काठमाडौँ, माघ १८
अनसनरत डा. गोविन्द केसीले अनसन तोड्ने निर्णय लिएका छन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।
केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो ।