×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

एनपीएलमा अहिलेसम्म को–को विदेशी खेलाडी अनुबन्ध भए ?

५ कार्तिक २०८१

५ कार्तिक , काठमाण्डौ।

आगामी मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का टोलीहरुले धमाधम विदेशी खेलाडीहरुलाई अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।यसैक्रममा पोखरा एभेन्जर्सले अर्का विदेशी खेलाडीलाई पनि टोलीमा अनुबन्ध गरेको छ ।

Advertisement

नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडेले पोखराले टोलीमा भित्र्याएको हो । उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ६ सय ९७ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् ।

बास डे लीडलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपीएलका लागि पोखराले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौस पोखरामा अनुबन्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले कुशल, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

यस्तै पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट एनपीएल क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएको छ ।

उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९४ रन बनाउँदै ४ विकेट लिएका छन् । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । हुसैन तलातलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले टोली थप बलियो बन्ने विश्वास लिएको बताएका छन् ।

कर्णाली याक्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेका छन् । कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रुपमा २८ वर्षीय तलातलाई अनुबन्ध गरेको हो ।

उनी हालसम्म टेष्ट राष्ट्रबाट नेपाल प्रिमियर लिग (एनपिएल)मा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् । कर्णाली याक्सको टोलीमा सोमपालसंगै गुलशन झा, देव खनाल, नन्दन यावद,अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे रहेका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलनलाई अनुबन्ध गरेको छ । टोलीले सोमवार सामाजिक संजालमार्फत म्याकमुलनलाई अनुबन्ध गरेको जनाएको छ । जगत टमाटा प्रशिक्षक रहेको सुदूरपश्चिमकको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडीको रुपमा २५ वर्षीय म्याकमुलनलाई अनुबन्ध गरेको हो । उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

सुदुरपश्चिम रोयल्सको टोलीका दीपेन्द्रसंगै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ रहेका छन् ।

Advertisement

यसअघि विराटनगरले अकिब इल्यासलाई टोलीमा अनुबन्ध गरेका थिए । नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top