NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल

सोमवार चैत्र ११ , २०८१
Reading Time: 1 min read
A A
सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ चैत , एजेन्सी ।

फिफा विश्वकप २०२२ को साविक उपविजेता समेत रहेको फ्रान्स दोस्रो लेगमा क्रोएसियाविरुद्ध ‘सडन डेथ’मा जित निकाल्दै यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति दोस्रो लेगको निर्धारित र अतिरिक्त समयसम्म फ्रान्सले २–० को अग्रता बनाएपछि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो ।

पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा विश्वकप उपविजेताविरुद्ध २–० कै जित निकालेको थियो । पेनाल्टीमा फ्रान्सका किलियन एमबाप्पे, अरेलिएन चुवामेनी, रान्डाल कोलो मुआनी, डिजायर डोए र डायोट उपामेकानोले गोल गरे ।

फ्रान्सका जुलेस काउन्डे र थियो हर्नान्डेज पेनाल्टीमा असफल बने । पाहुना टिमका निकोला मोरो, मारियो पासालिच, क्रिस्टियन जाकिच र डुज कालेटा–कारले गोल गरे । क्रोएसियाका मार्टिन बटुरिना, फ्रान्जो इभानोभिच र जोसेप स्टानिसिच गोल गर्न असफल रहे ।

त्यसअघि, फ्रान्सलाई दोस्रो लेगको निर्धारित समयसम्म जित दिलाउन माइकल ओलिस र ओस्मान डेम्बेलेले गोल गरेका थिए । यी दुवै गोल दोस्रो हाफमा भएका थिए । फ्रान्सले अब फाइनल प्रवेशका निम्ति युरो च्याम्पियन स्पेनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

स्पेनले आइतबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सविरुद्ध ‘सडन डेथ’मै जित निकाल्दै अन्तिम–४ को यात्रा तय गरेको छ । आइतबार राति घरेलु मैदानमा स्पेनलाई जित दिलाउन ‘सडन डेथ’मा मिकेल मारिनो, फेरान टोरेस, एलेक्स गार्सिया, एलेक्स बाइना र पेड्रीले गोल गरे ।

स्पेनका युवा फरवार्ड लामिन यमलले भने प्रहारलाई जाली चुमाउन सकेनन् । डच टिमका भर्जिल भान डाइक, टेउन कुम्पमेनर्स, जाभी सिमोन्स र केनेथ टेलरले गोल गरे । पाहुना टिमका नाओ लाङ र डोन्यल मालेन पेनाल्टीमा चुकेका थिए ।

त्यसअघि, १२० मिनेटसम्म पुगेको खेलमा स्पेनबाट मिकेल आयार्जाबालले दुई र लामिन यमलले एक गोल गरेका थिए । नेदरल्यान्ड्सबाट मेम्फिस डिपे, लान माटसेन र जाभी सिमोन्सले गोल गरेका थिए । यी दुई टिमबीचको पहिलो लेग पनि २–२ को बराबरीमा सकिएको थियो ।

उता रोमाञ्चक दोस्रो लेगमा ३–३ को बराबरी खेले पनि इटालीविरुद्ध समग्रमा ५–४ को जित निकाल्दै जर्मनी यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सिग्न इदुना पार्कमा घरेलु टिमका जोसुवा किमिच, जमल मुसियाला र टिम क्लेनडेन्स्टले गोल गरे ।

पाहुना टिमका मोइस किन र जियाकोमो रास्पाडोरीले गोल गरे पनि पहिलो लेगमा व्यहोरेको हारका कारण इटालीलाई अघि बढाउन सकेनन् । यी दुई टिमबीचको पहिलो लेगमा जर्मनीले इटालीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।

आइतबार राति ३–० ले पछि परेको स्थिति उल्ट्याउँदै इटाली खेलमा फर्किएको थियो । जर्मनीका किमिचले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ३६औँ मिनेटमा मुसियालाले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

४५औँ मिनेटमा क्लिेनडेन्स्टले गोल गरेपछि घरेलु टिम पहिलो हाफसम्म ३–० ले अगाडि थियो । दोस्रो हाफमा इटालीले तीन गोल फर्कायो । ४९औँ मिनेटमा किनले पहिलो र ६९औँ मिनेटमा दोस्रो गोल गरे । इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने इटालीको आशा कायम राखेका थिए ।

तर, यसपछि गोल नहुँदा जर्मनी पहिलो लेगको नतिजाका कारण सेमिफाइनलमा प्रवेश गरेको हो । जर्मनीले अब अन्तिम–४ मा पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलले आइतबारै राति भएको अर्को खेलमा डेनमार्कलाई समग्रमा ५–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।

आइतबार राति घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले दुई गोल गरे । कप्तान क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले एक÷एक गोल थपे । पोर्चुगलले अर्को गोल भने आत्मघाती उपहार पाएको थियो ।

पाहुना टिमका रास्मस क्रिस्टेन्सन र क्रिस्टियन एरिकसनले गोल गरे पनि टिमको हार टार्न सकेनन् । योसँगै पोर्चुगलले समग्रमा ५–३ को जित निकाल्दै सेमिफाइन यात्रा तय गरेको हो । पहिलो लेगमा पोर्चुगल डेनमार्कको मैदानमा १–० ले पराजित भएको थियो । पोर्चुगलले अब फाइनल प्रवेशका निम्ति जर्मनीसँग खेल्नेछ ।

Tags: #फिफा विश्वकप २०२२#फ्रान्स#जर्मनी#स्पेन#नेसन्स लिगमा ४ देशको महाभिडन्तपोर्चुगल अन्तिम चार

लोकप्रीय

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

राजनीति

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?
समाचार

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

बिहिबार माघ १ , २०८२
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.