११ चैत , एजेन्सी ।
सद्गुरु भन्छन्, जब मानिसको बच्चा जन्मिन्छ, ऊ अरू प्राणीको बच्चा जस्तो पूर्ण रूपमा तयार भएको हुँदैन । उसलाई उचित भरण–पोषण अनि तालिम जरूरी हुन्छ । यसैकारण परिवार आवश्यक बनेको हो । मनुष्यलाई हुर्किनको लागि परिवार निकै सहायक आधार हो ।
तर, थुप्रै मानिसहरूका निम्ति परिवार सहारा बनेको हुँदैन; यो बाधा–अड्चन बनेको हुन्छ । यो माथि उठाउने प्रक्रिया बन्दैन, बरु झन् उल्झन बन्दछ । परिवार आफैँमा समस्या भएकोले त्यसो हुने होइन, तपाईं परिवारलाई जुन रूपमा लिनुहुन्छ, त्यसले गर्दा नै यस्तो हुने हो ।
सद्गुरुका यी भनाइ अहिले विश्वकै सबैभन्दा धनाढ्य एलन मस्क र उनको परिवारका लागि ठ्याक्कै मिलेको देखिन्छ । अमेरिकाको राष्ट्रपतिलाई नै अघिपछि लगाईरहेका शक्तिशाली खर्बपति जो चन्द्रमामा मानव बस्ती बसाउने परिकल्पनालाई पछ्याइरहेका छन्, विभिन्न अन्तरिक्ष अभियानमा लगानी बढाइरहेका छन् ।
उनी टेस्ला, स्पेसएक्स, सामाजिक संजाल एक्स लगायतका मालिक हुन् । अमेरिकी राष्ट्रपति मार्फत विश्वकै अर्थतन्त्रमा कैंची लगाइरहेका छन्, यस्ता शक्तिशाली व्यक्तिको परिवार भने छिन्नभिन्न जस्तै देखिएको छ । हुन त मस्क अहिले पनि पत्नी र आफ्ना केही सन्तानसहित बसिरहेका छन् ।
तर उनका पूर्व पत्नी वा प्रेमिकाले गर्ने गुनासाहरु र आफ्नै सन्तानले दर्शाउने गरेको घृणाले एलन मक्स पारिवारिक रुपमा भने सफल छैनन् भन्ने पुष्टि गर्छ । यसबीच हालै एलोन मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले एक अन्तर्वार्ता दिएकी छिन् ।
यो अन्तर्वार्तामा भिभियनले आफ्नो बुबा मस्कसँगको सम्बन्ध कस्तो रहेको खुलाएकी छिन । जसका कारण मस्क अहिले आफ्नो परिवारको बारेमा विवादमा घेरिएका छन् । लेखिका एश्ले सेन्ट क्लेयरले सन् २०२४ मा मस्कको सन्तान जन्माएको खुलासा गरेकी थिइन ।
यस सम्बन्धमा जब भिभियनलाई उनका भाइबहिनीको बारेमा सोधिएको थियो, उनले भनिन्, ‘म आफैंलाई थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?’ भिभियन विल्सन एलोन मस्क र उनकी पूर्व पत्नी जस्टिन विल्सनको पहिलो सन्तान हुन् ।
भिभियनको जन्म सन् २००४ मा भएको थियो र उनी जन्मदा केटाको रूपमा रहेका थिए । त्यो बेला उनको नाम जेभियर मस्क थियो तर जब सन् २०२२ मा भिभियनले आफू ट्रान्स भएको घोषणा गरिन् र कानुनी रूपमा आफ्नो लिङ्ग र नाम पनि परिवर्तन गरिन् ।
भिभियन हाल जापानको टोकियोमा बस्छिन् । भिभियनले हालै ‘टिन भोएज’ सँगको अन्तर्वार्तामा धेरै ठूला खुलासा गरेकी छन् । भिभियन २० वर्षकी भएकी छिन् । भिभियनको आफ्नो बुबा मस्कसँग धेरै नजिकको सम्बन्ध छैन ।
उनले अन्तर्वार्तामा आफू आर्थिक रूपमा एलोन मस्कमा निर्भर नभएकोसमेत बताएकी छिन् । उनले विगत ५ वर्षदेखि पीता मस्कसँग कुरा नगरेकोसमेत खुलासा गरेका छिन् । भिभियनले एलोन मस्क र उनका बच्चाहरूको बारेमा टिप्पणी गरेका थिइन ।
उनले भनिन्, ‘म भन्छु कि मलाई साँच्चै थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन्।’ उनले आफ्नो परिवारको सदस्यका बारेमा पनि जानकारी नभएकोसमेत बताएकी छन् । जसरी इलन मस्कको सन्तान भएको कुरा सारा संसारलाई थाहा हुन्छ, त्यसैगरी सामाजिक सञ्जाल र समाचारका माध्यमबाट उनलाई पनि थाहा हुन्छ, तर औपचारिक रूपमा आफु जानकार नभएको उनले दावी गरेकी छिन् ।
उनका बुबा संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक भए पनि भिभियन भने उनीसँग कुनै सम्बन्ध राख्न चाहान्नन् । उनले यो पनि स्पष्ट गरिन् कि उनी सधैं बढ्दो मस्क परिवारको सम्बन्धलाई कायम राख्न पनि कुनै चासो राख्दिनन् ।
छोराले लिङ्ग परिवर्तन गरे पछि मस्क उनीसँग रिसाएका थिए । कतिसम्म भने क्यार्लिफोनियाका एक अदालतमा उभिएर उनले आफनो पिता मस्को मृत्यु भएको घोषणासमेत गरेका थिए । खासमा, मस्क छोराले लिङ्ग परिवर्तन गर्ने निर्णयको सदैब बिपक्षमा उभिदैँ आएका थिए ।
कतिसम्म भनिन्छ भने राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले सपथमा नै अमेरिकामा २ वटा लिङ्ग मात्रै भएको घोषणा गर्नुमा मस्कको ठूलो हात रहेको विश्वास गरिन्छ । किनभने, उनी घरमा छोराको ब्यावहारवाट निकै प्रताडित थिए । जसको कारण उनले ट्रम्पमार्फत ‘ट्रान्सजेन्डर’ को बिपक्षमा अमेरिका रहेको भन्ने पुर्ववत नीति नै परिवर्तन गराए ।