×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विष्फोटमा मारिएका मन्त्री, जसको टाउकाको मोल ५० लाख डलर

२७ मंसिर २०८१

२७ मंसिर , काठमाण्डौ।

अफगानिस्तानका शरणार्थी मामिलामन्त्रीको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको छ । बुधबार मन्त्रालयको कार्यालयमा भएको विष्फोटमा मन्त्रीसहित १२ जनाको मृत्यु भएको एएफपीले बताएको छ ।

दुर्भाग्यवश शरणार्थी मामिला मन्त्रालयमा विष्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए,सरकारी अधिकारीले बताएका छन् । उनले खोस्तबाट आएका एउटा समूहको आतिथ्य गरिरहेका बेला आक्रमण भएको थियो।

अहिलेसम्मको अनुसन्धानमा यसलाई आत्मघाती आक्रमण भनिएको छ। तर, आत्मघाती हमलावर कसरी मन्त्रालयभित्र पस्न सफल भयो भन्ने अझै स्पष्ट हुन सकेको छैन।तालिबानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए ।

उनी वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए । प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमण आफूले गरेको दाबी इस्लामिक स्टेट समूहले गरेको छ ।

तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नेटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो । आत्मघाती हमलामा मारिएका अफगानिस्तानको तालिबानी सरकारका शरणार्थी मामिलामन्त्री उर–रहमान खलील हक्कानीबारे अहिले विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् ।

यसैबीच भर्खरै एउटा तथ्य सार्वजनिक भएको छ । जसअनुसार अमेरिकाले तत्कालीन तालिबान विद्रोही नेता हक्कानीको टाउकाको मूल्य तोकको विषय बाहिरिएको छ । कुनैबला अमेरिकाले उनको टाउको लिएर आउनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

हक्कानी नेटवर्क अमेरिकामा ’विदेशी आतंकवादी संगठन’को सूचीमा रहेको पाइएको छ । अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटले हक्कानीले सन् २०१० देखि अफगानिस्तानको लोगर प्रान्तमा तालिबानको नेतृत्व गरेको उल्लेख गरेको छ ।

अफगानिस्तानको पक्तिया प्रान्तमा जन्मिएका उनी पश्तुनहरूको जादरान जनजातिका थिए। हक्कानीले अफगान युद्धको समयमा अन्तर्राष्ट्रिय कोष जुटाउने जिम्मेवार पाएका थिए। उनी हक्कानी नेटवर्कका प्रमुख नेता थिए, यद्यपि उनी विगत धेरै वर्षदेखि तालिबानसँग काम गर्दै आएका थिए।

यसअघि हक्कानी केही समयका लागि अल कायदासँग पनि जोडिएका थिए। सन् २००२ मा हक्कानीलाई पक्तिया प्रान्तमा अल कायदालाई बलियो बनाउने जिम्मेवारी दिइएको थियो। हक्कानी नेटवर्कका शीर्ष नेता अमेरिकाले आतङ्कवादी खलील रहमान हक्काकीलाई अफगानिस्तानमा सक्रिय हक्कानी नेटवर्कको शीर्ष नेता घोषणा गरेको थियो।

हक्कानी नेटवर्क खलीलका भाइ जलालुद्दिन हक्कानीले स्थापना गरेका थिए। सन् १९९० को दशकमा नेटवर्क तालिबान शासनमा सामेल भयो। संयुक्त राष्ट्र संघले त्यस समयमा हक्कानी नेटवर्कलाई तालिबानका लागि कोष सङ्कलन गर्ने गतिविधिमा संलग्न भएको ठहर गरेको थियो ।

उनले इरान, अरब राज्यहरू र दक्षिण एसियाका विभिन्न देशहरूबाट तालिबानका लागि कोष सङ्कलन गर्दथे । हक्कानीलाई २०११ मा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी आतङ्कवादी घोषणा गरेको थियो। अल कायदासँगको सम्बन्ध र तालिबानको निरन्तर समर्थनका लागि प्रतिबन्ध लगाइएको थियो।

हक्कानी नेटवर्कको अफगानिस्तानमा ठुलो प्रभाव छ। एउटा समय थियो जब यस समूहलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएको समर्थन थियो। त्यस समयमा यो समूह सोभियत सङ्घ विरुद्ध लडिरहेको थियो । पछि जब यो अमेरिकाका लागि समस्या बन्यो।

सीआईएले यसलाई आफ्नो समर्थन फिर्ता लियो र यसलाई आतङ्कवादी समूह घोषणा गरÞ्यो। हक्कानी नेटवर्कलाई अफगानिस्तान, भारत र धेरै पश्चिमी देशहरूमा भएका ठूला आक्रमणहरूका लागि दोषी ठहराइएको छ।

उक्त समूहलाई पाकिस्तानको पनि समर्थन रहेको मानिन्छ। यो समूहका लडाकुहरू कुनै समय आइएसआइद्वारा सञ्चालित थिए। अफगान सरकार गठन गर्दा खलिल रहमान हक्कानीको अफगानिस्तान सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरसँग पनि बहस भएको थियो।

वार्ताको कारण रणनीतिक समन्वयको अभाव रहेको बताइएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सहयोगलाई कसरी बाँड्नुपर्छ भन्ने मुख्य विवाद रहेको बताइएको छ। अमेरिका र नेटोसँग सम्बन्ध कसरी कायम राख्ने?

अर्को विवादको कारण तालिबान स्वतन्त्र रूपमा अगाडि बढ्न चाहन्थे भने हक्कानीहरू पाकिस्तानको निर्देशनमा सरकार गठन गर्न चाहन्थे। अफगानिस्तानको काबुलमा रहेको शरणार्थी मन्त्रालयको विस्फोटमा इस्लामिक स्टेटको हात रहेको आशङ्का गरिएको छ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top