विराटनगरको एक प्रतिष्ठित निर्माण कम्पनीमा विभिन्न पदका लागि आवेदन खुल्ला गरिएको छ ।
लामो समयदेखि सवै प्रकारका भवन निर्माण त्यसको ब्यवस्थापन, योजना निर्माण तथा नक्सांकन लगायतका काम गर्दे आएको ट्रियुब्युल्ट इन्जिनियरिङ कन्सल्ट्यान्स प्रा.लि.मा विज्ञापन खुलेको हो । कम्पनीले विभिन्न प्राविधिक पद तर्फ ६ जनालाई पदपुर्ति गर्ने गरी विज्ञापन माग गरेको हो । कन्सल्ट्यान्स प्रा.लि.ले स्टक्चरल इन्जिनियरका लागि १ जना, सिभिल इन्जिनियर २, आर्किटेक १ र सिभिल सब–इन्जिनियरमा १ जनाको माग गरेको छ । स्ट्रक्चरल इन्जिनियरका लागि कम्तीमा सोही विषयमा स्नातक उतीर्ण गरी स्ट्रक्चरल डिजाइन अन्तर्गत इन्जिनियरिङ प्रोजेक्टमा कम्तिमा २ वर्षको अनुभव, सिभिल इन्जिनियरिङका लागि सम्वन्धित विषयमा स्नातक उतीर्ण गरी कम्तीमा २ वर्षको अनुभव, आर्किटेकका लागि सोही विषयमा स्नातक उतीर्ण र कम्तीमा २ वर्षको अनुभव र सिभिल इन्जिनियरका लागि प्रमाणपत्र तह उतीर्ण गरी एक वर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका इच्छुक नागरिकले निवेदनसहित आफनो सम्पूर्ण विवरण एकहप्ता भित्र तचगभदगष्तिअयलकगतिबलतक२नmबष्।िअयm मा पठाउन सक्ने कम्पनीले जनाएको छ । २०७० सालमा स्थापना भएको ट्रियुब्युल्ट कम्पनी कलात्मक भवन निर्माणका लागि देशकै अग्रणी र परिचित कम्पनी हो ।