NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश

बुधबार भदौ १२ , २०८१
Reading Time: 1 min read
A A
साफ उपाधि भिडन्तमा नेपाल भर्सेस बंगलादेश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ भदौ , काठमाण्डौ।

२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । अन्य खेल खेलाउन नसकिएपनि फाइनल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

पहिलो सेमिफाइनलमा नेपाल पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर तथा दोस्रो सेमिफाइनलमा बङ्गलादेश पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो । तसर्थ आज बंगलादेश खाली हात घर नफर्किने गरी मैदानमा उत्रिने छ ।

नेपाल पनि घरेलु मैदानमा उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ । सिनियरतर्फ नेपालको पुरुष र महिला दुवै टोलीले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । यस्तोमा नेपाललाई साफ क्षेत्रमा जुनियर टिमले नै सफलता दिलाउँदै आएका छन् । च्याम्पियनसिपको छैटौं संस्करणमा आइपुग्दा नेपालले अहिलेसम्म दुई पटक उपाधि जितेको छ ।

सन् २०१५ मा नेपालबाट सुरु भएको साफ यू–१९ मा नेपालले पहिलो संस्करणको फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । यस्तै २०१७ मा भुटानमा भएको साफ यू–१८ मा पनि नेपाल च्याम्पियन बनेको थियो । राउण्ड रोविन लिगका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल शीर्ष स्थानमा रहेर सिधै च्याम्पियन बनेको थियो ।

अब ७ वर्षपछि नेपाल सामु फेरि च्याम्पियन बन्ने अवसर छ । नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । यता बंगलादेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर बंगलादेश तेस्रो पटक फाइनल खेल्न लागेको हो । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो ।

तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । उमेर समूहको यस प्रतियोगितामा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । त्यही इतिहासलाई कायम राख्ने नेपालको लक्ष्य छ । नेपाल यस पटक च्याम्पियन बन्यो भने सर्वाधिक ३ पटक च्याम्पियन बनेको भारतसँग बराबरी गर्ने छ ।

नेपालका कप्तान कुशल देउवाले टिम उपाधि जित्न तयार रहेको बताएका छन् । तयारी राम्रो रहेको पनि उनले प्री म्याच कन्फरेन्समा जानकारी गराए । फरवार्ड लाइनमा तालमेल मिल्न सकेको छैन् भन्ने प्रश्नमा अन्य टिमले नेपाली टिमको विषयमा पनि अध्ययन गरेकोले केहि अप्ठयारो भएको पनि बताए ।

तर उनले आफ्नो टिम र प्रत्येक खेलाडीमा पूर्ण विश्वास रहेको पनि स्पष्ट पारे । उता बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेपनि सेमिफाइनलमा तीन पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा हराएर फाइनलको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरिसकेको छ ।

तर भारतलाई हराएर फाइनल पुगेको टिममा थप आत्मविश्वासी बनेको छ । यद्यपी प्रशिक्षक मारूफुलहलले भारतलाई हराएको पुरानो कुरा भएको र नेपालसँगको फाइनल खेल नयाँ खेल हुने र यो चुनौतीपुर्ण रहने बताएका छन् । उनले नेपालको बारेमा जानकारी रहेको र सोही अनुरुप खेल्ने बताएका छन् ।

बङ्गलादेशका कप्तान मोहमद असिफले नेपाली टिम उत्कृष्ट रहेको तथा नेपालको गतिसँग जानकार रहेको बताए । साथै उनले नेपाली टिममा क्वालिटीका खेलाडी रहेको र त्यसको अध्ययन टिमले गरेको बताए । तर बंगलादेशका पहिलो रोजाइका गोलकिपर मेहदी हसन घाइते भएका छन् । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले फाइनल खेल गुमाउनेछन् ।

यसले टिमलाई केहि असर गर्न सक्छ । तर वैकल्पिक गोलकिपर मोहम्मद आशीफले भारत विरूद्ध टाइब्रेकरमा सानदार प्रदर्शन गरेका थिए । उनले भारतको दुई पेनाल्टी प्रहार रोकेका थिए । अब फाइनलमा गोल पोष्ट सम्हाल्ने जिम्मेवारी उनलाई नै रहेको छ । यस्तोमा नेपाल र बंगलादेशको उपाधि भिडन्त प्रतिस्पर्धी हुने देखिएको छ ।

Tags: # नेपाल भर्सेस बंगलादेश#साफ उपाधि भिडन्त

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.