विराटनगर, चैत १८
विराटगर–१० स्थित कान्तिपुर कलेजले आफ्नो चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।वार्षिक उत्सवको अवसरमा आईतबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए ।
सोही अवसरमा कक्षा १२ का विज्ञान तथा व्यवस्थापक संकायका ७ सय १४ जना विद्यार्थीहरुलाई विदाई समेत गरिएको थियो । विदाई हुने विद्यार्थीहरुलाई कलेजल मायाको चिनो प्रदान गरीे विदाई गरेको हो ।
बार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघिय सांसद शिवकुमार मण्डलले शिक्षामा रहेको चुनौती र कठिनाईहरु समाप्त गर्दै लैजानु पर्ने बताए । उनले सरकारी तथा निजी स्कूलमा भएको विभेदलाई अन्त्य गर्ने बताए ।

कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त,विराटनगर प्याब्सनका अध्यक्ष ईन्द्र राई, विराटनगर प्याब्सनका कोषाध्यक्ष शिव अधिकारी, प्याव्सन मोरङका पूर्व अध्यक्षद्वय सुनिल पौडेल र सावित्री पराजुली ,कलेजका सञ्चालकहरु ः प्रा.डा.तेजनारायण मण्डल,रोशन राजवंशी र भुवन नेपाल तथा कलेजका सीइओ विष्णु दाहाल लगायतले बोलेका थिए ।
कार्यक्रम कलेजका प्रिन्सिपल सन्तोष भगतको सभापतित्वमा सम्पन्न भएको थियो ।










