अर्को जन्ममा महिला भएर जन्मन चाहन्छन् राजेश हमाल

अर्को जन्ममा महिला भएर जन्मन चाहन्छन् राजेश हमाल

२१ भदौ, विराटनगर ।

महानायकको उपमा पाएका कलिउड अभिनेता राजेश हमालले यदि अर्को जन्म भइहालेमा महिला भएर जन्मने चाहना राखेका छन् । तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिनमा सहभागी भएका अभिनेता हमालले यस्तो बताएका हुन् ।

आइतबार अतिथि बनेर पुगेका हमाललाई एक प्रशंसकले दर्शकदीर्घाबाट पुनर्जन्मबारे प्रश्न सोधेका थिए । ‘यदि पुनर्जन्म भयो भने तपाईं के बन्न चाहनुहुन्छ?’  हमाललाई प्रश्न थियो ।

‘पुनर्जन्ममा महिला भएर जन्मिनुपर्छ कि जस्तो लागेको छ । पुरुष त भइहालियो,’ हमालले ठट्यौलो हाँसोका साथ जवाफ दिए । उनलाई पुनः तेर्सियो, ‘यदि अर्को जन्म छ भने सिनेमामै हुन चाहनुहुन्छ ?’

हमालले ठट्टालाई बिसाउँदै केही गम्भीर मुद्रामा भने, ‘अहिलेको बिन्दुबाट हेरियो भनेचाहिँ अर्को जन्म पनि सिनेमामै होस् भन्ने लाग्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.