।

मंगलबार प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय वार्ता गरेर महत्त्वपूर्ण सम्झौता समेत गरेका उनले त्यसको भोलिपल्ट (बुधबार) विपक्षी ‘इन्डिया’ गठबन्धनका नेता राहुल गान्धीसँग पनि भेटघाट गरे । सरकारसँग आर्थिक, रक्षा तथा सुरक्षा सम्बन्धलाई बलियो बनाउने रणनीतिक साझेदारी गर्नेसम्मको सहमति जुटाएका इब्राहिमले गान्धीलाई किन भेटे ? अर्थात् विपक्षी दलका नेतालाई भेटेर इब्राहिमले खासमा लोकतान्त्रिक चरित्र देखाएका थिए ।

अनि मलेसियाले सरकार बनाएको दल भारतीय जनता पार्टीसँग मात्रै सम्बन्ध राख्दैन भन्ने सन्देश दिन खोजेको देखिन्थ्यो । कंग्रेस आईका नेता गान्धीलाई भेटेर भारतका सबै दलसँग उस्तै सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश पनि दिन खोजेको देखिन्थ्यो । यता नेपालबाट भने परराष्ट्रमन्त्री राणाले भारतसँगको कूटनीतिक सम्बन्धका लागि विपक्षी दललाई नभेट्नुलाई उचित नभएको टिप्पणी भइरहेको छ ।

नेपालले सबै दललाई सामान व्यवहार गर्छ भन्ने सन्देश मात्र होइन, विपक्षी दल भनेको ‘वेटिङ गभर्नमेन्ट’ पनि हो । त्यस अर्थमा पनि राणाले गान्धीलाई भेट्नु उपयुक्त हुने तर्क कूटनीतिज्ञहरूले गरेका छन् । तर पराष्ट्रमन्त्री राणा मात्रै होइन, नेपालबाट भारत भ्रमणमा जाने प्रधानमन्त्री, मन्त्रीले विपक्षी दलका नेता, नागरिक समाजका अगुवालाई भेट्ने गरेका छैनन् । पछिल्लो समय भारतको औपचारिक भ्रमणमा जाने नेपालका नेताहरूको प्राथमिकतामा सत्तारुढ दलबाहेकका नेताहरु पर्न छाडेका छन् ।

 

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top