×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

‘पुष्पा २ द रुल’ कस्तो छ ?‘आरआरआर’लाई उछिन्यो

२१ मंसिर २०८१

२१ मंसिर , एजेन्सी ।
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ द रुल’ ले पहिलो दिनमै १७५ करोडभन्दा बढी कमाइ गरेको छ । योसँगै एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । पोष्ट–प्रडक्शनमा ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ ।

Advertisement

योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ । फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ ।

पुष्पा २ः द रुलले रामचरण र जुनियर एनटीआरको आरआरआर फष्र्ट कलेक्शनमा निकै पछाडि छाडेको छ । आरआरआरले पहिलो दिन १३३ करोड कमाएको थियो । फिल्मको कमाई सप्ताहन्तमा थप उकालो लाग्ने अनुमान गरिएको छ ।

सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ । विश्वव्यापी रुपमा पौने तीन सय करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको यस चलचित्रले अग्रिम बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’ को रेकर्डलाई समेत तोडेको थियो ।

पुष्पा २ मा रक्त चन्दनको पैसा उठाउन कन्टेनरभित्र ४० दिन बसेर जापान पुगेका पुष्पाराज फाइटबाट देखिन्छन् । ४० दिनसम्म कन्टेनरमा थुनिएको व्यक्ति जिउँदो मात्र निस्किँदैन, कन्टेनरभित्रको अँध्यारोमै उसले जापानिज भाषा सिकिसकेको हुन्छन् ।

रक्तचन्दनको तस्करहरुको नाइके छन् पुष्पाराज । पुष्पाको राजलाई प्रहरी अफिसर शेखावतले रोक्न खोज्छन् । पुष्पा २’को केन्द्रीय कथा यही वरिपरि घुमेको छ । अल्लु अर्जुनको अभिनय सदावहार छ । रश्मिका मन्दनाको भूमिका लामो नभए पनि अभिनय गज्जबको छ ।

चलचित्रले अल्लू अर्जुनको उत्कृष्ट प्रदर्शन, उच्चस्तरीय एक्शन दृश्यहरू र सशक्त संगीतका कारण सकारात्मक समीक्षा प्राप्त गरेको छ । पहिलो भागमा दिहाडी मजदुरबाट चन्दनको तस्कर बनेका पुष्पा राज (अल्लू अर्जुन) अब आफ्नो क्षेत्रमा जनताको प्रिय बनेका छन्।

उनको बढ्दो प्रभावले शत्रुहरूको सङ्ख्या पनि बढेको छ, विशेष गरी एसपी भँवर सिंह शेखावत (फहाद फासिल) सँग । पुष्पा आफ्नो परिवार र प्रतिष्ठा जोगाउन संघर्षरत छन्, जसमा श्रीवल्ली (रश्मिका मन्दाना) को साथ छ।

कथाले पुष्पाको व्यक्तिगत र व्यावसायिक जीवनका चुनौतीहरूलाई प्रस्तुत गर्छ। अल्लू अर्जुनले पुष्पा राजको भूमिकामा आफ्नो अभिनयको नयाँ उचाइ छुँदै दर्शकहरूलाई मोहित पारेका छन्। उनको स्वाभाविक अभिनय, नृत्य, र एक्शन दृश्यहरूले चलचित्रलाई विशेष बनाएको छ।

रश्मिका मन्दानाले श्रीवल्लीको भूमिकामा सशक्त उपस्थिति जनाएकी छन्, भने फहाद फासिलले खलनायकको रूपमा प्रभावशाली प्रदर्शन गरेका छन्। निर्देशक सुकुमारले चलचित्रलाई उच्चस्तरीय एक्शन, भव्य सेट, र गहिरो भावनात्मक पक्षहरू समेटेर प्रस्तुत गरेका छन्।

सिनेमाटोग्राफी, भिएफएक्स, र संगीतले चलचित्रलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ। यद्यपि, कथामा केही गहिराइको कमी महसुस हुन सक्छ, र चलचित्रको लम्बाइले केही दर्शकहरूलाई लामो लाग्न सक्छ।

’पुष्पा २ः द रूल’ एक सम्पूर्ण मनोरञ्जनात्मक चलचित्र हो, जसले दर्शकहरूलाई अल्लू अर्जुनको करिश्मा, सशक्त कथा र उत्कृष्ट प्राविधिक पक्षहरूद्वारा बाँधेर राख्छ। यदि तपाईं एक्शन, ड्रामा र भावनात्मक कथाहरू मन पराउनुहुन्छ भने, यो चलचित्र तपाईंका लागि खराब नहुन् सक्छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top