×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सकियो लगानी सम्मेलन: सफल भएको अर्थमन्त्रीको दाबी

१६ चैत्र २०७५

काठमाडौं ,चैत १६

४० देशका ७३५ जना लगानीकर्तालाई लोभ्याउँदै लगानी सम्मेलन समापन भएको छ । करिब १३ सय जना स्वदेशी तथा विदेशी लगानीकर्ताले सहभागी जनाएको सम्मेलनले १६ वटा परियोजनाको एमओयूमा हस्ताक्षर गर्दै सम्मेलन समापन भएको हो ।

सरकारी तथा निजी क्षेत्रले प्रस्तुत गरेको ७७ वटा परियोजनामा विदेशी लगानीकर्तालाई ब्रिफिङ गरिएको थियो । सम्मेलनले बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रोमा लगानी जुटाएको छ । भारतीय स्टेड बैंक अफ इण्डिया, नेपाली एभरेष्ट बैंक र नविल बैंकले लगानी गर्न सहमत भएका छन् । अरुणमा स्टेट बैंकले साढे ६५ अर्ब, एभरेष्ट बैंकले ८ अर्ब १२ करोड र नबिल बैंकले ४ अर्ब ८७ करोड रुपैंया लगानी गर्ने सहमति गरेका छन् ।

त्यस्तै, कार्यक्रममा गैर आवासिय नेपाली संघ र सरकारबीच १० अर्बको प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको छ । पुर्वाधार, कृषि, जलविद्युत, शेयरबजार, पर्यटन लगायत क्षेत्रमा लगानी हुने गरी प्रतिवद्धता आउन लागेको लगानी बोर्डले जनाएको छ । प्रतिवद्धता पत्रमा सरकार र संघका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन् ।

यस्तै सम्मेलमा चर्चित व्यवसायी विनोद चौधरी गु्रपले लगानी सम्बन्धी चारवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुप, ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर, फाइभजी टेलिकम सेवाको लागि टेलिसेल र सोलार पावरका लागि प्रदेश २ सरकारसँग समझदारी गरेको हो ।
सम्मेलनमा शो गरिएका ७७ परियोजना मध्ये १७ वटामा आवेदन दिएका छन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १६ वटा परियोजनामा एमओयु र १७ परियोजनामा लिखित प्रस्ताव आएको जानकारी दिए । सम्मेलनमा पूर्वाधार तथा यातायात क्षेत्रमा ७, उर्जामा ४, कृषिमा ३ शिक्षा तथा स्वास्थ्यमा २ र लजिस्टिकमा १ कम्पनीले इच्छा देखाएका हुन् ।

सम्मेलनमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विदेशी लगानीकर्ताको सम्पत्तिको पूर्णरुपमा सुरक्षा गर्ने दाबी गरे । अर्थमन्त्री युवराज खतिवडाले नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा प्रस्तुत गर्न सफल भएको बताए । नेपाल विदेशी लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको जानकारी दिदैं खतिवडाले सबै प्रकृतिको कानूनी जटिलतालाई सहज बनाउने बताए । उनले सम्मेलन सफल भएको दाबी समेत गरेका छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top