×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कहिलेकाहीँ नाकबाट रगत बग्छ ? यस्ता छन् समाधानका उपाय

११ कार्तिक २०७५

एजेन्सी, कात्तिक ११
मानिसको नाकबाट कहिलेकाहीँ एक्कासि रगत बग्न थाल्छ । यसरी नाकबाट रगत आउनुका विभिन्न कारण हुन सक्छन्। गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । यसरी कतिपय साना नलीहरू आफैँ फुट्न पुग्दा सोही स्थानबाट रगत आउँछ । सो रगत नाक हुँदै बाहिर निस्कन्छ।

त्यसैगरी, कुनै पनि चिजले नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई घाउ हुँदा पनि रगत आउन सक्छ ।

नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ । रगतमा हुनुपर्ने प्लेटलेट्सको कमी हँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ । त्यस्तै, रक्तजन्य रोगहरू हुँदा, होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।

रोकथाम र उपचार
नाकबाट रगत बहँदा तुरुन्तै गर्न सकिने उपचार भनेको बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्याप्ने हो । यसरी औँलाले नाक च्यापेर १० मिनेटसम्म अगाडिपट्टि निहुरिएर बस्नुपर्छ । नाक समातेर रगत रोक्ने प्रयास गर्दा मुखबाट श्वास फेर्नुपर्छ ।

यदि १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्छ । नाकको अगाडिको भागमा नसा फुटेर रगत आएको समस्या औषधिबाट नै ठीक हुन्छ । तर, पछाडिपट्टि समस्या भए एक प्रकारको चक्कीले प्रेसर दिएर रगत रोकिन्छ ।

रगत आएका वेला नोजल ड्रप प्रयोग गर्नु उचित हुँदैन । यस्तो ड्रपले तत्काललाई नसा खुम्च्याएर रगत बन्द गरे पनि केही समयमा नै पुनः रगत आउन सक्छ ।

एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्ता व्यक्तिले घाममा निस्कँदा होस र्पुयाउनुपर्छ । केटाकेटीलाई धेरै गर्मीमा खेल्न दिनु हुँदैन । केटाकेटीहरू घाममा धेरै खेल्दा र दौड“दा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ । रुघाखोकीले नाकमा संक्रमण गराउने हुँदा ख्याल गर्नुपर्छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top