×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

‘पुष्पा २–द रुल’ ले अमेरिकामा पनि हलचल

३० मंसिर २०८१

३० मंसिर ,एजेन्सी ।
अहिले सर्वत्र दर्शकहरुको प्रशंसा बटुलिरहेको ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ । सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ ।

यो फिल्मले अहिलेसम्म १२ सय करोड रुपैयाँको कुल कमाई गरिसकेको छ, जसले यसलाई भारतीय सिनेमाको तेस्रो ठूलो हिट बनाएको छ । पहिलो नम्बरमा आमिर खानको फिल्म ‘दंगल’ छ जसको कमाई २ हजार करोड थियो ।

Advertisement

जहाँ दोस्रो स्थानमा प्रभासको फिल्म ‘बाहुबली २’ छ, जसले विश्वभर करिब १४०० करोड कमाएको छ । अहिले ‘पुष्पा २’ ले ९४४ करोडको आरआरआर अंक पार गरेको छ । विशेष कुरा के छ भने हिन्दी संस्करणले पनि राम्रो कमाई गरेको छ र हिन्दी बजारमा करिब ५०० करोडको आँकडा छोएको छ ।

यसबाहेक फिल्मले उत्तरी अमेरिका अर्थात् अमेरिका र क्यानडामा पनि उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले अर्को ठूलो सफलता हात पार्दै भारतीय सिनेमाको शीर्ष १० हिटको सूचीमा प्रवेश गरेको छ ।

दुई दिनअघि नै चलचित्र ‘पुष्पा २’ ले अमेरिकी बक्स अफिसमा १० करोड डलर अर्थात झण्डै ८४ करोडको आँकडा पार गर्दै दशौं स्थानमा पुगेको थियो । यसले रणवीर सिंह र आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ लाई पछि पार्दै यो स्थान हासिल गरेको हो ।

तर, शनिबार साँझसम्म फिल्म ‘पद्मावत’लाई पछि पार्दै थप दुई स्थान उछिन्दै पुष्पाः२ आठौं स्थानमा पुगेको छ । फिल्मको कुल कमाई अहिले १२.२७ मिलियन डलर अर्थात् करिब १०४ करोड रुपैयाँ पुगेको छ भने ‘पद्मावत’ले बजारमा १२.१५ मिलियन डलर अर्थात् १०३ करोड रुपैयाँ कमाएको थियो ।

चलचित्रमा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल र जगपति बाबु मुख्य भूमिकामा छन् । यसअघि चलचित्रको प्रिमियर सोको क्रममा डिसेम्बर ४ मा सन्ध्या थियएटरमा ठूलो भिड जम्मा भएपछि भागदौड मच्चिएको थियो ।

भागदौडमा ३५ वर्षीया महिलाको मृत्यु र उनका ९ वर्षीय छोरा घाइते भएका थिए । मृतकका आफन्तले अभिनेता अल्लूविरूद्ध पनि जाहेरी दिएपछि शुक्रबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेर चिक्कडपल्ली प्रहरी कार्यालय पु¥याएको थियो ।

हैदरावादको अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा पठाउने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध अल्लूले तेलांगना उच्च अदालतमा निवेदन दिएका थिए । तेलांगना उच्च अदालतले तल्लो अदालतको आदेश बदर गर्दै अल्लूलाई अन्तरिम जमानतमा रिहा गर्न भनेपछि उनी रिहा भएका थिए ।

Advertisement

यो घटनापछि झनै पुष्पाको चलचित्रको प्रचार भई व्यापार समेत बढेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top