विराटनगर : विराटनगर महानगरपालिकाले आगामि शैक्षिक सत्रमा आफ्नो मातहतमा रहेका संस्थागत(निजी) विद्यालयको शुल्क नबढाउने निर्णय गरेको छ ।महानगरको शिक्षा समितिले आगामि शैक्षिक सत्र २०७६ मा निजी विद्यालयको शुल्क नबढाउने निर्णय गरेको हो ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय मोरङले २०७३ चैत्र २४ निजी विद्यालयको शुल्क तोकेको थियो । तर २०७५ मा स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएपनि महानगरले शुल्क निर्धारण नगरेका कारण निजी विद्यालयले आफुखुसी शुल्क लिएका थिए ।
शुक्रबार बसेको महानगरको शिक्षा समितीको बैठकले आगामि शैक्षिक सत्रका लागि शुल्क नबढाउने र २०७५ कै शुल्कलाई समायोजन तथा नियमन गर्ने निर्णय गरेको हो ।
महानगरको शुल्क निर्धारण तथा अनुगमन समितिका संयोजक राजेन्द्र प्रसाद ढकालले आगामि शैक्षिक सत्रका लागि निजी विद्यालयको शुल्क वृद्धि हुने निर्णय भएको जानकारी दिए । निजी विद्यायलले शुल्क निर्धारण गर्न नपाउने तथा भर्नाको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिएको उनले बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।