×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

१७ कार्तिक २०८२

१६ कार्तिक , काठमाण्डौ ।
सामाजिक संजालमा लेखेका अभिब्यक्तिकै कारण समय समयमा विवादमा तानिदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गएराति लेखिएको र लगत्तै हटाइएको एक स्टाटस अहिले चर्चाको शिखरमा छ ।

यसले मध्यरातदेखि नै बम जत्तिकै तरंग उत्पन्न गराएको छ । उनले डिलिट गरेको स्टाटसको सबैले आआफ्नो रुपमा विश्लेषण गरिरहेका छन् । धेरैले उनले लेखेको स्टाटसहित बालेनको आलोचना गरेका छन् भने उनका समर्थकहरुले बालेनले सत्य बोलेको भन्दै उनको स्टाटसलाई अंग्रेजीमा नभइ नेपालीमा बुझ्न सुझाएका छन् ।

यस्ता टिप्पणीहरुका बीचमा मधेस इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सन्तोष नारायण यादवले अहिलेको परिस्थितीको हिसाबले बालेनको स्टाटसलाई उपयुक्त भन्दै अँग्रेजीमा नभइ नेपालीमा बुझ्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, इलिंसलाई इलिंसमा मात्र मात्र बुझ्ने होईन। त्यसलाई नेपाली रुपान्तरण गरेर बुझ्नु पर्छ।अहिले को प्रस्थिति को हिसाबले राम्रो भनुपर्छ। बालेन को पोस्टले यस्तो भन्दा किन आतिनु पर्यो। तिमीहरु राजनिति गरे देखि एउटा राम्रो काम त गर्न सकेको छैन।आखिर भ्रष्टाचार बाहेक अहिले सम्म खासै केही काम गरेको त देखिदैन।चोखो बन्न को लागि बालेन कति बेला गलत गर्छ भनेर पर्खेर बस्नु भन्दा त आफु पनि केही काम गरेर जनता र समाजको मन जित्नु पर्ने होईन र? भन्दै उनले बालेनको अश्लील शब्दसहितको स्टाटसलाई म अमेरिकासहितका देशलाई धिक्कार्छु भनेर बुझ्नु पर्ने उल्लेख गरेका छन् ।

बालेनले लेखेर हटाएको स्टाटससहित आआफ्ना तर्क र टिप्पणीहरु समाजिक संजाल प्रयोगकर्ताहरुले ब्यक्त गरिरहेका छन् । जेनजी आन्दोलनमा रणनीतिक रुपमा भूमिका खेलेको विषयमा विभिन्न टिप्पणी भइरहेका बेला गएमध्यरातमा उनले एक स्टाटस लेखे ।

जसको चर्काे आलोचना पछि उनले केही बेरमै डिलिट गरे । अंग्रेजी भाषामा अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए ।

पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो । पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको छ।

यसैका लागि उनले लुसिफरको संज्ञा समेत पाएका छन् । मेयर शाहले सामाजिक सञ्जालमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गर्दै नेपालको दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका, नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र)को विरोध गरेका हुन् ।

साथै, स्टाटसमा मेयर साहले ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’ भन्ने लेखेका थिए । पोस्ट सार्वजनिक भएको केही मिनेटमै उनको स्टाटसको चर्को आलोचनापछि मेयर साहले स्टाटस डिलिट गरेका थिए ।

शाहले आफ्नो फेसबुक वालबाट हटाए पनि स्टाटसको स्क्रिनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसअघि उनले सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने स्टाटस निक्कै विवादित बनेको थियो ।

जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी भएपछि एमालेका अध्यक्ष केपीशर्मा ओलीले सोही स्टाटस तर्फ लक्षित गर्दै बालेनमाथि संघिन आरोप लगाइसकेका छन् । गएरातिको बालेनको स्टाटस र हटाएपछिको तरंगका बीच बालेनले गएराति मदिरा सेवन गरेको दाबी गरिएको छ ।

पत्रकार मञ्जु कार्की भन्छिन्, बालेन शाहले स्टाटस लेख्नु अघि रेस्टुरेन्टमा बारम्बार मदिरा थपिरहेका थिए । बालेन शाहले फेसबुक स्टाटस लेख्नु अघि ललितपुरको एउटा रेस्टुरेन्टमा बारम्बार मदिरा थपिरहेको देखेको पत्रकार मञ्जु कार्कीले खुलासा गरेकी छन् ।

आफू परिवारका साथ ललितपुरको एउठा रेस्टुरेन्टमा जाँदा बालेन अन्य ४५ जना साथसँग देखेको र उनीहरुले बारम्बार मदिरा थपिरहेको मञ्जुले बताएकी छन् । शनिकार छुट्टीको दिन भएर होला भन्ने ठानेर आफूले उनीहरु प्रति ध्यान नदिएको तर मध्यरातमा बालेनको अश्लील स्टाटस देखेपछि आफ्नो दिउँसोको अनुमान भन्दा अवस्था झन जटिल बनेको सामाजिक सञ्जालमा लेखेकी छन् ।

कार्कीले फेसबुकमा लेखेकी छन्, हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ ९कौशी० जस्तोमा चार पाँच जना साथीसंग बालेन थिए । हामी भित्र बस्यौ, तर हामी बसिरहेको ठाउबाट उनलाइ देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै धान दिईन तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउसोको अनुमान भन्दा अवस्था झन जटिल बनेछ। 

यता शिक्षामन्त्री महावीर पुनले बालेनतर्फ लक्षित गर्दै केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

वर्षौँदेखि स्थापित र देशव्यापी संगठन भएका राजनीतिक दललाई माथ खुवाउने बालेनको लोकप्रियता बढेको बढ्यै छ । नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा समेत उनको चर्चा छ । विश्वै प्रसिद्ध ‘टाइम म्यागजिन’ले उनलाई विश्वको उदयमान नेताको सूचीमा समेटेको छ ।

न्युर्योक टाइम्सले त उनको फूल स्टोरी नै कभर गरेको छ । नेतालाई ‘चोर’ ठान्ने बालेनकै हाइहाइ किन हुन्छ ? प्रश्न गम्भीर छ । केही बुद्धिजीवीले बालेनको आलोचना गरेपनि सर्वसाधारण उनकै भरोसामा छन् । यसको एउटै कारण हो–राजनीति र नेताप्रति वितृष्णा ।

राजनीतिमा नातावाद, कृपावाद र परिवारवाद हावी छ । सत्तामा पुगेपछि दलहरू स्वार्थमा डुबुल्की मार्दै आएका छन् । संवेदनशिल निकाय पनि कार्यकर्ता भर्ती केन्द्र बन्यो । न्यायलयमा समेत कब्जा जमाउन थालियो । जनताको पक्षमा शासन गर्ने कोही भएनन् ।

भोट माग्ने बेला दिएका आश्वासनहरू पूरा भएनन् । जनता महँगीको मारले आक्रान्त । जनता ठग्ने व्यापारी सरकारकै छत्रछाँयामा लुटपुटिरहे । दैनिक २ हजार हाराहारीमा युवाहरु विदेशिरहेका छन् तर सरकारले यसलाई आफ्नो उपलब्धि जस्तै ठानी रेमिट्यान्स गन्दै आर्थिक समृद्धिको सपना बनाउने गरेको छ ।

नारामा सुखी नेपाली, समृद्ध नेपाल । तर, यहाँ सुखी नेता, भ्रष्ट नेपाल बन्यो । नेतामा समृद्धि छायो । जनताको जीवनस्तर झनै दयनीय बन्यो । सार्वजनिक ऋण बढेको बढ्यै छ । प्रत्येक नेपालको थाप्लोमा ७९ हजार २ सय राष्ट्रिय ऋण पुगेको छ ।

यसको विकल्पको खोजीले नै कतिपय आलोच्य विषय र घटनाका बीचपनि बालेनजस्ता स्वतन्त्रहरूको क्रेज बढ्यो । यसअघिका बालेनको कानूनसहित देशका प्रधानमन्त्रीलाई चुनौती दिने, सिंहदरबारमा आगो लगाउने, नेताहरुलाई टुकुचामा गाड्ने जस्ता अप्रिय स्टाटस पनि प्रिय बनेका थिए ।

बालेन लोकप्रिय छन् सर्वप्रियमा गनिन्छन् र उनी वाक्क दिक्क भएका नेपाल जनताको मात्रै होइन राजनीतिक दल र नेताहरुका लागि समेत चर्चाका विषय बन्ने गरेका छन् । अझ जेनजी आन्दोलनपछि त झन बालेनले के गर्छन भन्नेमा सबैको चासो छ ।

राजनीतिक दलहरु बालेनले के गल्ति गर्छन र शेखी झारौं भनेर दिनगन्ती गरेर बसेका छन् । जेनजी आन्दोलनपछि सरकार बनाउन पनि बालेनको भूमिका देखियो । उनले सामाजिक संजाललाई नै यसको अस्त्र बनाए । सरकारबनेपनि प्रधानमन्त्री सीला कार्कीलाई बालेनले पटक पटक भेटिसकेका छन् ।

उनी सुशीलाको कुरा सुन्दैनन्, आफ्ना कुरा राख्छन् , दबाब दिन्छन् अनि निस्किन्छन् । उनले जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइसकेका छन् ।

यसअघि केपी शर्मा ओलीसँग उनको कटुता रहेपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बालेनको प्रशंसा गरेका छन् । उनले बालेनलाई लोकतन्त्रका सुन्दर फूलको उपमा दिने गरेका छन् ।

अर्का पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने बालेनलाई शंकाको घेरामा राखेका छन् । २०८१ कात्तिक मा नै डा. भट्टराईले बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको धारणा राख्दै खतरनाक हुन् सक्ने टिप्पणी गरेका थिए ।

‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’, भट्टराईले भनेका छन्, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ ।

तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top