×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब क्रृण प्रवाह

७ माघ २०७४

काठमाडौँ, माघ ७
कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ ।

आव २०७३÷७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ । बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको अहिलेसम्मको कर्जा असुली रु सात खर्ब ७० अर्ब रहेको छ । हाल बैंकको करिब रु एक लाख ५१ हजार कर्जा ग्राहकमा रु ९५ अर्ब २० करोड कर्जा लगानी छ ।

Advertisement

साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब रु एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी रु एक अर्ब १३ अर्ब ८६ करोड पुर्याउने भएको छ । सोही योजनाअनुसार बैंकका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताए ।

उनले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिए ।

अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरुप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पुर्याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैंकले आफ्नो सेवालाई बढी भन्दा बढी ग्रामीण जनतासामु पुर्याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिए । बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

Advertisement

बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८२५ कर्मचारी रहेको यस बैंकका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैंकमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
रासस

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top