×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?

२८ आश्विन २०८१

२८ असोज,काठमाण्डौ।

दशैंको फूलपातीको दिन पारेर प्रर्दशनमा आएका तीन ठूला घरेलु फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’को बक्स अफिस प्रतिस्पर्धा जारी छ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ। तीनवटै फिल्ममा बलियो ‘स्टारकास्ट’छ भने प्रचार सामाग्रीले पनि राम्रो उचाइ निर्माण गरेका छन्।

Advertisement

बहुप्रतिक्षित भनिएको चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन जारी छ । पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल रहेको निर्माण पक्षले बताएको छ। छक्का पञ्जा’का कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरीले आज पनि चलचित्र हाउसफूल रहेको बताएका छन् ।

उनले ‘छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन रिपोट अनुशार चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन गरेको बताएका छन् । यस्तै ‘छक्का पञ्जा–५’सँगै प्रर्दशनमा आएको चलचित्र ‘१२ गाउँ’ पनि उत्साहजनक रूपमा चलिरहेको निर्माण पक्षले बताएको छ ।

बिहीबार फूलपातीको दिनदेखि प्रदर्शनमा आएको सिनेमाका दुवै दिन अधिकांश शो हाउसफूल भएको निर्माणपक्षले बताएको छ । “अधिकांश शो हाउसफूल भएका छन् । हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका विरतक गोविन्द शाहीले बताएका छन् ।

आक्रमक ब्यापार गरिरहेको भनिएको हलमा प्रदर्शनरत ‘१२ गाउँ’ भने लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो ।

यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ । तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू पब्लिस भइरहेका छन् । केही सार्वजनिक भिडियोहरु अहिले हटाइएको छ । प्रदर्शनको सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलको अवस्था रहेको तर भिडियो र क्लिपहरू लिक हुँदा व्यापारमा असर पर्ने भन्दै निर्माणपक्षले चिन्ता ब्यक्त गरेको छ ।

सो चलचित्रमा कपीराईट लगाइएको छ । एक्सन अभिनेताको रुपमा कहलिएका विराजले यो फिल्ममा छोरा समीरलाई डेब्यु गराउँदै लिगेसीलाई अघि बढाउन खोजेको देखिन्छ । समीरको एक्सन कौशलको यतिबेला चर्चा भैरहेको छ ।

विराज यो फिल्मको दोस्रो श्रृंखला पनि बनाउनेतर्फ अग्रसर देखिन्छन् । जसको मार्गप्रशस्त उनले फिल्मको क्लाइमेक्ससँगै गरिदिएका छन् । फिल्मको इण्डिङ यसरी प्रस्तुत गरिएको छ, जसले विराज दोस्रो श्रृंखलाको तयारीमा जुटेको बुझ्न सकिन्छ ।

फिल्ममा प्रहरीको भूमिकामा देखिएका अभिनेता नरेन खड्काले १२ गाउँपछि अपराध अनुसन्धानका अन्य मुद्दातर्फ पनि अनुसन्धान गरेर ठूला माछा समात्न खोजेको संवाद फोनमार्फत दिएका छन् । त्यसपछि समीरको पात्र डुंगा चढेर कतै गइरहेको देख्न सकिन्छ ।

यी दुई दृश्यमार्फत विराज ‘१२ गाउँ’को दोस्रो श्रृंखला चाँडै ल्याउने तयारीमा रहेको बुझ्न सकिन्छ । ‘१२ गाउँ’को समाप्ती ‘ओपन इण्डिङ’ राखिएको छ । जसको अर्थ, कथा निरन्तर हुनेछ भन्ने हो । १२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् ।

न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथामा तयार भएको ‘छक्का पञ्जा ५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। उनको यो चौंथो निर्देशित फिल्म हो। दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल लगायतको अभिनय रहेको फिल्ममा आर्यन सिग्देल केमियो भूमिकामा छन्।

यसका अघिल्ला चारवटै श्रृंखला व्यावसायिक रुपमा सफल भएका थिए। ‘१२ गाउँ’ले आक्रामक कमाइलाई निरन्तरता दिइरहेको अवस्थामा निर्माताले आधिकारिक हिसाब बाहिर ल्याएका छैनन् ।

यस्तै बसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ भने सोज संख्या र अग्रिम बुकिङ दुवैमा तेस्रो स्थानमा छ। देशभर लगभग एक सय हाराहारी सोज पाएको फिल्म लगानी उठाउने प्रयासमा रहेको देखिन्छ ।

यद्यपि बक्स अफिसमा आफ्नो पकड बलियो नै रहेको निर्माण पक्षको दाबी छ । ‘कसम बत्तीको’ गीतका कारण चर्चामा रहेको फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। ‘ज्वाइँ साब’को कथावस्तु रोचक देखिएको छ।

विवाहपछि बेहुलाको घरमा बेहुली भित्रने चलन रहेकोमा फिल्मले बेहुलीको घरमा बेहुला भित्रिएको कथा उठाएको छ। यसले गर्दा पनि फिल्मप्रति दर्शक आकर्षित हुनसक्ने सम्भावना देखिन्छ। यसमा प्रकाश घिमिरे, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, शिवु पाण्डे , इशान राउतलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको लेखन छ। केही समयअघि जितु नेपाललाई छक्का पञ्जा टिमबाट हटाइएको थियो। त्यसयता जितु मुख्य भूमिकामा देखिएका छन्। यसकारण जितु र ‘छक्का पञ्जा ५’ जुध्नुलाई सिनेजगत्मा ठूलो प्रतिस्पर्धाका रूपमा लिइएको छ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top