NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
Reading Time: 1 min read
A A
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ ।

५ दिने चीन भ्रमण उपलब्धिमुलक भएको र अब छिटै भारत पनि जाने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको यो चाहानामा भने फेरि पनि रोकावट आएको संकेत मिलेको छ । चीनबाट फर्किएकै दिन परराष्ट्र सचिव अमृतबहादुर राईले अब सरकार प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा लाग्ने बताएका थिए ।

उक्त आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे पनि नेपालको अडान राख्ने सरकारको भनाइ थियो । तर अब ओलीको भारत भ्रमण नै अन्यौलमा परेको छ । नेपाली प्रधानमन्त्रीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ ।

LS Auto

भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो । समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ । यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिंगपिङसमक्ष यसबारे कुरा राखेका थिए ।

यसअघि भारतीय विदेशसचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । तर २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरू भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए ।

तर त्यसको दुई दिनपछि लिपुलेक नाका हुँदै व्यापार गर्न भारत र चीनका विदेशमन्त्री स्तरमा सम्झौता भएपछि नेपालले तत्कालै कूटनीतिक नोट पठायो । लगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै उक्त सम्झौताको आधिकारिकताबारे प्रश्न उठाए ।

उनले उक्त भूभागलाई तथ्य र उपलब्ध प्रमाणहरूले नेपालतर्फ देखाउने प्रसंग पनि राखे । ओलीको यो कदमबारे भारतीय प्रेस तथा विचार निर्माताहरू बीच विभिन्न कोणबाट चर्चा भयो ।

लिपुलेक, कालापानी लिम्पियाधुरा नाका समेट्दै नक्शा जारी गर्ने, अनि त्यस अनुसार संविधान संशोधन गर्ने ओली नै यसपल्ट प्रधानमन्त्री भएका बेला फेरि संयोगवश चिनियाँ र भारतीय समकक्षी वाङ यी तथा जयशंकरले लिपुलेक बारे सम्झौता गरिदिए ।

यसैका कारण ओलीको भारत भ्रमणको तिथि धकेलिने हो कि भन्ने संशय बढेका बेला भारतीय मिडियाले समेत त्यस्तो लेखेको छ । चीनमा ओलीले राष्ट्रपति सी, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विभिन्न देशका शीर्ष नेतासँग वार्ता गर्दा छिमेककै प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनै शिष्टाचार भेट वा साइडलाइन तय भएन, केवल जम्काभेट मात्रै हुन सक्यो ।

यसलाई भ्रमण टोलीकै सदस्यले कूटनीतिक चिसोपना अझै बाँकी रहेकाले आगामी भारत भ्रमणको तिथि के होला भनी आशंका पनि गरेका थिए । यद्यपि भारतीय प्रधानमन्त्री मोदीले एक्समा नेपालका प्रधानमन्त्री ओलीसँगको भेटबारे लेख्दै पुरानो दुईदेशीय मैत्रीबारे उल्लेख गरेका थिए । तर सो बेला पनि मोदीले ओलीलाई आउनु भएनन् ।

बरु रुसी राष्ट्रपतिले ओलीलाई निम्ता दिए । ओलीले पनि पुटिनलाई नेपाल भ्रमणमा आउन आग्रह गरे । यता नेपाली प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्तै संवेदनशील विषय भएकाले यसपल्ट अन्तिम घडीमा मात्रै मिति घोषणा हुनसक्ने भारतीय पक्षले बताइरहेको थियो । मोदी–ओली भेट बोधगयामा हुने भनिएको थियो । तर अब सो भेट नै अनिश्चित बनेको छ ।

Tags: #ओली फेरि हिस्सै ?#ओलीको भारत भ्रमण नहुने

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.