×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

साम्बालाई कीर्तिमान तोड्ने मौका

१२ कार्तिक २०८१

१२ कार्तिक ,काठमाण्डौ।

काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले पाँच पटकको विजेता भारतलाई हराउँदै फाइनलमा स्थान तय ग¥यो । आइतबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

Advertisement

निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि भएको पेनाल्टीमा ४–२ गोलले हराउँदै नेपाल लगातार दोस्रो फाइनलमा पुगेको हो । यसअघि अघिल्लो संस्करणको सेमिफाइनलमा पनि भारतलाई नै हराएर नेपाल अन्तिम दुईमा प्रवेश गरेको थियो ।

र, यसपालिझैं अघिल्लो संस्करणमा पनि बंगलादेशसँगै उपाधिका लागि भिडेको थियो । तनाव र रोमाञ्चकताले भरिएको खेल जितेर फाइनल पुगेको नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् ।

अघिल्लो संस्करणमा बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि नेपाल उपाधि जित्नबाट बञ्चित भएको थियो । बंगलादेशले भने पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै जारी संस्करणको फाइनलमा स्थान पक्का गरेको थियो ।

आइतबार दशरथ रंगशालामा नेपाल र भारतले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेपछि फाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो । टाइब्रेकर पुग्नुअघि खेल पूरै तनावपूर्ण बनेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२औँ मिनेटमा रेखा पौडेलले रातो कार्ड पाएपछि विवाद सुरु भएको थियो । रेखाले रातो कार्ड पाउँदा दर्शकले बोतल प्रहार गरेका थिए । रेफ्रीलाई नै बोतल लागेपछि खेल १५ मिनेट रोकिएको थियो ।

तर, रेखाको गल्ती नभएको भन्दै नेपाली समर्थकले विरोध जनाएपछि रेफ्री आफ्नो निर्णयमा अडिग रहिन् । रेखाले बल ट्याकल मात्रै गरेको देखिएपछि आक्रोशित दर्शकले मैदानमा बोतल फाल्न थालेका थिए ।

पछि पुनः सुरु भएको खेलको ७२औँ मिनेटमा भारतका लागि संगीता बास्फोरेले १–० को अग्रता दिलाएकी थिइन् । भारतीय खेलाडीले आफ्नो साइडमा सेलिब्रेसन गरिरहेका थिए । तर, रेफ्री भुटानी ओम चोकीले नेपाललाई बल चलाउन संकेत गरेकी थिइन् ।

सावित्रा भण्डारीले बढाएको बललाई प्रीति राईले पोस्टभन्दा ३५ यार्डबाट गोल गर्दैै नेपाललाई १–१ को बराबरीमा पु¥याइन् । नेपालले बराबरी गोल फर्काएपछि खेलाडीले खुसीयाली मनाए । तर, भारतीय खेलाडीले प्रीतिको गोल अस्वीकार गरेका थिए ।

रेफ्री ओम चोकीले पनि आफ्नो निर्णय फिर्ता लिइन् । जुन विश्व फुटबलका लागि नौलो थियो । त्यसपछि खेलमा तनाव सुरु भयो । ७१औँ मिनेटदेखि १३९ मिनेटसम्म खेल अवरुद्ध भयो । एक घण्टा पाँच मिनेटपछि खेल सुचारु भयो ।

खेल सुरु भएलगत्तै सावित्राले प्रीतिको थ्रो पासमा भारतीय गोलरक्षक र रक्षकलाई बिट गर्दै गोल गरेकी हुन् । उक्त बराबरी गोलपछि नै खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गरेका थिए ।

भारतबाट मनीषा र पुरुषोत्तम सिर्भोइकरले गोल गरे । कप्तान असलताको प्रहारलाई नेपालकी गोलरक्षक अञ्जना रानामगरले रोकिन् । अञ्जनाले चानु सोरोखैबामको प्रहारलाई असफल बनाइन् ।

नेपालकी अमिषा कार्कीले सहजै गोल गर्दै नेपाललाई लगातार दोस्रोपटक फाइनलमा पु¥याइन् । नेपाल लगातार पाँच संस्करणमा भारतसँग चार फाइनल र एक सेमिफाइनलमा पराजित भएको थियो ।

दुई वर्षअघि दशरथ रंगशालामै भएको छैटौँ संस्करणको सेमिफाइनलमा नेपालले रश्मिकुमारी घिसिङको गोलमा भारतलाई पहिलोपटक हराएको थियो । जसको बदला नेपालले लिइछाड्यो । अब, फाइनलमा बंगलादेशलाई हराउँदै नेपालले गत संस्करणको बदला पनि लिने अपेक्षा गरिएको छ ।

यस्तै फरवार्ड सावित्रा भण्डारीले साफ महिला च्याम्पियनसिपमा पूर्वकप्तान अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गरेकी छन्। हिजो दोस्रो सेमिफाइनलमा एक गोल गर्दै उनले नेपाली फुटबलको आफ्नो आइडल अनुको कीर्तिमान भेट्टाएकी हुन्।

Advertisement

उक्त गोलसँगै नेपाल खेलमा फर्किएको थियो। योसँगै उनले साफमा २१ गोल पु¥याएकी छन्। अनुको नाममा पनि समान गोल छ। यस्तै, पूर्वखेलाडी जमुना गुरुङको नाममा भने १९ गोल छ। नेपाल साफको फाइनलमा पुगिसकेको छ। त्यसैले बंगलादेशविरुद्ध हुने खेलमा सावित्राले गोल गरे अनुको नाममा रहेको कीर्तिमान भंग हुनेछ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top