NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा सोमवार पुस २८ , २०८२
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

जेलेन्स्कीले छेडेको नयाँ युद्ध! अमेरिका विनाको नेटो कस्तो होला ?

सोमवार फाल्गुन १९ , २०८१
Reading Time: 2 mins read
A A
युक्रेनले रुसबाट फिर्ता लियो आफ्नो गाउँ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ फागुन ,काठमाण्डौ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको भयो । यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि जेलेन्स्कीमाथि खनिएका थिए ।

युक्रेनको खनिजमा अमेरिकी स्वामित्व हस्तान्तरणका लागि जेलेन्स्की अमेरिका पुगेका थिए । तर उनी त्याहाबाट अपमानित भएर निस्किन पर्याे । बैठकको क्रममा ट्रम्पले जेलेन्स्कीलाई रूससँगको युद्ध अन्त्य गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति सम्झौता गर्न सुझाव दिएका थिए।

LS Auto

तर, जेलेन्स्कीले पुटिनलाई हत्यारा र आतंकवादीको रूपमा चित्रण गर्दै २०१९ को युद्धविराम सम्झौतामा रूसले पालना नगरेको तर्क गरेका थिए। यसले ट्रम्पलाई क्रोधित बनायो, र उनले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धको जोखिम मोलिरहेको आरोप लगाए।

स्थिति यति तनावपूर्ण बन्यो कि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन अनुरोध गरियो, र उनी बिना डिनर नै त्यहाँबाट निस्किए।ट्रम्प र भान्सले जेलेन्स्कीको अपमान गरेको भनेर विश्वभरका कतिपय नेताहरुले अमेरिकाको आलोचना गरिरहेका छन् ।

अमेरिकी नागरिक समेत जेलेन्स्की र युक्रेनको पक्षमा सडक प्रर्दशनमा उत्रिएका छन् । यस घटनापछि, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भने, हामीलाई यस्तो नेताको आवश्यकता छ जसले हामीसँग सम्झौता गर्न सकोस्, रूससँग सम्झौता गर्न सकोस् र यो युद्ध अन्त्य गर्न सकोस्।

यसैगरी, हाउस अफ रिप्रेजेन्टेटिभ्सका स्पीकर माइक जोनसनले भने, ूकेही परिवर्तन आवश्यक छ। या त जेलेन्स्कीले वार्ताको मेजमा फर्कनुपर्छ, वा कसैले देशको नेतृत्व लिनुपर्छ।
यस घटनाले युरोपेली नेताहरूलाई पनि चकित बनाएको छ।

यो घटनापछि १८ युरोपेली देशले खुलेर युक्रेनलाई समर्थन गरेका छन् । उनीहरुले युक्रेनको सुरक्षाका लागि एकताबद्ध हुँदै नयाँ गठबन्धन बनाएका छन् । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनको रक्षा प्रयासहरू बढाउन आह्वान गरेका छन्।

अमेरिकाबाट अपहेलित भएर लण्डन पुगेका जेलेन्स्कीमा पक्षमा सिंगो युरोप उभिएपछि उनी हर्ष विभोर भएका छन् । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा उनलाई युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको बताएका छन् । “वास्तविक सुरक्षा प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,” उनले लेखेका छन्, “हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ । यो सम्पूर्ण युरोपको माग हो ।”

अमेरिकाको महत्व बुझ्ने भन्दै उनले प्राप्त सबै सहयोगका लागि आभारी रहेको बताएका छन् । उनले हरदिन सहयोगका लागि आभार प्रकट गरेको पनि स्मरण गरेका छन् । आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा युरोपेली देशका नेताहरूको बैठक बसेको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए ।

बीबीसीको प्रश्नको जवाफमा जेलेन्स्कीले भने, “म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर युक्रेनको अवस्था सुन्नुपर्ने हाम्रो सर्त छ ।” जेलेन्स्कीले खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको सुनिश्चितता चाहेका छन् ।

ट्रम्प, भान्स र जेलेन्स्कीबीचको त्यो विवादले नै विश्वको भुराजनीतिमा ठूलो उचारचढाव ल्याएको छ । रुस अमेरिकासँग प्रफुलित छ भने युरोपले क्रमश अमेरिकी कित्ताबाट आफूलाई अलग गराउने पहल सुरु गरिसकेका छन् ।

डोनाल्ड ट्रम्प सार्वजनिक रूपमा भन्दै छन् कि युरोपले रूसविरुद्ध सुरक्षा जिम्मेवारी लिन सक्रिय हुनुपर्छ। उनले विशेषगरी नाटो सदस्य राष्ट्रहरूलाई जीडीपीको ५ प्रतिशत रक्षा खर्च गर्न आग्रह गरेका छन्।

ट्रम्पको धारणा अनुसार युरोपले आफ्नो सुरक्षा आफैं लिनुपर्छ। ट्रम्पले हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन्। उनले रूसप्रति नरम देखाउँदै युक्रेन र युरोपमाथि आक्रामक नीति अपनाइरहेका छन्।

यसबाट अनुमान गर्न सकिन्छ कि ट्रम्पले अमेरिकालाई नेटोबाट बाहिर निकाल्न सक्छन्, जसले नेटोको भविष्य नै संकटमा पार्न सक्छ। हाल नेटोमा ३२ सदस्य राष्ट्र छन्, जसमा अधिकांश युरोपेली देशहरू छन्।

दशकौँदेखि अमेरिका नेटोको नेतृत्वदायी राष्ट्र रहँदै आएको छ। अमेरिकाले लामो समयदेखि युरोपलाई सुरक्षा प्रदान गर्दै आएको छ। तर, ट्रम्प र पुटिनबीचको सम्बन्धले युरोपेली नेताहरूलाई चिन्तित बनाएको छ।

विशेष गरी वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको विवादपछि जर्मनी, फ्रान्स र बेलायतजस्ता देशहरूमा महत्वपूर्ण निर्णय लिन दबाब परेको छ। यदि अमेरिका नाटोबाट अलग भयो भने युरोपले रूसविरुद्ध संयुक्त रूपमा लड्नुपर्नेछ।

युरोप र रूसको सैन्य शक्ति तुलना :

युरोपेली संघ तर्फ
क्षेत्रफलः ४२,३३,२५५ वर्ग किलोमिटर

जनसंख्याः ४४७ मिलियन

सैन्य बजेटः ३००.८ अर्ब डलर

सक्रिय सैनिकः १२,९८,९६९

रिजर्भ सैनिकः १७,५०,१३२

रूस तर्फ

क्षेत्रफलः १७,०९८,२४२ वर्ग किलोमिटर

जनसंख्याः १४६ मिलियन

सैन्य बजेटः ८६.४ अर्ब डलर

सक्रिय सैनिकः १०,००,०००

रिजर्भ सैनिकः २०,००,०००

हतियार शक्ति तुलना

ट्याङ्कहरूः

ईयुः ४,३७७

रूसः १२,२६७

बख्तरबन्द लडाकू वाहनहरूः

ईयुः ३०,५१०

रूसः २४,१७२

तोपखानाः

ईयुः ६,४१६

रूसः १८,२६६

स्वचालित तोपः

ईयुः १,९६५

रूसः ६,४४३

रकेट तोपः

ईयुः ७७८

रूसः ४,३३१

हवाई र नौसेना शक्ति

लडाकू विमानहरूः

ईयुः ५,३९२

रूसः ४,४१८

पनडुब्बीहरूः

ईयुः (बेलायतसमेत)ः ५९

रूसः ६६

परमाणु हतियारहरूः

ईयुः (बेलायत + फ्रान्स)ः ५१९
रूसः ५,८८९
हाल युरोपभर करिब ७५,००० – १,०५,००० अमेरिकी सैनिकहरू तैनाथ छन्। अमेरिकी सैन्य अखडाहरू ४० भन्दा बढी युरोपेली देशहरूमा फैलिएको छ। यदि अमेरिका नेटोबाट बाहिरिएमा युरोपले ३ लाख थप सैनिकहरू राख्नुपर्नेछ र २६० अर्ब डलर अतिरिक्त वार्षिक रक्षा खर्च गर्नुपर्नेछ।

यदि अमेरिका नाटोबाट बाहिरियो भने युरोपले आफ्नै सामथ्र्यमा रूसविरुद्धको रक्षा रणनीति बनाउनुपर्नेछ, जुन आर्थिक रूपमा कठिन हुनेछ।

Tags: #रुससँग लड्न सक्छ युरोप ?#जेलेन्स्कीले छेडेको नयाँ युद्ध!

लोकप्रीय

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२

विचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२

थप समाचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?
समाचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?
समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.