NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी मङ्लबार कार्तिक ४ , २०८२
चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

आदित्यनाथको फोटो बोक्ने राणा भारतको शरणमा

बुधबार फाल्गुन २८ , २०८१
Reading Time: 1 min read
A A
आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएका हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ फागुन , काठमाण्डौ।

गएको आइतबार पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई लिएर गणतन्त्र पक्षधरसहित राजावादी र भारतमा समेत तरंङ उत्पन्न भएको छ ।

माओवादीले यो तस्बिरलाई लिएर विदेशी शक्तिको भूमिका रहेको आशंका गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रर्दशनमा योगीको तस्बिर राख्नु पर्ने अवस्था आएको भन्दै ब्यङ्ग गरिसकेका छन् ।

तर ज्ञानेन्द्रको स्वागतमा सडकमा उत्रिएको राप्रपाका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने यो तस्बिर प्रधानमन्त्रीको निर्देशनमा नै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको गम्भिर आरोप लगाएपछि सामाजिक संजालमा अहिलेसम्म जुहारी चलिरहेको छ ।

तस्बिरलाई नै आधार मानेर भारतीय संचारमाध्यामहरुले समेत लगातार यो खबरलाई महत्वका साथमा प्रकाशन प्रशारण गरिरहेको अवस्थामा योगीको तस्बिर देखाउने प्रदीप विक्रम राणा अहिले भारत पुगेका छन् ।

आफूलाई प्रहरीले खोजिरहेको भन्दै उनले आफू भारतमा आएको भारतीय संचारमाध्याममा प्रतिक्रिया दिएका छन् । राणाले बोकेको योगी आदित्यनाथको तस्बिर रहेको ब्यानरमा ‘राज संस्था पुनःस्थापना गरौँ ।

हिन्दुवादी प्रदीप विक्रम राणा’ लेखिएको थियो । यस्तै पूर्वराजा ज्ञानेन्द्रको तस्बिर रहेको पोस्टरमा पनि राणाको नाम थियो ।अहिले भारतको गोरखपुर पुगेका राणाले प्रदर्शनमा योगी आदित्यनाथको ब्यानर प्रयोग भएको विषयमा अनेकौँ टिकाटिप्पणी भइरहेको र प्रहरीले नै आफूलाई खोजेपछि भारतमा शरण लिन पुगेको बताएका छन् ।

प्रदर्शनमा विदेशी नेताको तस्बिर प्रयोग भएपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यसको विरोध गरेको उनको भनाइ छ । आदित्यनाथसँग मिलेर आफूले वर्तमान सरकारविरुद्ध षडयन्त्र गरिरहेको आशंका प्रहरीले गरेको उनले बताएका छन् ।

उनले हालसम्म योगी आदित्यनाथलाई नभेटेको पनि बताएका छन् । आदित्यनाथले हिन्दु र हिन्दुत्वका लागि गरिरहेको योगदानकै कारण आफूले उनलाई रुचाएको राणाले बताएका छन् । धार्मिक आस्थाका कारण आफूले योगी आदित्यनाथलाई रुचाउने उनको भनाइ छ ।

उक्त पोस्टर बनाउन र देखाउन कसैले परिचालित नगरेको राणाको भनाइ छ । यस्तै वर्तमान सरकार नहटेसम्म नेपाल नर्फकने उनले बताएका छन् । “मलाई कसैले उक्साएको वा परिचालित गरेको हैन । मसँग पैसाको कमी छैन । वर्तमान सरकार नहटेसम्म म नेपाल फर्किंन्नँ,” उनले भारतीय संचारमाध्याममा प्रतिक्रिया दिएका छन् ।

यो तस्बिरको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा समेत उठिसकेको छ । एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले राणालाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागी राणाले योगीको तस्विरसहित प्रदर्शन गरेका थिए ।

राणा कुनै बेला राप्रपाका नेता थिए । काठमाडौंका ५८ वर्षीय राणाका बुवा नेपाली सेनाका जागिरे थिए । उनी सुरुदेखि नी राजनीतिमा लागेको भारतीय संचारमाध्यमलाई उनले जानकारी दिएका छन् ।

२०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् । यही विषयलाई राप्रपा प्रवक्ता शाहीले पटक पटक उनी एमालेबाटै परिचालित भएको दाबी सामाजिक संजालबाट गर्दै आएका छन् ।

पछिल्लो समय मात्रै विष्णु रिमालतर्फ लक्षित गर्दै उनले राष्ट्रियसभा उपाध्यक्ष बमला घिमिरे र राणाको तस्बिर सहित लेखेका छन्, तस्बिर आफै बोल्छ ! आइतबार काठमाडौँ एयरपोर्टमा राजाको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो राख्ने प्रदिप विक्रम राणा र नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष माननीय बिमला घिमिरेज्यू ।

त्यसैले भन्छु सम्माननीय प्रधानमन्त्री ज्युका राजनीतिक सल्लाहकार विष्णु रिमालज्यू राष्ट्रिय झण्डासहितको देशभक्त कार्यक्रमलाई बिथोल्न र आरोप लगाउन यस्ता अनैतिक गतिविधि तत्काल बन्द गर्नुहोस्। सम्माननीय प्रधानमन्त्रीज्यू यो २०३२साल होइन तपाईँहरूले जनतालाई जे भ्रम छर्यो त्यो पत्याउनुपर्ने।यो २०८१ साल हो सत्य तथ्य लुक्दैन स्पष्ट बाहिर आउँछ ।

उनले आफ्नो परिवार सम्पन्न रहेको तर दुःखका साथ लुकेर भागेको बताएका छन् । नेपालमा राजतन्त्र फिर्ता ल्याउने र हिन्दु राष्ट्र बनाउने अभियानमा आफ्नो अन्तिम सास रहँदासम्म लड्ने उनले भनेका छन् ।

Tags: #आदित्यनाथ#योगीको तस्बिर देखाउने राणा भारतमा#राणा भारतको शरणमा#सरकार ढलेपछि मात्रै फर्किने

लोकप्रीय

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२

विचार

थप समाचार

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी
खेलकुद

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी
ताजा समाचार

गाजामा अस्ताएका विपिनको महाकालीमा अ न्त्ये ष्टि, स शस्त्र प्र हरीको सलामी

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.