×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मस्कको छिन्नभिन्न परिवारःअनगिन्ती सन्तान ?

१० चैत्र २०८१

११ चैत , एजेन्सी ।

सद्गुरु भन्छन्, जब मानिसको बच्चा जन्मिन्छ, ऊ अरू प्राणीको बच्चा जस्तो पूर्ण रूपमा तयार भएको हुँदैन । उसलाई उचित भरण–पोषण अनि तालिम जरूरी हुन्छ । यसैकारण परिवार आवश्यक बनेको हो । मनुष्यलाई हुर्किनको लागि परिवार निकै सहायक आधार हो ।

तर, थुप्रै मानिसहरूका निम्ति परिवार सहारा बनेको हुँदैन; यो बाधा–अड्चन बनेको हुन्छ । यो माथि उठाउने प्रक्रिया बन्दैन, बरु झन् उल्झन बन्दछ । परिवार आफैँमा समस्या भएकोले त्यसो हुने होइन, तपाईं परिवारलाई जुन रूपमा लिनुहुन्छ, त्यसले गर्दा नै यस्तो हुने हो ।

सद्गुरुका यी भनाइ अहिले विश्वकै सबैभन्दा धनाढ्य एलन मस्क र उनको परिवारका लागि ठ्याक्कै मिलेको देखिन्छ । अमेरिकाको राष्ट्रपतिलाई नै अघिपछि लगाईरहेका शक्तिशाली खर्बपति जो चन्द्रमामा मानव बस्ती बसाउने परिकल्पनालाई पछ्याइरहेका छन्, विभिन्न अन्तरिक्ष अभियानमा लगानी बढाइरहेका छन् ।

उनी टेस्ला, स्पेसएक्स, सामाजिक संजाल एक्स लगायतका मालिक हुन् । अमेरिकी राष्ट्रपति मार्फत विश्वकै अर्थतन्त्रमा कैंची लगाइरहेका छन्, यस्ता शक्तिशाली व्यक्तिको परिवार भने छिन्नभिन्न जस्तै देखिएको छ । हुन त मस्क अहिले पनि पत्नी र आफ्ना केही सन्तानसहित बसिरहेका छन् ।

तर उनका पूर्व पत्नी वा प्रेमिकाले गर्ने गुनासाहरु र आफ्नै सन्तानले दर्शाउने गरेको घृणाले एलन मक्स पारिवारिक रुपमा भने सफल छैनन् भन्ने पुष्टि गर्छ । यसबीच हालै एलोन मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले एक अन्तर्वार्ता दिएकी छिन् ।

यो अन्तर्वार्तामा भिभियनले आफ्नो बुबा मस्कसँगको सम्बन्ध कस्तो रहेको खुलाएकी छिन । जसका कारण मस्क अहिले आफ्नो परिवारको बारेमा विवादमा घेरिएका छन् । लेखिका एश्ले सेन्ट क्लेयरले सन् २०२४ मा मस्कको सन्तान जन्माएको खुलासा गरेकी थिइन ।

यस सम्बन्धमा जब भिभियनलाई उनका भाइबहिनीको बारेमा सोधिएको थियो, उनले भनिन्, ‘म आफैंलाई थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?’ भिभियन विल्सन एलोन मस्क र उनकी पूर्व पत्नी जस्टिन विल्सनको पहिलो सन्तान हुन् ।

भिभियनको जन्म सन् २००४ मा भएको थियो र उनी जन्मदा केटाको रूपमा रहेका थिए । त्यो बेला उनको नाम जेभियर मस्क थियो तर जब सन् २०२२ मा भिभियनले आफू ट्रान्स भएको घोषणा गरिन् र कानुनी रूपमा आफ्नो लिङ्ग र नाम पनि परिवर्तन गरिन् ।

भिभियन हाल जापानको टोकियोमा बस्छिन् । भिभियनले हालै ‘टिन भोएज’ सँगको अन्तर्वार्तामा धेरै ठूला खुलासा गरेकी छन् । भिभियन २० वर्षकी भएकी छिन् । भिभियनको आफ्नो बुबा मस्कसँग धेरै नजिकको सम्बन्ध छैन ।

उनले अन्तर्वार्तामा आफू आर्थिक रूपमा एलोन मस्कमा निर्भर नभएकोसमेत बताएकी छिन् । उनले विगत ५ वर्षदेखि पीता मस्कसँग कुरा नगरेकोसमेत खुलासा गरेका छिन् । भिभियनले एलोन मस्क र उनका बच्चाहरूको बारेमा टिप्पणी गरेका थिइन ।

उनले भनिन्, ‘म भन्छु कि मलाई साँच्चै थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन्।’ उनले आफ्नो परिवारको सदस्यका बारेमा पनि जानकारी नभएकोसमेत बताएकी छन् । जसरी इलन मस्कको सन्तान भएको कुरा सारा संसारलाई थाहा हुन्छ, त्यसैगरी सामाजिक सञ्जाल र समाचारका माध्यमबाट उनलाई पनि थाहा हुन्छ, तर औपचारिक रूपमा आफु जानकार नभएको उनले दावी गरेकी छिन् ।

उनका बुबा संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक भए पनि भिभियन भने उनीसँग कुनै सम्बन्ध राख्न चाहान्नन् । उनले यो पनि स्पष्ट गरिन् कि उनी सधैं बढ्दो मस्क परिवारको सम्बन्धलाई कायम राख्न पनि कुनै चासो राख्दिनन् ।

छोराले लिङ्ग परिवर्तन गरे पछि मस्क उनीसँग रिसाएका थिए । कतिसम्म भने क्यार्लिफोनियाका एक अदालतमा उभिएर उनले आफनो पिता मस्को मृत्यु भएको घोषणासमेत गरेका थिए । खासमा, मस्क छोराले लिङ्ग परिवर्तन गर्ने निर्णयको सदैब बिपक्षमा उभिदैँ आएका थिए ।

कतिसम्म भनिन्छ भने राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले सपथमा नै अमेरिकामा २ वटा लिङ्ग मात्रै भएको घोषणा गर्नुमा मस्कको ठूलो हात रहेको विश्वास गरिन्छ । किनभने, उनी घरमा छोराको ब्यावहारवाट निकै प्रताडित थिए । जसको कारण उनले ट्रम्पमार्फत ‘ट्रान्सजेन्डर’ को बिपक्षमा अमेरिका रहेको भन्ने पुर्ववत नीति नै परिवर्तन गराए ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top