काठमाडौँ, चैत ६
आगमी महिना मलेसियामा हुने यू१९ विश्वकप अघि अभ्यासको लागि भारतमा रहेको नेपाली यू१९ क्रिकेट टोलीले पहिलो खेलमा आन्द्र स्टेट यू १९ टिममाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपाली टोलीले स्टेटलाई ६२ रनले पराजित गरेको हो ।
२ सय ७७ रनको लक्ष्य पछ्याएको स्टेटले ४५.१ ओभरमा अल आउट हुँदै २ सय १४ रनमा समेटियो । आन्द्र स्टेटका लागि हर्षभरदेन ४६, हेमन्ठ,३८ र पी तेजस्वीले ४३ रन बनाए । नेपालका लागि कुशल मल्ले १० ओभरमा २ मेडन सहित ४१ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै कमलसिंह ऐरीले ३,पवन सरार्फले २ र सागर ढकालले १ विकेट हात पारे ।
त्यस अघि पहिला पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अल आउट हुँदै २ सय ७६ रन जोडेको थियो । कप्तान रोहित कुमार पौडेलले १ सय १६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८१ रन बनाए । विश्फोटक ब्याटिङ गरेका युवा खेलाडी कमलसिंह ६ छक्का हान्न बाट चुके । ४८ ओभरको पहिलो,दोस्रो तेस्रो,चौथो र पाँचौ बलमा छक्का हानेका ऐरी अन्तिम बलमा छक्का प्रहार गर्न खोज्दा आउट भए । ऐरीले २५ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै ४४ रन जोडे ।
आशिफ शेख छैटौं ओभरको पाँचौ बलमा ९ रनमा क्याच आउटभएपछि मैदान छिरेका रोहितले उत्कृष्ट कप्तानी पाली खेले । रभि कुमार शाह ५ रनमा आउट भएपछि नेपाल १० ओभरमा ४९र४ को कमजोर अवस्थामा पुगेको थियो । तर रोहितले सन्दीप जोरासँग उत्कृष्ट शतकीय साझेदारी गर्दै ३५ ओभरमा १९४र४ को बलियो अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि सन्दीप र रोहितले १ सय ४५ रनको साझेदारी गरे। दुर्गा कुमारबाट क्याच आउट हुनु अघि सन्दीप जोराले ६४ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ६९ रन जोडे । सागर ढकाल ४, रित गौतम ५,पवन सरार्फ ४,आशिफ शेख ९ र कुशल मल्ल १७ रनमा आउट भए । स्टेटका लागि पी तेजस्वीले ४,श्रीकासी रेडी र के वेन्कटेशले समान दुई विकेट हात पारे ।नेपालले आन्द्र स्टेट टिमसँग थप तीन अभ्यास खेल खेल्ने छ ।
(हाम्रो खेलकुदबाट)