NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
Reading Time: 1 min read
A A
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनले नेपालको राजनीतिमा मात्रै होइन, समाजमा पनि गहिरो प्रभाव पारेको छ । जेनजी आन्दोलनले नयाँ इतिहास लेखिसकेको छ । ५१ जनाको ज्यान लिने र हजारौँलाई घाइते बनाउने यो आन्दोलनले भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पु¥याएको छ।

प्रशासनिक केन्द्र सिंहदरबार, मन्त्रालयहरू, शीतल निवास, संसद भवन लगायतका सरकारी सम्पत्तिहरू खण्डहरमा परिणत भएका छन्। यस आन्दोलनको सबैभन्दा सनसनीपूर्ण पाटो भनेको दर्जनौँ नेताका ध्वस्त घरहरूबाट भेटिएका अकुत सम्पत्तिका प्रमाणहरू रहेका छने ।

नेताहरुले जनताले तिरेको करबाट अकुत सम्पत्ति थुपारेको र देशमा ब्याप्त अब्यवस्थाविरुद्ध जेनजीले छेडेको आन्दोलनमा ध्वस्त भएका यी घरबाट पैसाको भण्डार नै भेटिएको छ । आगजनीका क्रममा डढेका नोटका बिटा माथिका बिटा वैधरुपमा आर्जन गरेको पनि हुन् सक्छ ?

तर डलरसहित यतिधेरै नगद घरमा किन राखियो भन्ने प्रश्न भाइरल भिडियोमै आमनागरिकहरुले गरिरहेका छन् । आगजनीपछि ध्वस्त भएका नेताका घरहरूमध्ये पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाको बुढानीलकण्ठस्थित घर तथा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित भाडाको घर बढी चर्चामा छन् ।

यी घरहरूमा चलचित्रका पर्दामा देखिने जस्ता डरलाग्दा र अविश्वसनीय दृश्यहरू देखिएका छन्। जनताले तिरेको करबाट नेताहरूले कसरी अकुत सम्पत्ति थुपारेका रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण यी ध्वस्त घरहरूले पेस गरेका छन्। आगजनीबाट घर ध्वस्त हुँदा पनि पैसाको भण्डार नै भेटिएको छ।

नेपाली रुपैयाँ मात्रै होइन, विदेशी डलर समेत प्रशस्त मात्रामा डढेको अवस्थामा भेटिएका छन् । पैसाका बिटाका बिटा जलेको अवस्थाका भिडियोहरू सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका छन्। सार्वजनिक भिडियोमा देउवा दम्पत्ति र प्रचण्डको घरमा डढेका पैसा यत्रतत्र देखिएका छन् । जुन अविश्वसनीय लाग्छ।

आधा जलेको ठूलो मात्रामा पैसाका थाकहरूले नेताहरूको जीवनशैली र सम्पत्ति आर्जनको प्रक्रियामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। जेनजी आन्दोलन मूलतः देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध युवा पुस्ताको सामूहिक आक्रोशको परिणाम थियो।

लामो समयदेखि सत्तामा रहेका नेताहरूले जनताको भावनालाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा मात्रै ध्यान दिएको गुनासो जनस्तरमा व्याप्त थियो। यही असन्तुष्टि र आक्रोशले जेनजी आन्दोलनलाई जन्मायो।

जनताको करबाट आर्जन गरिएको सम्पत्तिलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्ने र देशको विकासमा बाधा पु¥याउने प्रवृत्तिको अन्त्यका लागि जेनजी पुस्ता सडकमा उत्रिएको थियो। नेताका घरहरूमा भेटिएका जलेका पैसाका थुप्रोले जेनजीले उठाएका आवाजको औचित्यलाई थप पुष्टि गरेको छ।

यसले नेपाली राजनीतिमा मौलाएको भ्रष्टाचारको जरो कति गहिरो रहेछ भन्ने कुराको वास्तविक तस्विर प्रस्तुत गरेको छ। ध्वस्त घरहरूबाट भेटिएका अकुत सम्पत्तिका प्रमाणहरूले नेताहरूको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले यसरी व्यक्तिगत सम्पत्ति थुपार्नुले लोकतन्त्र र सुशासनको मर्ममाथि प्रहार गरेको छ। यी घटनाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ। यति ठूलो मात्रामा नगद पैसा कसरी र किन जम्मा गरियो, यसको स्रोत के हो भन्नेबारे गहिरो छानबिन हुनु आवश्यक छ। जुन जेनजीले आफ्ना एजेण्डामा प्राथमितामा राखेका छन् ।

कानूनी दायित्वका हिसाबले पनि यी घटनाहरू निकै गम्भीर छन्। यदि यो सम्पत्ति अवैध तरिकाले आर्जन गरिएको प्रमाणित भएमा सम्बन्धित नेताहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ। जनताको आक्रोश र जेनजी क्रान्तिको मुख्य मागमध्ये एक भ्रष्टाचार नियन्त्रण पनि हो।

त्यसैले, यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नु अबको अन्तरिम सरकारको प्रमुख कर्तव्य हुन आउँछ। जेनजी आन्दोलनले राजनीतिक र सामाजिक संरचनामा गम्भीर प्रश्नहरू खडा गरेको छ।

नेताका घरहरूबाट भेटिएका अकुत सम्पत्तिका प्रमाणहरूले जनताको आक्रोशलाई थप बल पु¥याएको छ। अबको चुनौती भनेको यस आन्दोलनबाट प्राप्त ऊर्जालाई सकारात्मक दिशामा डो¥याउँदै देशमा सुशासन, पारदर्शिता र जवाफदेहीता स्थापना गर्नु हो।

सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नु आवश्यक छ। यसका लागि विभिन्न राजनीतिक दलका १६ नेताहरुलाई तीन आयोगहरु ब्नाउन सुझाव समेत दिइसकेका छन् ।

जनताको आशा र अपेक्षा पूरा गर्नका लागि अबको नेतृत्वले स्वच्छ छवीका व्यक्तिहरूलाई समेटेर पारदर्शी र जनताप्रति उत्तरदायी सरकार गठन गर्नुपर्दछ । अन्यथा, जेनजी क्रान्तिले ल्याएको यो ऊर्जा पनि व्यर्थ जानेछ र देश फेरि पनि पुरानै राजनीतिक दलदलमा फस्नेछ।

नेपालको भविष्य अब भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही शासन प्रणालीमा निर्भर छ। जसको नेतृत्व सुशीला कार्कीले गर्दैछिन् ।

Tags: #जेनजी आन्दोलन#जेनजी आन्दोलनले#देउवा घरमा पैसाका बिटाको थुप्रो

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..
ताजा समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने
ताजा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.