NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?

सोमवार अशोज २८ , २०८१
Reading Time: 1 min read
A A
‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ असोज,काठमाण्डौ।

दशैंको फूलपातीको दिन पारेर प्रर्दशनमा आएका तीन ठूला घरेलु फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’को बक्स अफिस प्रतिस्पर्धा जारी छ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ। तीनवटै फिल्ममा बलियो ‘स्टारकास्ट’छ भने प्रचार सामाग्रीले पनि राम्रो उचाइ निर्माण गरेका छन्।

बहुप्रतिक्षित भनिएको चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन जारी छ । पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल रहेको निर्माण पक्षले बताएको छ। छक्का पञ्जा’का कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरीले आज पनि चलचित्र हाउसफूल रहेको बताएका छन् ।

उनले ‘छक्का पञ्जा–५’को चार दिनको ग्रसकलेक्सन रिपोट अनुशार चार दिनमा ६ करोड ५० लाख ग्रसकलेक्सन गरेको बताएका छन् । यस्तै ‘छक्का पञ्जा–५’सँगै प्रर्दशनमा आएको चलचित्र ‘१२ गाउँ’ पनि उत्साहजनक रूपमा चलिरहेको निर्माण पक्षले बताएको छ ।

बिहीबार फूलपातीको दिनदेखि प्रदर्शनमा आएको सिनेमाका दुवै दिन अधिकांश शो हाउसफूल भएको निर्माणपक्षले बताएको छ । “अधिकांश शो हाउसफूल भएका छन् । हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका विरतक गोविन्द शाहीले बताएका छन् ।

आक्रमक ब्यापार गरिरहेको भनिएको हलमा प्रदर्शनरत ‘१२ गाउँ’ भने लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो ।

यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ । तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू पब्लिस भइरहेका छन् । केही सार्वजनिक भिडियोहरु अहिले हटाइएको छ । प्रदर्शनको सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलको अवस्था रहेको तर भिडियो र क्लिपहरू लिक हुँदा व्यापारमा असर पर्ने भन्दै निर्माणपक्षले चिन्ता ब्यक्त गरेको छ ।

सो चलचित्रमा कपीराईट लगाइएको छ । एक्सन अभिनेताको रुपमा कहलिएका विराजले यो फिल्ममा छोरा समीरलाई डेब्यु गराउँदै लिगेसीलाई अघि बढाउन खोजेको देखिन्छ । समीरको एक्सन कौशलको यतिबेला चर्चा भैरहेको छ ।

विराज यो फिल्मको दोस्रो श्रृंखला पनि बनाउनेतर्फ अग्रसर देखिन्छन् । जसको मार्गप्रशस्त उनले फिल्मको क्लाइमेक्ससँगै गरिदिएका छन् । फिल्मको इण्डिङ यसरी प्रस्तुत गरिएको छ, जसले विराज दोस्रो श्रृंखलाको तयारीमा जुटेको बुझ्न सकिन्छ ।

फिल्ममा प्रहरीको भूमिकामा देखिएका अभिनेता नरेन खड्काले १२ गाउँपछि अपराध अनुसन्धानका अन्य मुद्दातर्फ पनि अनुसन्धान गरेर ठूला माछा समात्न खोजेको संवाद फोनमार्फत दिएका छन् । त्यसपछि समीरको पात्र डुंगा चढेर कतै गइरहेको देख्न सकिन्छ ।

यी दुई दृश्यमार्फत विराज ‘१२ गाउँ’को दोस्रो श्रृंखला चाँडै ल्याउने तयारीमा रहेको बुझ्न सकिन्छ । ‘१२ गाउँ’को समाप्ती ‘ओपन इण्डिङ’ राखिएको छ । जसको अर्थ, कथा निरन्तर हुनेछ भन्ने हो । १२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् ।

न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथामा तयार भएको ‘छक्का पञ्जा ५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। उनको यो चौंथो निर्देशित फिल्म हो। दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल लगायतको अभिनय रहेको फिल्ममा आर्यन सिग्देल केमियो भूमिकामा छन्।

यसका अघिल्ला चारवटै श्रृंखला व्यावसायिक रुपमा सफल भएका थिए। ‘१२ गाउँ’ले आक्रामक कमाइलाई निरन्तरता दिइरहेको अवस्थामा निर्माताले आधिकारिक हिसाब बाहिर ल्याएका छैनन् ।

यस्तै बसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ भने सोज संख्या र अग्रिम बुकिङ दुवैमा तेस्रो स्थानमा छ। देशभर लगभग एक सय हाराहारी सोज पाएको फिल्म लगानी उठाउने प्रयासमा रहेको देखिन्छ ।

यद्यपि बक्स अफिसमा आफ्नो पकड बलियो नै रहेको निर्माण पक्षको दाबी छ । ‘कसम बत्तीको’ गीतका कारण चर्चामा रहेको फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। ‘ज्वाइँ साब’को कथावस्तु रोचक देखिएको छ।

विवाहपछि बेहुलाको घरमा बेहुली भित्रने चलन रहेकोमा फिल्मले बेहुलीको घरमा बेहुला भित्रिएको कथा उठाएको छ। यसले गर्दा पनि फिल्मप्रति दर्शक आकर्षित हुनसक्ने सम्भावना देखिन्छ। यसमा प्रकाश घिमिरे, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, शिवु पाण्डे , इशान राउतलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको लेखन छ। केही समयअघि जितु नेपाललाई छक्का पञ्जा टिमबाट हटाइएको थियो। त्यसयता जितु मुख्य भूमिकामा देखिएका छन्। यसकारण जितु र ‘छक्का पञ्जा ५’ जुध्नुलाई सिनेजगत्मा ठूलो प्रतिस्पर्धाका रूपमा लिइएको छ।

Tags: # ‘१२ गाउँ’#‘छक्का पञ्जा ५’#ज्वाइँ साब

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.