×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

१५ पुष २०८२

१५ पुस , काठमाण्डौ ।

सुदन गुरुङ ,आज देशको राजनीतिको किङमेकर बनेर उदाएका छन् । वैकल्पिक शक्तिको मेरुदण्ड बनेका छन् । दुब्ला पातला, सधै खौरिएको कपाल, कालो गोलो चस्मा, ज्याकेट, ओभर कोट, सधै उस्तै साधारण तर रफ पोशाक हामी कुरा गर्दैछौं सुदन गुरुङको ।

Advertisement

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि हामी नेपालका संस्थापक सुदन गुरुङ लगातार चर्चामा छन् । उनी सरकार बनाउने, मन्त्री छान्नेदेखि प्रशासनलाई मार्गदर्शन गर्नेसम्मका अनेकौ भूमिकामा जेनजी अगुवाहरूमध्ये सबैभन्दा प्रभावशाली देखिएका छन् ।

सरकार गठन गर्ने प्रक्रियादेखि सरकारी काममा खबरदारी गर्नेसम्मको भूमिकामा देखिँदै आएका सुदनको चर्चा जति छ उनले आलोचनापनि त्यतिनै खेपेका छन् । उनले निक्कै लामो समय त आफू नेपाली नै हो भन्नका लागि जवाफ दिँदै हिड्नु पर्याे ।

नेपाली नागरिक नै नभएको विषयमा अनेकन अफवाह फैंल्याइएपछि उनी अब आफू नागरिकता नै टासेर हिड्छु भन्ने अवस्था सम्म पुगिसकेका थिए । जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्तिमा निर्णायक भूमिकामा देखिएपछि उनलाई सबैभन्दा पहिला भारतीय नागरिक भएको आक्षेप लगाइयो ।

जसको खण्डन उनीसँगै मिल्दाजुल्दा भारतीय नागरिक सुधन गुरुङले गरेपछि यो विषय केही मथ्थर भयो । लगत्तै उनीमाथि लाग्यो तिब्बतीयन समूह देखि बारबारा फाउन्डेसनबाट संचालित, विभिन्न आइएनजीओहरुका एक एजेन्टसम्मका गम्भिर आरोपहरु ।

तर सुदन यी सबै आक्षेपहरुलाई किनारा लगाउँदै जेनजी आन्दोलनका घाइतेहरुको उपचार, शहीदहरुका लागि राहत र जेनजी सरकारलाई खबरदारीमा निरन्तर लागिरहे ।

असोज तेस्रो साता आएको प्राकृत्तिक विपद्का समयमा सरकारी तयारी बुझ्न उनी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पुगे । बैठकमा उपस्थित भएर सुदनले विपद् उद्धारमा तत्काल ध्यान दिनुपर्ने निर्देशन दिएको विषय धेरैलाई खड्किन पुग्यो ।

तर उनलाई कुनैपनि आलोचनाले रोक्न सकेन् । भदौ २३ गते राज्यको तर्फबाट भएको गोली प्रहारमा संलग्नहरूलाई कारबाहीको माग गर्दै उनी प्रहरीसम्म पुगे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीलाई अपराधी घोषित गरी तत्काल पक्राउको पत्र बोकेर प्रहरी कार्यालयदेखि उनी प्रधानमन्त्री कार्यालयसम्म पुगेपछि खैलाबैला नै मच्चियो ।

यसको प्रतिउत्तरमा उनीमाथि समेत प्रहरीमा एमाले युवाहरुले जोहरी दिए । तर यसले सुदनलाई खासै फरक पारेन । दुवै जाहेरी प्रहरीले तामेलीमा राख्यो भने सुदनको खबरदारी झन झन चर्किदै गयो ।

जेनजी आन्दोलनमा सहभागीहरूलाई ‘सरकारी अपराधी’ करार गरेर धमाधम कारबाही गरिरहेको भन्दै उनले तीव्र आक्रोश व्यक्त गरे । सरकार र गृहमन्त्रीप्रति खुलमखुला असन्तुष्टि व्यक्त गर्दै आएका गुरुङले सरकारले गति लिन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको पटक पटक राजीनामा मागे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न सरकारलाई दबाब दिँदै आएका गुरुङलाई सरकारले सुनुवाइ गर्न छाडेपछि उनी अहिले वैकल्पिक शक्तिहरूलाई एक बनाउने अभियानमा होमिए ।

उनको त्यही अभियानले २०८२ पुष १४ गते मंगलबार नेपालको राजनीतिक इतिहासमा वैकल्पिक शक्तिहरुका लागि एउटा ऐतिहासिक दिन बनेको छ । यो ऐतिहासिक दिनको शुत्रधार भने अरु कोही नभएर सुदन गुरुङ नै हुन् ।

जेनजी आन्दोलन , २४ गतेका घटना, उनको हामी नेपाल संस्था लगायतकाविषयमा सुदनमाथि अनेकौ प्रश्न अझै पनि अनुत्तरित होलान् । तर वैकल्पिक शक्ति निर्माणमा उनले जुन भूमिका खेलेका छन्। यो देशहितका लागि सुदन धन्यवादका एक प्रमुख पात्र बनेका छन्।

यसैले वैकल्पिक शक्ति निर्माणका शुत्रधारका रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सुदनको मुक्तकन्ठले प्रशंसा गरेका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबिच एकता गराउन पहल गर्दै आएका गुरुङसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै बालेनले मंगलबार गुरुङको भूमिकामा बालेनको प्रशंसा गरेका हुन् ।

बालेनले आफ्नो फेसबुक पोस्टमा देश निर्माणको सवालमा सबैले कुरा गर्ने तर वास्तवमा प्रयास गर्ने व्यक्ति नै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई ऐतिहासिक भन्दै लेखेका छन्, ‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर।’

बालेनको यो सदासायताको प्रतिक्रिया सुदनले पनि उनकै पोष्टाम दिएका छन् । सुदनले कमेन्ट बक्समा लेखेका छन्,देश बन्नु पर्छ, दाइ राजा, जानु पर्छ। हामी सबै साथमा हुनेछौँ । रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै उनी थुनामै रहदा छलफल चलेर अघि बढ्न नसकेको विन्दुबाट वैकल्पिक शक्तिको निर्माणमा खटिए ।

देशले जित्नुपर्ने उद्धेश्यसहित एकता र सहकार्यको पहल गर्दै अघि बढेका रवि काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन, उज्यालो अभियान पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउने महत्त्वाकांक्षी योजनासहित भेटघाटमा सक्रिय देखिए ।

रवि नख्खु कारागारमै रहला भेट्न पुगेका सुदन उनको वैकल्पिक शक्ति निर्माणको हुटहुटीबाट झन उत्साहित देखिए । रवि बालेनबीच कमलपोखरीमा मध्यरातसम्म ६ घण्टा भएको भेटपछि बालेनले एकल रुपमा भेटवार्ता अघि बढाएपछि एकता प्रक्रिया बिथोलिएको हो कि भन्ने शंकाले सुदन थप सक्रिय भए।

उनले बालेन र रविलाई ललितपुरमा भेट गराउन भूमिका खेले भने सहमति नभए ढोका समेत नखोल्ने भन्दै वैकल्पिक शक्तिको एकताको सन्देश दिन सांकेतिक रुपमा गेटमा ताला लगाइदिएको टिप्पणी समेत गरे ।

सुदनहरुको दबाब र रविको त्यागले अन्ततः रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहित बालेनसँग ७ बुँदे सहमति भयो । यसबाट जेनजीहरु थप उत्साहित भएपनि सुदन भने खुशी थिएनन् । किन कि उनले देखेको बलियो वैकल्पिक शक्तिका एक खम्बा कुलमान घिसिङ यो सहमतिमा छुटेका थिए ।

यसबाट रन्थनिएका सुदनले रवि र बालेनलाई कुलमानसँग एकताका लागि चेतावनी नै दिएका थिए । मध्यराति गुरुङले फेसबुकमा लेखेका थिए, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। कसैलाई पनि कुनै पक्ष लिन बाध्य पार्ने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ। अलग राखिएको हो कि अलग रहन खोजेका हुन्, समयले बताउला। तर आजको समयले तपाईंहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ।’

उनले अगाडि लेखेका थिए, ‘आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ, कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। बालेनसँगको सहमतिपछि रविफेरि बालेनसहित कुलमानसँग छलफलमा जुटे तर सहमति नजुटेपछि दुवै पक्षमा आआफ्नो हिसाबमा समानुपातिकको सूची तयार पार्न सक्रिय रहेकै बेला सुदनले फेरि निर्णायक पहल गरे ।

सोमबार अपराह्न बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठकमा पार्टीको संरक्षक समेत रहेका कुलमान घिसिङ समेत सहभागी थिए । त्यसैबेला सुदन गुरुङ होटलमा पुगे ।

उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् । उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

सुदनले नै कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता गराएका थिए । उक्त वार्ता नै निर्णायक बनेको थियो । जहाँ कुलमान २० समानुपातिक वरिष्ठ उपसभापति र महामन्त्रीसहित रास्वपामा समाहित हुने सहमति भएको छ ।

रास्वपा र उज्यालोबीचको सहमतिमा बालेन साक्षी बनेका थिए । यसको सबैभन्दा पहिलो जानकारी सुदनले नै खुशीका साथ सार्वजनिक गरेका छन् । गुरुङले लेखे, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

उनले अंग्रेजीमा let’s celebrate nepal. We did it भनेर पनि लेखेका छन् । सुदनको बुझाइमा रवि लामिछानेको संगठन, बालेनको क्रेज र कुलमान घिसिङको कार्यकुशलता एकै ठाउँमा मिसिने हो भने पुराना दलहरूको ‘सिन्डिकेट’ तोड्न सम्भव छ ।

वैकल्पिक शक्तिहरूलाई मिलाएका सुदनले आफैँ पनि नेतृत्व लिने संकेत गरेका छन् । उनले आफू गोरखाबाट चुनाव लड्न सक्ने संकेत गरेका हुन् । केही दिनअघि उनी गोरखा पुगेर आफू नेपाली भएको प्रमाण देखाउन आएको भन्दै व्यंग्यसमेत गरेका थिए ।

गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । ‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । जनताको खुसी हुने काम गरेँ,’ उनले आफ्नो मिसन नेपाललाई डिजिटल रुपमा एक ठाउँमा कसरी जोड्ने भन्नेमा रहेको पनि बताए । ‘यो फोर्समार्फत टोलदेखि, गाउँदेखि समस्याहरू केन्द्रमा पु¥याउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पहिलो त उहाँहरू रवि, बालेन र कुलमान लाई मिलाउने थियो मिलाएँ ।’

गोरखाको चुमनुम्रीमा जन्मिएका साधारण गाउँले केटा सुदन गुरुङ, २०७२को भूकम्पपछिको उद्धारदेखि कोभिड–१९ महामारीसम्म सामाजिक सेवामा अभियान्ताका रुपमा देखा परे । हामी नेपाली नामक सस्था खोलेर उनी विभिन्न राष्ट्रिय÷अन्तराष्ट्रिय सञ्जालसँग जोडिए ।

भूकम्पपछिका वर्षहरूमा ‘हामी नेपाल’ले ठूलो विश्वास जितेको थियो, किनभने सुरुमा संस्थाले पारदर्शिता प्रदर्शन गरेको थियो । वेबसाइटमा चन्दा, सहयोग, खर्च सबै खुलाइन्थ्यो । उपलब्ध विवरणअनुसार पाँच वर्षमै करिब ५४ करोड रुपैयाँ सहयोग संकलन सुदनको संस्थाले गरेको छ ।

गोरखाको दुर्गम चुमनुम्रीमा जन्मिएका सुदन सामान्य परिवारमा जन्मेका ब्यक्ति हुन् । परम्परागत गुरुङ परिवार, तर सामान्य पारिवारिक वातावरणले उनलाई लामो समय अँगाल्न सकेन । उनको पृष्ठभूमि हेर्ने हो भने उनी कहाँबाट अहिले कुन स्तरमा आईपुगे भन्ने चित्र सिनेमाको रिल घुमेझै घुमेको देखिन्छ ।

बुवा–आमाको सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत पलायन भए । आमाले पनि आफ्नो बाटो समाइन् । तीनजना काकामध्ये कान्छा काकाले उनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका थिए ।

हुन त गाउँको सामान्य बालककै जस्तै उनको बाल्यकाल भेडा चराउँदै बित्थ्यो । तर, भेडा चराउने क्रममा भएको एउटा क्षणीय दुर्घटनाले उनी चितवनको ज्योतिनगर झरेका थिए । जहाँ घिमिरे परिवारले सञ्चालन गरेको बोर्डिङ स्कुलमा उनले कक्षा १० सम्म अध्ययन गरे उनी काठमाडौं पुगे ।

सुरुमा कल सेन्टरमा काम गरेर सुदनले गुजारा चलाए । त्यसपछि क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुदन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए । २०१२ मा उनले ‘ओएमजी’ क्लब खोले । थिम पार्टीको नयाँ ट्रेन्ड नेपालमा भित्राए ।

ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए । राजनीतिकदेखि व्यवसायिकसम्म, विदेशी पाहुनादेखि एनजीओकर्मीसम्म, सबैसँग उनको सम्पर्क बढ्यो । त्यही चिनजान भएका हुन् उनको सुन्दुक रुइतसँग ।

रुइतकै सल्लाहमा उनले ‘हामी नेपाल’ नामक स्वयंसेवी संस्था दर्ता गरे । सुन्दुकको बारबारा फाउन्डेसनमार्फत उनले सहयोग पाउन थाले । त्यस समय नै उनको गहिरो चिनजान बालेनसँग पनि भएको थियो ।

अहिले सुदनले नै बालेनलाई देशको प्रधानमन्त्री बन्ने अवस्था सम्म पुर्याउने भूमिका खेलेका छन् । सुदन सबैभन्दा माथि जेनजी आन्दोलनपछि उदाए । जहाँ उनी मात्र एक सहयोगीका रुपमा पानी बाँड्न निस्किएका थिए ।

सुदन गुरुङ आफैंलाई ‘सामाजिक सेवामा आफ्नै खर्च गर्ने, पारदर्शितामा जोड दिने’ पात्रका रूपमा प्रस्तुत गर्छन् । यद्यपि उनीमाथि केही अनुत्तरित प्रश्नहरु पनि छन् ।

फ्री तिब्बत मुभमेन्टमा लागेका संघ सस्था र ब्यक्तिहरुसँगको उनको सम्बन्ध, विवादास्पद व्यापारीसँग उठबस, आर्थिक सञ्जाल र जेन–जी आन्दोलनलाई ‘हाइज्याक’ गरेको आरोप उनीमाथि अहिले पनि यथावत नै छन् ।

Advertisement

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top