×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

३१ श्रावण २०८२

३० साउन , काठमाण्डौ ।

नेपालीहरु का लागि रोजगारी को प्रमुख गन्तब्य मुलुक मध्येको एक कुवेतमा ३ दिनमै ९ नेपालीको अकालमै ज्यान गएको छ । पैसा कमाउन कुवेत पुगेका ९ नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको आशंका छ।

श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्तभएको हो।’पछिल्लो ३ दिनमा ९ जनाको निधनभएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनिउपचाररत हुनुहुन्छ,’ उनले भने, ’उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ। आजपनिहामीअवस्थाबुझ्ने कोशिसमै छौँ।’

कुवेतमामदिरा सेवनप्रतिवन्ध छ। तर पनि नेपाली सहित रोजगारीका लागि पुगेकाहरूले मदिरा सेवन गरेको घटना बेलाबखत बाहिरिने गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको जानकारी दिए।’यस विषयमा के भएको हो भनेर राजदूतावासलाई बुझ्नभनेका छौँ,’ उनले भने, ’दूतावास लागिरहेको खबर छ। विस्तृत जानकारी हामीले पाइसकेका छैनौँ।’

विषाक्त मदिरा सेवनका कारण नेपालीसहितज्यानगुमाउनेको संख्या २३ जनापुगेको छ। गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतकाअध्यक्षविकास बहादुर सिंह (विकाससिंह ठकुरी) र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहितएसियालीमुलुकका १६० जनामदिरा सेवनकै कारण बिरामीभएर उपचाररत रहेको जानकारी दिएका छन्।

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिलपत्रमाभनेका छन्, ’कुवेत सरकारको ताजाजानकारीअनुसार मिथानोल मिसिएको विषाक्तमदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जनाअस्पतालमा उपचाररत छन्।

’परिषद्ले यसघटनामा दुःखव्यक्तगर्दै कुवेतमामदिरा सेवन, बिक्री र वितरण पूर्णतयानिषेध गरिएको उल्लेख गरेको छ।परिषद्ले यस्ता अवैध र घातक कार्यमाकुनै पनिप्रकारले संलग्ननहुन, आफ्नो स्वास्थ्य र सुरक्षालाई सधैँ प्राथमिकतामा राख्न र कुवेतको कानुनको कडाइका साथपालना गर्न भनेको छ।परराष्ट्र मन्त्रालयले भने यसबारे जानकारी गराउनभनिएको उल्लेख गरेको छ।

कुवेतस्थित स्वास्थ्यमन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ ।कुवेतस्थितआदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

कुवेतमामदिरा पूर्णरूपमाप्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखनभएको पाइएको हो । विषाक्तमदिराको स्रोत पत्तालगाउन अनुसन्धानभइरहेको स्वास्थमन्त्रालयले जानकारी दिएको छ ।

मिर्गौला फेल भएकाहरूको डायलासिस चलिरहेको, केहीमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ ।विषाक्तमदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामीहुनेमाअधिकांशनिर्माण मजदुर रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमामदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्यमन्त्रालयकाअधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो ।

उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धनबनाउनप्रयोग गरिने मेथानोल मदिरामाप्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् ।सामान्यमदिरामापाइने एथानोल मानवउपभोगकालागिप्रयोग हुने भएपनि मेथानोल खाद्यप्रयोजनमाप्रयोग गरिँदैन ।

 

मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामापुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top