काठमाडौं, वैशाख १५
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस र टिकट काउन्टर ७ दिनभित्र हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी राखिएका बस टिकट काउन्टर हटाउन लागेको हो ।
गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या हटाउन लागिएको महाशाखाले जनाएको छ । महासाखाका अनुसार ७ दिन भित्र जथाभावी राखिएका काउन्टर नहटाए बल प्रयोग गरेर हटाइने छ ।