×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

१६ श्रावण २०८२

१५ साउन ,काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चौथो कार्यकालको एक वर्ष पूरा हुँदै गर्दा मन्त्रिपरिषद्मा गर्न चाहेको हेरफेरले निर्णायक मोड लिएको छ।

Advertisement

कमजोर कार्यसम्पादन र विवादमा मुछिएका मन्त्रीहरूलाई बिदा गर्ने योजना बनाएका प्रधानमन्त्री ओलीले यस विषयमा अन्तिम टुङ्गो लगाउन आज प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्दैछन्।

यो भेटवार्तालाई निकै महत्त्वका साथ हेरिएको छ, किनकि कांग्रेसले आफ्ना मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरेपछि मन्त्रिपरिषद् पुनर्गठन रोकिएको थियो।

प्रधानमन्त्री ओलीले मन्त्रीहरू फेरबदलका लागि मुख्य चार आधार तय गरेका छन्, जसले सरकारको कार्यशैली र राजनीतिक समीकरण दुवैलाई सम्बोधन गर्ने रणनीति अपनाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

जसमा अपेक्षाअनुसार काम गर्न नसकेका मन्त्रीहरूलाई हटाउने, घुसकाण्ड र अन्य विवादमा नाम मुछिएका मन्त्रीहरूलाई बिदा गर्ने, लोसपाजस्ता दलबाट आफ्ना मन्त्री फेर्न आएको औपचारिक आग्रहलाई सम्बोधन गर्ने।

र एमालेभित्रको गुटगत चलखेल र शक्ति संघर्ष व्यवस्थापन गर्ने रहेका छन् । उच्च स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले केही महत्त्वपूर्ण मन्त्रीहरूलाई निरन्तरता दिने र केहीलाई निश्चित रूपमा हटाउने मनस्थिति बनाएका छन्।

सचिवालय स्रोतका अनुशार अर्थमन्त्री विष्णु पौडेल, संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ , गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सुरक्षित जोनमा राखिएको छ ।

यस्तै रक्षा मन्त्री मानवीर राई पोखराको जग्गा विवाद र घुसकाण्डमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, केही विवाद र आन्तरिक प्रश्नमा परेका उद्योगमन्त्री दामोदर भण्डारी र लोसपा अध्यक्ष महन्थ ठाकुरले हटाउनका लागि प्रधानमन्त्रीलाई लिखित पत्र नै दिइसकेका श्रममन्त्री शरत्सिंह भण्डारीलाई रेड जोनमा राखिएकोछ ।

यसवाहेक प्रधानमन्त्री समेत कार्यसम्पादनप्रति असन्तुष्ट भएका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह पनि चर्चामा छन् । कांग्रेसभित्रको गुटगत समीकरणका कारण देउवाले उनलाई हटाउन आनाकानी गरिरहेका छन्।

ओलीले यसबारे देउवासँग प्रस्ताव लैजाने बताइएको छ । यस्तै २ महिनाभन्दा बढी समयदेखि राजीनामा माग गर्दै संसद अवरुद्धको कारण बनेका गृहमन्त्री रमेश लेखकको विषय पनि पेचिलो बनेको छ ।

उनलाई यही मन्त्री हेरफेरमा हटाए सबै समस्या समाधान हुने भएपनि सत्तारुढ दल र प्रधानमन्त्रीले यो विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

प्रधानमन्त्री ओलीले कमजोर कार्यसम्पादन भएका कांग्रेसका मन्त्रीहरूलाई हटाउँदा कांग्रेसलाई नै फाइदा हुने तर्क देउवासँग राख्ने तयारी गरेका छन्।

तर, देउवा भने पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर मन्त्री हेरफेरमा अनिच्छुक देखिएका छन्। प्रधानमन्त्री निकट स्रोतले भन्यो, “मन्त्रिपरिषद् हेरफेर पक्का छ, अब हामी कुर्दैनौं। देउवाजीले नाम दिनुभयो भने ठीकै छ, नत्र प्रधानमन्त्रीले केही दिनभित्रै आवश्यक निर्णय लिनुहुनेछ।“

Advertisement

यो बैठकले नै कति जना मन्त्री फेरिन्छन् र सरकारको आगामी स्वरूप कस्तो हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ। यदि कांग्रेस सहमत नभए प्रधानमन्त्रीले एमाले र अन्य साना दलका मन्त्रीहरू मात्र हेरफेर गरेर अघि बढ्ने सम्भावना पनि रहेको बताइएकोछ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top