×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

१९ पुष २०८२

१९ पुष , काठमाण्डौ ।

१५ औं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र पार्टी फुट्नेसम्मको रस्साकस्सी चलिरहँदा महामन्त्री गगन थापाले जेनजी अगुवाहरूसंग भेटघाट गरेका छन् । सरकार र जेनजीबीच भएका १० बुँदै सम्झौतालाई राजनीतिक दलहरूले समर्थन जनाउनुपर्ने भन्दै जेनजी अगुवाहरूले थापासँग भेटघाट गरेका हुन् ।

Advertisement

फागुन २१ को निर्वाचनअघि जेनजी आन्दोलनका मुद्धामा दलहरूले साझा प्रतिबद्धता जनाउनुपर्ने माग लिएर जेनजी अगुवाहरूले राजनीतिक दलका नेताहरूसँग भेटघाट थालेका छन् । सोही अभियान अन्तर्गत जेनजीहरूले थापालाई भेटका हुन् ।

थापासँग भेट्न जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारी पुगेका थिए । थापा र यी जेनजी अगुवाबीच करिब डेढ घण्टा छलफल भएको थियो । छलफलमा जेनजी अगुवाहरूले सरकार र जेनजीबीच भएको सहमतिलाई कांग्रेसले पनि अपनत्व लिनुपर्ने माग राखेका छन् ।

साथै जेनजी आन्दोलनको क्रममा उठेका भ्रष्टाचार र सुशासनको मुद्दामा पनि दलहरू गम्भीर बन्नुपर्ने जेनजी अगुवाको कुरा थियो । भेटघाटमा भदौ २३ र २४ गतेका घटनामा दलहरूको कमजोरी रहेको गगनले पनि स्वीकारेका थिए ।

त्यसैले कमजोरी सुधार्दै अघि बढ्ने बताएका उनले उक्त आन्दोलन आफूहरूको लागि सुध्रने मौका पनि रहेको जेनजी अगुवाहरूसँग बताएका थिए । ‘तपाईंहरूको यो आन्दोलनको म्यान्डेट खेर जान दिनु हुँदैन । दलहरूले बुझ्नुपर्छ । यसलाई अपराधीकरण गर्नुभन्दा पनि एउटा स्पष्ट मार्गचित्र बनाउन सहयोग पुग्ने गरी अघि बढाउनुपर्छ,’ थापाको भनाइ उद्धृत गर्दै जेनजी अगुवा युजन राजभण्डारीले भने ।

उता आफ्नै पार्टीभित्र पुसमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनका लागि गगनसहित अर्का महामन्त्री विश्वप्रकाश शर्माले संघर्ष गरिरहेका छन् । हिजो केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले म्याद थप सम्बन्धी प्रस्ताव गर्दै महाधिवेशनको पनि नयाँ तालिका प्रस्ताव गरेका थिए ।

दुवै प्रस्ताव बहुमतले पारित भएको छ । तर केन्द्रीय समितिको म्याद जेठसम्म थप गर्ने प्रस्तावप्रति महामन्त्रीहरुले फरक मत राखेका छन् । यस्तै उनीहरुले केही अब विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।

यद्यपि विधानमा भएको बहुमतले पारित गर्ने व्यवस्थाअनुसार नै उक्त निर्णय पारित भएको स्वयं गगनले बताएका छन् । “आजको बैठकमा कार्यवाहक सभापतिले कांग्रेस केन्द्रीय समितिको म्याद थप गर्दै विधानको धारा ४३अनुसार वैशाखमा गर्ने प्रस्ताव गर्नुभयो,” थापाले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “केन्द्रीय समितिले बढीमा एक वर्षको अवधि बढाउन सक्ने व्यवस्थाअनुसार उहाँले प्रस्ताव ल्याउनुभयो । हामी ४–५ जना साथीहरुको फरक मत रह्यो । तर बहुमतले पारित ग¥यो ।”

उनले यी पनि विधानले दिएको व्यवस्था कार्यान्वयनमा ल्याइएको बताउँदै विशेष महाविधेशन सम्बन्धी व्यवस्था पनि स्पष्टरुपमा नै विधानमा रहेको पुनःस्मरण गराउँदै त्यहाँ विधान किन लागु नहुने रु भनी प्रश्न गरेका थिए ।

“यो दुईवटै कुरामा विधान लागु हुने रु आफूलाई मन नपरेको अवस्थामा लागु नहुने भन्ने हुन्छ रु,” उनले सभापति शेरबहादुर देउवा तथा संस्थापन पक्षधरलाई प्रश्न गर्दै भने, “धारा १७९२० ले ४० प्रतिशत सदस्यले महाधिवेशन बोलाउन माग गरेमा तीन महिनाभित्रमा विशेष महाधिवेशन बोलाउनुपर्नेछ भन्ने उल्लेख छ । यो कसैको च्वाइसको कुरा होइन । यो धारा प्रयोग गरेर बुझाएको हस्ताक्षरको ९० दिनको समय सकिन लाग्यो । ९० दिनभित्र विशेष महाधिवेशन काठमाडौंमा हुन्छ ।”

उनले विशेष महाधिवेशनसम्बन्धी प्रस्तावमाथि पनि सभापतिले विचार गरेर केन्द्रीय समिति बैठक बोलाएर त्यहीँबाट निर्णय हुने विश्वास लिएको बताउँदै भने– नभए विधानले दिएको व्यवस्थाअनुसार केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउन सक्छ । हामी बोलाउँछौँ ।” उनले अझै पनि १–२ दिनको समय राखेर सभापतिले नै विशेष महाधिवेशन बोलाउँदा राम्रो हुने अपेक्षा आफूहरुको भएको बताए ।

“१–२ दिनको समय छ, दिएका छौँ पनि,” उनले भने, “सभापति र जिम्मेवार नेताहरुले विधान उल्लंघन गर्नुहुने छैन । १–२ दिनभित्र केन्द्रीय समिति बोलाएर विशेष अधिवेशन बोलाउनुभयो भने राम्रो हुन्छ । नभए अब समय थप्यौँ हामी गाउँ जाउँ भन्नुभयो भने मैले विधानको पालना गर्छु । केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छौँ । केन्द्रले विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाविधेशन बोलाउँछ । केन्द्रीय समितिले निर्णय गरेर हुन्छ कि केन्द्रीय कार्यालयले निर्णय गरेर हुन्छ, विशेष महाधिवेशन हुन्छ नै ।”

उनले सबै महाधिवेशन प्रतिनिधिलाई पुस मसान्तभित्र काठमाडौं आइपुग्ने तयारीमा लाग्न पनि अनुरोध गरे । “पुसको मसान्तमा काठमाडौं आउने तयारी देशभरिका साथीहरुले गर्नुहोला,” उनले भने, “विशेष महाधिवेशनको कार्यविधि केन्द्रीय समितिले बनाउनुपर्ने हो । बनाएन भने विशेष महाधिवेशनको हलबाटै कार्यविधि आफैँ बन्छ।”

पार्टी फुटका सम्बन्धमा पटक–पटक पार्टीकै नेताहरुले भित्र नभइ बाहिर हल्ला फिँजाएको बताउँदै उनले आक्रोश व्यक्त गरे । “जस्तोसुकै अवस्था आओस्, जुनसुकै विषम् परिस्थिति आओस् फुट्दैन । फुटाउन दिइँदैन । धारा १७ ९२० को व्यवस्थाअनुसार विशेष महाविधेशन हुन्छ,” उनले भने, “हामीले धेरैपल्ट भनिसकेका छौँ पनि पार्टी फुट्दैन भनेर । अब यो कुरा कसैले सोध्दै नसोधे हुन्छ ।”

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टी नफुट्ने बरु आफूहरुले नै नेपाली कांग्रेसका नेतृत्व गर्ने बताएका छन् । उनले शुक्रबार भएको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेको धारणालाई सामाजिक सञ्जालमा साझा गर्दै भनेका छन्, ‘न हामी कांग्रेस छाड्छौँ, न फुटाउँछौँ बरु कांग्रेसको नेतृत्व गर्नेछौँ ।’

उनले कार्यसम्पादनको बैठकमा कार्यवाहक सभापतिले आज र भोलि भित्रैमा सभापतिसँग सल्लाह गरेर विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्ने धारणा राखे । यसका लागि दुइवटा विकल्प दिएका छन् । पहिलो, सहमतिपूर्वक बोलाउने ।

जसमा २६ गते बिहान ९ बजे उद्घाटन, दिउँसो बन्द सत्र र साँझ उम्मेदवारी दर्ता गर्न सकिने । २७ गते भोटिङ मेसिनबाट निर्वाचन र साँझ परिणाम । अनि दोस्रोमा असहमतिका बीच महामन्त्रीहरुले आह्वान गर्ने ।

त्यसलाई कुन रुपमा लग्ने आफूहरुले संयमपूर्वक टुंगो गर्ने पनि बताएका छन् । उनले ५४५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अनादर गर्ने छुट कसैलाई नभएको बताएका छन् । यस्तै शर्माले एमालेसंग गर्न लागिएको गठबन्धनका बारेमा पनि प्रश्न उठाएका छन् ।

उनले भने, आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो । तर एमालेसँग गठबन्धन गर्ने ‘भूमिगत तयारी’ को गर्दैछ रु यसमा विल्कुलै असहमति छ । यस्तो गर्न मिल्दैन । महासमितिको निर्णय विपरीत निर्णय लिनु आत्मघाती हुनेछ ।

साथै पार्टी फुट्ने हल्ला बारे उनले भने, हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौँ, दृढतापूर्वक भन्छु–हामी नेतृत्व गर्नेछौँ । कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले नसोच्नू । हामी पर्खिन्छौँ पनि फर्किन्छौँ पनि ।

यता नेकपा एमालेले पनि काँग्रेसलाइै नफुट्न सुझाव दिएको छ । नेता प्रदीप ज्ञवालीले कांग्रेसले आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नुपर्ने बताएका छन् ।

दलहरू आन्तरिक रूपले कमजोर अथवा विभाजित हुँदा त्यसको मूल्य लोकतन्त्रले नै चुकाउनुपर्ने भन्दै आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्न कांग्रेसलाई नेता ज्ञवालीको सुझाव छ ।

“प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतितमा देखे÷भोगेका छौँ,” ज्ञवालीले फेसबुकमा लेखेका छन्, “२०५४ मा भएको नेकपा ९ एमाले० विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो । २०५९ मा भएको नेपाली कांग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो ।”

लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वसर्त भएको उनले बताएका छन् । “आशा गरौँ– लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गम्भीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली कांग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ,” उनले लेखेका छन् ।

Advertisement

नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा कांग्रेस दुई धारमा विभाजित भएपछि एमाले नेपाल ज्ञवालीले यस्तो सुझाव दिएका हुन् ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top