NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

बुधबार मंसिर ३ , २०८२
Reading Time: 1 min read
A A
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ मंसिर, काठमाण्डौ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश महेश बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेपछि भएको झडपको स्थितीलाई नियन्त्रणमा लिन बारा प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।

स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

LS Auto

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि–पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म कफ्र्यू कायम गरिएको उल्लेख छ ।

एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् एमालेको मधेस प्रदेशस्तरीय युवा भेलाका निम्ति महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेतसहितका नेता आउने भएपछि जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट उनीहरू सिमरा आउने खबर पाएपछि जेन–जी समूह प्रदर्शनमा उत्रिएको हो । बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट युवा जम्मा भइसकेका छन् ।

पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने उक्त भेलामा पोखरेलसहितका नेतालाई सहभागी हुनै नदिने भन्दै जेन–जी समूहले प्रदर्शन गरेको हो । काठमाडौंबाट निर्धारित समयमै उडानका निम्ति धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै फर्किएको छ ।

सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान हुने बुद्ध एयरले जनाएको छ । प्रदर्शनकारीहरु धावनमार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौंबाटै विमान उड्न नसकेको हो ।

पोखरेल र नेताबस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउने कार्यक्रम सार्वजनिक भएपछि सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गर्दै विरोध प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको छ।

सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । एमाले कार्यकर्ता समेत प्रर्दशनमा उत्रिएपछि दुई पक्षबिच झडप भएको हो । विमानस्थल क्षेत्रको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठूलो फौज परिचालित गरिएको छ।

बस्नेतलाई लिन पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायत एमाले नेताहरू विमानस्थलमा पुगेका छन् । उनीहरुलाई पनि प्रहरीले सुरक्षा घेराभित्र राखेको छ। बस्नेतको कार्यक्रमको जानकारी सार्वजनिक भएपछि जेनजी युवाहरूले मंगलबारदेखि सामाजिक सञ्जालमार्फत विरोध अभियान घोषणा गरेका थिए।

यता सिमरामा नेकपा एमालेका महासचिव पोखरेल र नेता बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको छ ।

विमानस्थलमा विमान चढिसकेपछि पनि यात्रुलाई फिर्ता गराइएको पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । “शंकर पोखरेल र महेश बस्नेत जाने थाहा पाएपछि हाम्रो विमानलाई अवतरण नदिने भएपछि काठमाडौं विमानस्थलबाट विमानमा चढिसकेका यात्रुलाई ओरालिएको छ,” उनले भनेका छन्, “विमानस्थल नै बन्द गर्ने काम राम्रो होइन । यो गम्भीर विषय हो ।”

बुद्ध एयरको जहाज काठमाडौंबाट उड्नै लागेका बेला सिमराबाट यस्तो खबर आएपछि रोकिएको थियो । अब विमान जाने कि नजाने टुंगो नभएको कुइँकेलले बताएका छन् । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थल वरिपरि भीड बढेको छ ।

एमालेले देशभर युवा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअुनसार देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथ फोर्स गठन गर्ने योजना अगाडि सारिएको युवा संघले जनाएको छ ।

अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ । संघका प्रवक्ता निरोज पौडेलका अनुसार केन्द्रीय कमिटीको निर्णयबमोजिम २७ कात्तिकमा लुम्बिनीमा प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको छ भने आज बागमतीमा गर्नेछ ।

त्यस्तै, संघको तालिकाअनुसार ३ मंसिरमा मधेशमा, ४ मंसिरमा कोशीमा, ८ मंसिरमा गण्डकीमा, ९ मंसिरमा कर्णालीमा र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत टोलटोलमा सुरक्षा समितिहरू बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथ फोर्स गठन गरिने युवा संघका नेता पौडेलले बताए । अभियानअन्तर्गत नै ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गर्ने निर्णय युवा संघले गरेको छ ।

संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै जनताको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अभियान चलाउन लागिएको प्रवक्ता पौडेलले जनाएका छन् ।

Tags: #विमानबाट यात्रु ओरालियो#शंकर र महेश बारा जानेभएपछि बबाल

लोकप्रीय

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

राजनीति

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.