NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध? बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती बुधबार पुस १६ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या बुधबार पुस १६ , २०८२
खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी बुधबार पुस १६ , २०८२
देउवाको ज्यान जेनजीले नै बचाएका थिए.. बुधबार पुस १६ , २०८२
Next
Prev

समाचार

गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा

बुधबार पुस १६ , २०८२
Reading Time: 1 min read
A A
गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ पुस , काठमाण्डौ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही केही चर्चित पदाधिकारी नै चुनाव लड्न नपाउने सम्मको अवस्था देखिएको छ। आगामी निर्वाचनपछि प्रधानमन्त्रीसम्म बन्ने योजना बुनिरहेका कांग्रेस महामन्त्री गगनकुमार थापा देखि नेकपा एमालेका सचिवद्वय राजन भट्टराई र शेरधन राईसम्मका चर्चित नेताहरु न्ै निर्वाचन आयोगको कालोसूचीमा परेका हुन्।

थापाले गत २०७९ सालको निर्वाचनमा काठमाडौं–४ मा कांग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार थिए। भट्टराईलाई थापाले भारी मतान्तरले पराजित गरेका थिए। यसैगरी भोजपुर –१ बाट शेरधन राईले निर्वाचन लडेका थिए।

LS Auto

राईलाई भोजपुरबाट माओवादी केन्द्रका सुदन किरातीले पराजित गरेका थिए। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका निर्वाचनमा उम्मेदवार भएर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने दुवै खाले उम्मेदवार आयोगको ‘ब्ल्याक लिस्ट’ मा रहेको जानकारी दिए।

आयोगले उनीहरुलाई १५÷१५ हजार जरिवानासमेत गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने १ हजार ८० जना उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेका छन्।

‘कानुनअनुसार आयोगले गरेको निर्णय नमान्ने त्यस्ता व्यक्ति फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउँदैनन्,’ भण्डारीले भने, ‘विगतका निर्वाचनमा उम्मेदवार भएका सबै व्यक्तिको विवरण हामीसँग छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नाम कम्प्युटर प्रणालीमार्फत भिडाएर जाँच हुन्छ। यदि अघिल्लो चुनावमा खर्च विवरण नबुझाएको वा सार्वजनिक नगरेको पाइयो भने उम्मेदवारी नै अस्वीकार हुन्छ।’

निर्वाचन आयोगले २०८० वैशाख ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर, निर्देशनको अवज्ञा गर्ने उम्मेदवारहरू कारबाहीमा परेका हुन्।

निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। तर, जरिवाना तिरे पनि विवरण सार्वजनिक नगरेकाहरू अझै कालोसूचीमै छन्।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ ले राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। यस दफाको उपदफा (१) मा भनिएको छ– ‘निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल–भरपाईसहित आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने छ।’

त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ ले निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउने र सार्वजनिक गर्ने दायित्व तोकेको छ। उपदफा (१) अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी र खर्चको विवरण आयोगले तोकेको कार्यालयमा बुझाउनुपर्नेछ।

उपदफा (२) ले सो विवरण सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। उपदफा (३) बमोजिम विवरण नबुझाउनेलाई जरिवाना गर्न सकिने व्यवस्था छ।

उपदफा (४) अनुसार विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई १५ हजार रुपैयाँसम्म जरिवाना गरी मनासिव समय तोकी सार्वजनिक गर्न आदेश दिन सकिने प्रावधान छ। आयोगको आदेश पालना नगरे उपदफा (५) अनुसार पटक–पटक जरिवाना गर्न सकिने व्यवस्था पनि ऐनमै उल्लेख छ।

Tags: #चुनाव लड्न नपाउने

लोकप्रीय

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

बुधबार पुस १६ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

बुधबार पुस १६ , २०८२

विचार

थप समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
निर्वाचन

शेख हसिनाकी प्रमुख प्रतिद्वन्द्वी खालिदा जियाको निधन
समाचार

खालिदाको आज अन्तिम संस्कार, नेपालका परराष्ट्रमन्त्री सहभागी

बुधबार पुस १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२

हालका पोस्टहरू

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

बुधबार पुस १६ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या

बुधबार पुस १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.