NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

ट्रम्पका विशेष दूत किन जाँदैछन् युक्रेन ?

बिहिबार पुस ४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ पुष, एजेन्सी ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् । जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल (जेइएफ) शिखर सम्मेलनमा भिडियो सम्बोधनमा कुरा गरे ।

सम्मेलनमा यो हप्ता १० उत्तरी युरोपेली मुलुकका प्रतिनिधिहरू भेला भएका थिए । “हामी सबैले बुझ्छौँ कि अर्को वर्ष यो युद्ध समाप्त हुने वर्ष हुनसक्छ । हामीले यसलाई सम्भव बनाउनुपर्छ,” जेलेन्स्कीले भने, “हामीले शान्ति स्थापना गर्न आवश्यक छ जुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब तोड्न सक्नु हुनेछैन, शान्ति एक विराम मात्र होइन, तर वास्तविक, स्थायी शान्ति हो ।”

Advertisement

यस्तै जेइएफ सम्मेलनका सदस्यहरूले पनि उचित र स्थायी शान्तिको महत्त्वलाई जोड दिए । “एक व्यापक, न्यायपूर्ण र स्थायी शान्तिका लागि युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्रका सम्पूर्ण क्षेत्रबाट सबै रूसी सेना र सैन्य सम्पत्तिहरू पूर्ण र बिनासर्त फिर्ता लिन आवश्यक छ,” उनीहरूले मंगलबार संयुक्त विज्ञप्तिमा भने ।

जेइएफमा इस्टोनिया, लाटभिया र लिथुआनिया जस्ता बाल्टिक राज्यहरू, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेन जस्ता नर्डिक राज्यहरू, साथै नेदरल्यान्ड्स र संयुक्त राज्य अधिराज्य समावेश छन् ।

ती मुलुकले युक्रेनालाई आफ्नो सैन्य सहायता आउँदो वर्ष १२ अर्ब युरोसम्म पु¥याउने बताएका छन् । यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि जनवरीमा पदभार ग्रहण गर्दा लडाइँ रोक्न द्रुत सम्झौता गर्न दबाब दिने प्रतिज्ञा गरेका छन् ।

यसैक्रममा ट्रम्पका रूस र युक्रेनका लागि विशेष दूत किथ केलोगले दुई देशबीचको युद्ध रोक्नेबारे छलफल गर्न जनवरीमा युक्रेन र केही युरोपेली देशको भ्रमण गर्ने भएका छन् । अमेरिकी सेनाका पूर्वजनरल केलोग सो भ्रमणमा मस्को नगए पनि युक्रेन लगायत फ्रान्स, इटली र अरू देश गएर शान्ति सम्झौताबारे कुरा गर्नेछन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ ।

कुन–कुन देशहरू भ्रमण गर्ने भन्ने टुंगो नलागी सके पनि सो भ्रमणमा केलोगले रूससँगको युद्धको स्थितिका बारेमा तथ्यपरक जानकारी लिनेछन् ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस–युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए ।

कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको सर्त मान्न दबाब दिने अनुमान गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक रूससँग शान्ति सम्झौता गर्नेबारे ट्रम्पका अधिकारीसँग छलफल गर्न दुई हप्ताअघि अमेरिका गएका थिए ।

उनको सो भ्रमणमा के–के सर्तमा शान्ति सम्झौता गर्नेबारे छलफल भयो भनेर अहिलेसम्म विस्तृत रूपमा खुलेको छैन । तर हाल जुन–जुन ठाउँमा ज–जसले कब्जा गरेको छ ती ठाउँ तत–तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ ।

त्यसैले शान्तिका लागि वार्तामा बस्नुअघि रूस सकेसम्म धेरै भूमि कब्जा गर्न लागिपरेको छ भने युक्रेन पनि सकेसम्म रूसलाई रोक्ने प्रयास गरिरहेको छ । वार्तामा बस्नुअघि युक्रेन बलियो अवस्थामा होस् भनेर ट्रम्पले चुनाव जित्नेबित्तिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए ।

आफ्नो एक इन्च भूमि पनि रूसलाई नछोड्ने अडान लिँदै आएका जेलेन्सकी अहिले भने युक्रेनलाई नेटोको सदस्यता दिइए अहिले रूसको नियन्त्रणमा रहेको जमिन छोड्न तयार छन्। उनले रूसको नियन्त्रणमा रहेको जमिन पहिले भने जस्तो युद्धबाट नभएर कूटनीतिबाट फिर्ता लिने जिकिर गरेका छन् ।

ट्रम्प भने युक्रेनलाई नेटो सदस्य दिन तयार नरहेको मानिन्छ । नेटो तत्कालीन सोभियत संघविरूद्ध खोलिएको सैनिक गठबन्धन भएकाले नेटो सदस्य राष्ट्रमा अमेरिका लगायत अरू सदस्यका सैनिक र हतियार रहन्छन्।

त्यस्तै नेटो सन्धिको धारा ५ अनुसार कुनै पनि सदस्यमाथि गरिएको आक्रमण सबै सदस्यमाथि गरेको मानिन्छ । अथवा नेटो सदस्यसँग सानै भए पनि कसैको भिडन्त भए सन्धि अनुसार अमेरिका त्यहाँ युद्ध गर्न आउन बाध्य हुन्छ ।

त्यसैले रूससँग युद्ध चलिरहेको बेलामा युक्रेनलाई नेटो सदस्यता दिनुहुँदैन भन्नेमा बाइडेनका पनि धेरैजसो अधिकारी अडिग छन्। तर केही अमेरिकी अधिकारी र केही युरोपेली नेटो सदस्य राष्ट्रहरू भने शीत युद्धकालीन जर्मनीको उदाहरण दिँदै युक्रेनलाई पनि त्यसरी नै सदस्यता दिनुपर्छ भन्छन् ।

पश्चिम जर्मनी सन् १९५५ मा नेटो सदस्य बन्दा पूर्वजर्मनी तत्कालीन सोभियत संघको नियन्त्रणमा थियो । त्यस्तोमा नेटो सन्धिको धारा ५ पश्चिम जर्मनीको भूमिमा मात्रै लागु हुन्थ्यो । त्यसैअनुसार शीत युद्धको अन्त्य नहुन्जेलसम्म पश्चिम जर्मनीलाई सोभियत संघबाट जोगायो ।

सोभियत संघ धेरै कमजोर भएर बिखण्डन हुने बेलामा अन्ततः पूर्व र पश्चिम जर्मनी एकीकरण भए । अहिले युक्रेनलाई नेटो सदस्यता दिनुपर्छ भनेर जिकिर गर्ने पनि धारा ५ ले शान्ति सम्झौता भएको बेलामा युक्रेनको नियन्त्रणमा रहेको भूमिमा मात्रै लागु हुनुपर्ने भन्छन् ।

शान्ति सम्झौता विपरीत युक्रेनको नियन्त्रणमा रहेको भूमिमा आक्रमण गरेमा नेटोले युक्रेनका लागि लड्न आउनेछ भनेर पुटिनले फेरि हमला नगर्ने उनीहरूको तर्क छ । जेलेन्सकीले पनि त्यस्तै माग गरिरहेका छन् । ट्रम्पले कार्यभार सम्हाल्नअघि युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न पुटिनले उत्तर कोरियाली सैनिक परिचालन गर्ने भएपछि बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न गत महिना अनुमति दिए ।

त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ हतियार प्रयोग गरेको थियो ।युक्रेनले अमेरिकाले दिएको हतियारले रूसले हतियार भण्डारण गरेको ठाउँमा नोभेम्बर १९ मा प्रहार गरेपछि त्यही दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटाएको थियो ।

त्यसको दुई दिनपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले आणविक हतियार राख्न प्रयोग गर्न मिल्ने नयाँ मिसाइल युक्रेनमाथि प्रहार गरेको थियो । हाल उत्तर कोरियाली सैनिक कुर्स्क क्षेत्रमा लड्न थालिसकेका छन् भने रूसले त्यति बेला प्रयोग गरेको मध्यम दुरीको हाइपरसोनिक मिसाइल ओरेस्निक फेरि युक्रेनमाथि प्रहार गर्नसक्ने पश्चिमा विश्लेषकले अनुमान गरेका छन् ।

Tags: #जेलेन्स्कीलाई युद्ध रोकिने आश

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.