NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी मङ्लबार कार्तिक ४ , २०८२
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

राजावादी मच्चिँदैमा राजतन्त्र आउँदैन्,‘राजतन्त्र सामन्ती प्रेत’

शुक्रबार फाल्गुन २३ , २०८१
Reading Time: 1 min read
A A
राजा ज्ञानेन्द्रले ‘राजनैतिक कु’ गरेको दिन माघ १९
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ फागुन ,काठमाण्डौ।

नेपालको राजनीतिक वातावरण पछिल्लो समय राजतन्त्रको वकालत गर्दै राजावादी शक्तिहरूको सक्रियतासँगै गर्माएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ मागेपछि राजसंस्थाका समर्थकहरू सडकदेखि सदनसम्म आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।

आज मात्रै संघीय राजधानी काठमाडौंमा राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीले प्रदर्शन गरेका छन्। उनीहरूले गणतन्त्रको विरोध गर्दै नारायणहिटी दरबारलाई पुनः राजदरबारका रूपमा प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन्।

उनीहरुले ‘हाम्रो राजा, हाम्रो देश’ “राजतन्त्र जिन्दावाद” नारायणहिटी खाली गर” “देशद्रोहीहरू होशियार” लगायतका नारा लगाएका छन् । उनीहरूले हालको गणतान्त्रिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै राजतन्त्र नै देशको स्थिरता र समृद्धिको आधार हुने दाबी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते ७५औं प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो सन्देशपछि राजतन्त्र पक्षधरहरूको गतिविधि तीव्र रूपमा बढेको छ। उक्त सन्देशमा शाहले देशको अस्थिरता र बिग्रँदो राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्र र राष्ट्रिय एकता जोगाउन सबैलाई आह्वान गरेका थिए।

राप्रपाले यसअघि काठमाडौंमा मोटरसाइकल र्याली गर्दै नारायणहिटी खाली गर्न खबरदारी गरिसकेको छ। राप्रपा नेपालले विभिन्न जिल्लामा सभा, प्रदर्शन अभियान सञ्चालन गरिरहेको छ। राजावादीहरुले ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने फागुन २५ गतेका दिन विशेष स्वागत गर्ने कार्यक्रम तय गरेका छन् ।

नेपालमा संविधानतः गणतन्त्रात्मक व्यवस्था स्थापन भइसके पनि राजतन्त्रको पक्षमा निरन्तर आवाज उठिरहनु राजनीतिक असन्तोषको संकेत भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । राजतन्त्र पक्षधरहरूको प्रदर्शनले सत्तारूढ दलहरूलाई थप चुनौती दिन सक्ने सम्भावना औंल्याइएको छ ।

तर पूर्वराजाको सन्देशपछि प्रधानमन्त्री समेतले उनलाई चुनाव लडेर लोकप्रियता देखाउन चुनौती दिइसकेको अवस्थामा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उनले ‘हैसियत भुलेको’ रुपमा टिप्पणी गरे ।

‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो,’ उनले भने साथै, उनले आफ्नो संस्था र परिवारको रक्षा गर्न नसक्नेले देशको रक्षा गर्न नसक्ने पनि बताए । ‘हामीले गरेको उदार प्रबन्धलाई बिर्सेको हो । राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने, ‘एउटा कुलमा जन्मिएको कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिन्छ । जसको शासनमुनि हामी बस्न बाध्य पारिन्छ । त्यस्तो प्रणाली कसरी मान्ने ? राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छ जस्तो लाग्दैन ।’

यसअघि बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिएका हुन् ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब हुँदाहुँदा हिजो की अस्तिको दिन हो । उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस्। आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस् न । लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिएका छन् ।

पूर्वराजाको अभिब्यक्तिले तरंग ल्याइरहेको अवस्थामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले समेत राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पोखरेलको प्रष्टोक्ति छ ।

फेसबुकमा उनले लेखेका छन्, ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’ पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, उनले सामाजिक संजालमा लेखेका छन् ।

Tags: #राजावादी मच्चिँदैमा राजतन्त्र आउँदैन्#राजावादीले घेरे नारायणहिटी

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

विचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी
खेलकुद

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी
ताजा समाचार

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.