×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

२८ फाल्गुन २०८१

२८ फागुन , काठमाण्डौ ।

प्रतिनिधिसधामा प्रतिपक्ष दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा राखेको अभिब्यक्तिकै कारण आजको बैठकमा लफडा भएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

Advertisement

कांग्रेस सांसदहरूले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए । शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका–९ को लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएकी थिइन् ।

उनले स्थानीय बासिन्दाको उजुरीपछि पनि स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको गुनासो गरेकी थिइन् । सुमनासँगै रास्वपाका अर्का सांसद शिशिर खनालले पनि नेवार समुदायको चिहानको उक्त जग्गा कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका थिए ।

उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय तहले संरक्षणमा कुनै पहल नगरेको आरोप लगाएका थिए । ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर–९ लोकतान्त्रिक चोकस्थित नेवार समुदायको चिहान रहेको कित्ता नं. ६२÷६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको अवस्था छ । स्थानीयवासीको गुनासो र उजुरीको बावजुद स्थानीय तहले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको गुनासो आएको छ,’ खनालले भनेका थिए ।

सांसद श्रेष्ठको आरोपपछि कांग्रेस सांसदहरूले उठेर आपत्ति जनाए । उनीहरूले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउनसमेत माग गरे ।  रास्वपा नेताहरूले यस्तो आरोप लगाएपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाए।

जसका कारण संसद् बैठक केहीबेर अवरुद्ध भयो । विरोध जनाउने कांग्रेस सांसदहरूमा राजेन्द्र बजगाईं, सुशीला थिङ र सन्तोष चालिसेसहित थिए । केहीबेरपछि रास्वपा सांसद श्रेष्ठले फेरि त्यही कुरा दोहो¥याइन्।

त्यसपछि कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए । यस विषयमा आएका विवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदहरूलाई बस्न आग्रह गरेका थिए ।

कांग्रेस सांसदहरूले आशन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका थिए । कांग्रेसका कुन नेताले लोकतान्त्रिक चोकस्थित उक्त जग्गा कब्जा गरेको हो भन्ने विषय चाँही रास्वपा सांसदहरूले नाम खुलाएका छैनन्।

तर दुधे अवस्थामै निधन भएका बालबालिकाहरुको अन्तिम संस्कारका लागि प्रयोग गर्दै आएको सरकारी जग्गा कांग्रेस नेता एवं डाक्टर केदार नरसिंह केसीले कब्जा गरेको आरोप लागेको खबर गएको साउनमा बाहिरिएको थियो ।

उक्त सरकारी जग्गा (मचागाः) डाक्टर केसीले आफ्नो घरकम्पान्ड बनाएर तारबार गरेर राखेको आरोप लागेको छ  । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंं ९ मनमैजुको लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६३ को मचागाः आफ्नो दाजु मन्त्री भएको समयमा पर्खाल लगाएर सो जग्गा आफ्नो घर कम्पान्डमा ल्याएर प्रयोगमा ल्याएको आरोप लाग्दै आएको छ ।

नौ आना रहेको सो जग्गा करिब पाँच करोड मूल्यबराबरको रहेको अनुमान छ । सरकारी जग्गा कब्जा गरेर घर कम्पाउन्ड बनाएपछि स्थानीयहरूले लगातार विरोध गरे पनि कांग्रेस नेता समेत रहेका केसीले जग्गा स्थानीय तहलाई जिम्मा नलगाएको स्थानीयको आरोप छ ।

जग्गा हडपेको विषयमा तारकेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाइ र संघीय सांसदले आयोजना गरेको सार्वजनिक सुनुवाइमा समेत यस विषयमा कुरा उठ्दा नगरपालिका यस विषयमा मौन रहने गरेको आरोप छ । यो आरोपका विषयमा डां केसीले पनि मौनता साध्दै आएका छन् ।

तारकेश्वर नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित कृष्णहरि महर्जन रहेका छन् । सरकारी जग्गा हडपेको आरोप लागेका डा. केसी भने नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद अर्जुन नरसिंह केसीका भाइ तथा कांग्रेस नेता हुन् । उनी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका पूर्वनिर्देशक र नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top