×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१५ औं पञ्च वर्षीय योजना मन्त्रिपरिषदमा, यस्ता छन् नयाँ लक्ष्य

२२ बैशाख २०७६

काठमाडौं ,बैशाख २२

१५ औं पञ्च वर्षीय योजना मन्त्रिपरिषदमा पुगेको छ । राष्ट्रिय योजना आयोगको बैठकले बैशाख १५ गते पास गरेको योजना मन्त्रिपरिषदमा पेश भएको हो । मन्त्रिपरिषदले पास गरेपछि सो योजना आगामी आर्थिक बर्ष २०७६/७७ देखि कार्यान्वयनमा आउनेछ ।

वृहत छलफलपछि तयार पारिएको १५ औं पञ्च बर्षिय योजनामा प्रधानमन्त्रीले केहि सुधार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन अनुसार आंशिक परिमार्जनसहित आयोगले योजनालाई मन्त्रिपरिषदमा पठाएको हो । ‘१५ औं पञ्च बर्षिय योजना प्रधानमन्त्रीको निर्देशनका आशयलाई समेटेर मन्त्रिपरिषद बैठकमा पठाएका छौं’, योजना आयोग उच्च श्रोतले भन्यो ।

मन्त्रिपरिषदमा पठाईएको योजनामा चालु आर्थिक बर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । यस अघि तथ्यांक विभागले तयार पारेको अध्ययन प्रतिवेदनले ६.८१ प्रतिशत वृद्धि कायम हुने तथ्य उजागर गरेको थियो । पञ्च बर्षिय योजनाको अन्तिम वर्ष अर्थात आव २०८०/८१ मा भने ९.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने पछिल्लो आंकलन छ । यस अघि सो आर्थिक वर्षमा १०.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने दावी गरिएको थियो ।

तथ्यांक विभागले चालु आर्थिक वर्षमा प्रति व्यक्ति आम्दानी १०३४ डलर हुने प्रक्षेपण गरेको थियो तर आयोगले मन्त्रिपरिषदमा पुगेको योजनामा १०४७ डलर पुग्ने भनिएको छ । त्यस्तै, २०८०/८१ मा प्रति व्यक्ति आम्दानी १५९५ डलर पुर्याउने लेखिएको छ । यस अघि १६०० डलर पुर्याइने भनिएको थियो ।

चालु आर्थिक वर्ष समाप्त हुँदा गरिबीको रेखा मुनी रहेका नागरिकको संख्या १८.७ प्रतिशत कायम हुने र पञ्च बर्षिय योजनाको समाप्त हुँदा १० प्रतिशतमा झार्ने योजनामा उल्लेख छ । यद्यपी आयोगले यस अघि योजना अवधि सकिँदा गरिबीको रेखामुनी रहेकाहरुका संख्या १३ प्रतिशत बनाउने भनेको थियो । प्रधानमन्त्री ओलीको निर्देशनपछि त्यस्तो लक्ष्य ३ प्रतिशतले घटाईएको हो ।

हाल ५८ प्रतिशत रहेको साक्षरता दरलाई पाँच बर्षपछि ९० प्रतिशत पुर्याइनेछ । काम गर्ने उमेर समुहका प्राबिधिक र व्यवसायीक क्षेत्रमा तालिम प्राप्त जनसंख्याको हिस्सालाई २५ प्रतिशतबाट बढाएर ५५ प्रतिशत पुर्याउने भनिएको छ ।

११.४ प्रतिशतको बेरोजगारीलाई ६ प्रतिशतमा झार्ने, रोजगारीमा औपचारिक क्षेत्रको योगदानलाई ३६.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने योजना छ । हाल ६ हजार ९ सय ७९ किलोमिटर रहेको राष्ट्रिय लोकमार्गलाई विस्तार गरेर १५ हजार किलोमिटर बनाइनेछ । आगामी पाँच बर्षभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गरिनेछ भने ४२ किलोमिटर रेल मार्ग निर्माण सम्पन्न हुनेछ ।

पाँच बर्षमा ९५ प्रतिशत नागरिकले ३० मिनेटको पैदल यात्रापछि यातायातमा पहुँच पाउनेछन् । हाल ७८.९ प्रतिशत नागरिकले माात्रै ३० मिनेटको यात्रापछि यातायातमा पहुँच पाएका छन् । पाँच बर्षभित्र ९९ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच विस्तार गरिने लक्ष्य छ भने ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच विस्तार गरिनेछ । इन्टरनेटमा पुहँच पाउने नागरिकको संख्या ५५.४ प्रतिशतबाट बढाएर ७५ प्रतिशत बनाउने, ७५ प्रतिशत नागरिकले ३० मिनेटको यात्रापछि स्वास्थ्य संस्थामा पहुँच पाउने व्यवस्था मिलाउने लक्ष्य छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top