×

NEPAL TIMES UPDATES

Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026

ट्रम्पका विशेष दूत किन जाँदैछन् युक्रेन ?

४ पुष, एजेन्सी ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मंगलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् । जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल (जेइएफ) शिखर सम्मेलनमा भिडियो सम्बोधनमा कुरा गरे ।

सम्मेलनमा यो हप्ता १० उत्तरी युरोपेली मुलुकका प्रतिनिधिहरू भेला भएका थिए । “हामी सबैले बुझ्छौँ कि अर्को वर्ष यो युद्ध समाप्त हुने वर्ष हुनसक्छ । हामीले यसलाई सम्भव बनाउनुपर्छ,” जेलेन्स्कीले भने, “हामीले शान्ति स्थापना गर्न आवश्यक छ जुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब तोड्न सक्नु हुनेछैन, शान्ति एक विराम मात्र होइन, तर वास्तविक, स्थायी शान्ति हो ।”

यस्तै जेइएफ सम्मेलनका सदस्यहरूले पनि उचित र स्थायी शान्तिको महत्त्वलाई जोड दिए । “एक व्यापक, न्यायपूर्ण र स्थायी शान्तिका लागि युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्रका सम्पूर्ण क्षेत्रबाट सबै रूसी सेना र सैन्य सम्पत्तिहरू पूर्ण र बिनासर्त फिर्ता लिन आवश्यक छ,” उनीहरूले मंगलबार संयुक्त विज्ञप्तिमा भने ।

जेइएफमा इस्टोनिया, लाटभिया र लिथुआनिया जस्ता बाल्टिक राज्यहरू, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्वीडेन जस्ता नर्डिक राज्यहरू, साथै नेदरल्यान्ड्स र संयुक्त राज्य अधिराज्य समावेश छन् ।

ती मुलुकले युक्रेनालाई आफ्नो सैन्य सहायता आउँदो वर्ष १२ अर्ब युरोसम्म पु¥याउने बताएका छन् । यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि जनवरीमा पदभार ग्रहण गर्दा लडाइँ रोक्न द्रुत सम्झौता गर्न दबाब दिने प्रतिज्ञा गरेका छन् ।

यसैक्रममा ट्रम्पका रूस र युक्रेनका लागि विशेष दूत किथ केलोगले दुई देशबीचको युद्ध रोक्नेबारे छलफल गर्न जनवरीमा युक्रेन र केही युरोपेली देशको भ्रमण गर्ने भएका छन् । अमेरिकी सेनाका पूर्वजनरल केलोग सो भ्रमणमा मस्को नगए पनि युक्रेन लगायत फ्रान्स, इटली र अरू देश गएर शान्ति सम्झौताबारे कुरा गर्नेछन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ ।

कुन–कुन देशहरू भ्रमण गर्ने भन्ने टुंगो नलागी सके पनि सो भ्रमणमा केलोगले रूससँगको युद्धको स्थितिका बारेमा तथ्यपरक जानकारी लिनेछन् ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस–युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए ।

कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको सर्त मान्न दबाब दिने अनुमान गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक रूससँग शान्ति सम्झौता गर्नेबारे ट्रम्पका अधिकारीसँग छलफल गर्न दुई हप्ताअघि अमेरिका गएका थिए ।

उनको सो भ्रमणमा के–के सर्तमा शान्ति सम्झौता गर्नेबारे छलफल भयो भनेर अहिलेसम्म विस्तृत रूपमा खुलेको छैन । तर हाल जुन–जुन ठाउँमा ज–जसले कब्जा गरेको छ ती ठाउँ तत–तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ ।

त्यसैले शान्तिका लागि वार्तामा बस्नुअघि रूस सकेसम्म धेरै भूमि कब्जा गर्न लागिपरेको छ भने युक्रेन पनि सकेसम्म रूसलाई रोक्ने प्रयास गरिरहेको छ । वार्तामा बस्नुअघि युक्रेन बलियो अवस्थामा होस् भनेर ट्रम्पले चुनाव जित्नेबित्तिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए ।

आफ्नो एक इन्च भूमि पनि रूसलाई नछोड्ने अडान लिँदै आएका जेलेन्सकी अहिले भने युक्रेनलाई नेटोको सदस्यता दिइए अहिले रूसको नियन्त्रणमा रहेको जमिन छोड्न तयार छन्। उनले रूसको नियन्त्रणमा रहेको जमिन पहिले भने जस्तो युद्धबाट नभएर कूटनीतिबाट फिर्ता लिने जिकिर गरेका छन् ।

ट्रम्प भने युक्रेनलाई नेटो सदस्य दिन तयार नरहेको मानिन्छ । नेटो तत्कालीन सोभियत संघविरूद्ध खोलिएको सैनिक गठबन्धन भएकाले नेटो सदस्य राष्ट्रमा अमेरिका लगायत अरू सदस्यका सैनिक र हतियार रहन्छन्।

त्यस्तै नेटो सन्धिको धारा ५ अनुसार कुनै पनि सदस्यमाथि गरिएको आक्रमण सबै सदस्यमाथि गरेको मानिन्छ । अथवा नेटो सदस्यसँग सानै भए पनि कसैको भिडन्त भए सन्धि अनुसार अमेरिका त्यहाँ युद्ध गर्न आउन बाध्य हुन्छ ।

त्यसैले रूससँग युद्ध चलिरहेको बेलामा युक्रेनलाई नेटो सदस्यता दिनुहुँदैन भन्नेमा बाइडेनका पनि धेरैजसो अधिकारी अडिग छन्। तर केही अमेरिकी अधिकारी र केही युरोपेली नेटो सदस्य राष्ट्रहरू भने शीत युद्धकालीन जर्मनीको उदाहरण दिँदै युक्रेनलाई पनि त्यसरी नै सदस्यता दिनुपर्छ भन्छन् ।

पश्चिम जर्मनी सन् १९५५ मा नेटो सदस्य बन्दा पूर्वजर्मनी तत्कालीन सोभियत संघको नियन्त्रणमा थियो । त्यस्तोमा नेटो सन्धिको धारा ५ पश्चिम जर्मनीको भूमिमा मात्रै लागु हुन्थ्यो । त्यसैअनुसार शीत युद्धको अन्त्य नहुन्जेलसम्म पश्चिम जर्मनीलाई सोभियत संघबाट जोगायो ।

सोभियत संघ धेरै कमजोर भएर बिखण्डन हुने बेलामा अन्ततः पूर्व र पश्चिम जर्मनी एकीकरण भए । अहिले युक्रेनलाई नेटो सदस्यता दिनुपर्छ भनेर जिकिर गर्ने पनि धारा ५ ले शान्ति सम्झौता भएको बेलामा युक्रेनको नियन्त्रणमा रहेको भूमिमा मात्रै लागु हुनुपर्ने भन्छन् ।

शान्ति सम्झौता विपरीत युक्रेनको नियन्त्रणमा रहेको भूमिमा आक्रमण गरेमा नेटोले युक्रेनका लागि लड्न आउनेछ भनेर पुटिनले फेरि हमला नगर्ने उनीहरूको तर्क छ । जेलेन्सकीले पनि त्यस्तै माग गरिरहेका छन् । ट्रम्पले कार्यभार सम्हाल्नअघि युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न पुटिनले उत्तर कोरियाली सैनिक परिचालन गर्ने भएपछि बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न गत महिना अनुमति दिए ।

त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ हतियार प्रयोग गरेको थियो ।युक्रेनले अमेरिकाले दिएको हतियारले रूसले हतियार भण्डारण गरेको ठाउँमा नोभेम्बर १९ मा प्रहार गरेपछि त्यही दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटाएको थियो ।

त्यसको दुई दिनपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले आणविक हतियार राख्न प्रयोग गर्न मिल्ने नयाँ मिसाइल युक्रेनमाथि प्रहार गरेको थियो । हाल उत्तर कोरियाली सैनिक कुर्स्क क्षेत्रमा लड्न थालिसकेका छन् भने रूसले त्यति बेला प्रयोग गरेको मध्यम दुरीको हाइपरसोनिक मिसाइल ओरेस्निक फेरि युक्रेनमाथि प्रहार गर्नसक्ने पश्चिमा विश्लेषकले अनुमान गरेका छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top