काठमाडौँ, माघ २१
पहिलो पटक एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ । विजेता टोलीलाई रातो कार्पेटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् राखेपका पदाधिकारी लगायतले स्वागत गरेका छन् ।
सयौंको संख्यामा खेलकर्मी पनि नेपाली टोलीलाई स्वागत गर्न विमानस्थल पुगे । नेपालले युएईविरुद्ध उसकै मैदानमा पहिलो पटक एक दिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको हो । नेपाल दुवै फ्म्र्याटमा २,१ ले विजयी भयो ।
नेपालले यसअघि कुनै पनि श्रृंखला जितेको थिएन । यो जितसंगै नेपाल एक दिवसीय र ट्वेन्टी ट्वेन्टीको वरियतामा पनि सामेल भएको छ । नेपाल एक दिवसीयको १५ औं र ट्वेन्टी ट्वेन्टीको १४ औं स्थानमा छ ।