×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

आदित्यनाथको फोटो बोक्ने राणा भारतको शरणमा

२८ फाल्गुन २०८१

२८ फागुन , काठमाण्डौ।

गएको आइतबार पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई लिएर गणतन्त्र पक्षधरसहित राजावादी र भारतमा समेत तरंङ उत्पन्न भएको छ ।

Advertisement

माओवादीले यो तस्बिरलाई लिएर विदेशी शक्तिको भूमिका रहेको आशंका गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रर्दशनमा योगीको तस्बिर राख्नु पर्ने अवस्था आएको भन्दै ब्यङ्ग गरिसकेका छन् ।

तर ज्ञानेन्द्रको स्वागतमा सडकमा उत्रिएको राप्रपाका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने यो तस्बिर प्रधानमन्त्रीको निर्देशनमा नै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको गम्भिर आरोप लगाएपछि सामाजिक संजालमा अहिलेसम्म जुहारी चलिरहेको छ ।

तस्बिरलाई नै आधार मानेर भारतीय संचारमाध्यामहरुले समेत लगातार यो खबरलाई महत्वका साथमा प्रकाशन प्रशारण गरिरहेको अवस्थामा योगीको तस्बिर देखाउने प्रदीप विक्रम राणा अहिले भारत पुगेका छन् ।

आफूलाई प्रहरीले खोजिरहेको भन्दै उनले आफू भारतमा आएको भारतीय संचारमाध्याममा प्रतिक्रिया दिएका छन् । राणाले बोकेको योगी आदित्यनाथको तस्बिर रहेको ब्यानरमा ‘राज संस्था पुनःस्थापना गरौँ ।

हिन्दुवादी प्रदीप विक्रम राणा’ लेखिएको थियो । यस्तै पूर्वराजा ज्ञानेन्द्रको तस्बिर रहेको पोस्टरमा पनि राणाको नाम थियो ।अहिले भारतको गोरखपुर पुगेका राणाले प्रदर्शनमा योगी आदित्यनाथको ब्यानर प्रयोग भएको विषयमा अनेकौँ टिकाटिप्पणी भइरहेको र प्रहरीले नै आफूलाई खोजेपछि भारतमा शरण लिन पुगेको बताएका छन् ।

प्रदर्शनमा विदेशी नेताको तस्बिर प्रयोग भएपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यसको विरोध गरेको उनको भनाइ छ । आदित्यनाथसँग मिलेर आफूले वर्तमान सरकारविरुद्ध षडयन्त्र गरिरहेको आशंका प्रहरीले गरेको उनले बताएका छन् ।

उनले हालसम्म योगी आदित्यनाथलाई नभेटेको पनि बताएका छन् । आदित्यनाथले हिन्दु र हिन्दुत्वका लागि गरिरहेको योगदानकै कारण आफूले उनलाई रुचाएको राणाले बताएका छन् । धार्मिक आस्थाका कारण आफूले योगी आदित्यनाथलाई रुचाउने उनको भनाइ छ ।

उक्त पोस्टर बनाउन र देखाउन कसैले परिचालित नगरेको राणाको भनाइ छ । यस्तै वर्तमान सरकार नहटेसम्म नेपाल नर्फकने उनले बताएका छन् । “मलाई कसैले उक्साएको वा परिचालित गरेको हैन । मसँग पैसाको कमी छैन । वर्तमान सरकार नहटेसम्म म नेपाल फर्किंन्नँ,” उनले भारतीय संचारमाध्याममा प्रतिक्रिया दिएका छन् ।

यो तस्बिरको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा समेत उठिसकेको छ । एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले राणालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागी राणाले योगीको तस्विरसहित प्रदर्शन गरेका थिए ।

राणा कुनै बेला राप्रपाका नेता थिए । काठमाडौंका ५८ वर्षीय राणाका बुवा नेपाली सेनाका जागिरे थिए । उनी सुरुदेखि नी राजनीतिमा लागेको भारतीय संचारमाध्यमलाई उनले जानकारी दिएका छन् ।

२०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् । यही विषयलाई राप्रपा प्रवक्ता शाहीले पटक पटक उनी एमालेबाटै परिचालित भएको दाबी सामाजिक संजालबाट गर्दै आएका छन् ।

पछिल्लो समय मात्रै विष्णु रिमालतर्फ लक्षित गर्दै उनले राष्ट्रियसभा उपाध्यक्ष बमला घिमिरे र राणाको तस्बिर सहित लेखेका छन्, तस्बिर आफै बोल्छ ! आइतबार काठमाडौँ एयरपोर्टमा राजाको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो राख्ने प्रदिप विक्रम राणा र नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष माननीय बिमला घिमिरेज्यू ।

त्यसैले भन्छु सम्माननीय प्रधानमन्त्री ज्युका राजनीतिक सल्लाहकार विष्णु रिमालज्यू राष्ट्रिय झण्डासहितको देशभक्त कार्यक्रमलाई बिथोल्न र आरोप लगाउन यस्ता अनैतिक गतिविधि तत्काल बन्द गर्नुहोस्। सम्माननीय प्रधानमन्त्रीज्यू यो २०३२साल होइन तपाईँहरूले जनतालाई जे भ्रम छर्यो त्यो पत्याउनुपर्ने।यो २०८१ साल हो सत्य तथ्य लुक्दैन स्पष्ट बाहिर आउँछ ।

उनले आफ्नो परिवार सम्पन्न रहेको तर दुःखका साथ लुकेर भागेको बताएका छन् । नेपालमा राजतन्त्र फिर्ता ल्याउने र हिन्दु राष्ट्र बनाउने अभियानमा आफ्नो अन्तिम सास रहँदासम्म लड्ने उनले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top