×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

बुद्ध जन्मभूमिमा प्रदेशसभा बैठक शुरु

२१ माघ २०७४

बुटवल, माघ २१
राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा आज अपराह्न शुरु भएको छ ।

प्रदेश नं ५का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गरेका थिए । बैठकको शुरुमा प्रदेश नं ५का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको अवसरमा सबैलाई बधाई दिए ।

Advertisement

“प्रदेश नं ५ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउने हाम्रो चाहना पूरा होस्”, उनले शुभकामना व्यक्त गर्दै भने ।

बैठकमा अहिले दलीय आधारमा प्रदेश सदस्यले बोल्ने क्रम जारी छ । यसपछि आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । सो प्रदेशसभामा कूल ८७ सदस्य छन् ।

यसअघि आज बिहान पहिलो बैठकमा प्रस्तुत गरिने बैठकका कार्यसूचीलाई प्रदेशसभाको सचिवालयले अन्तिम रुप दिएको थियो । उक्त सर्वदलीय बैठकले पाँच विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतिबाट निर्णय गरेको थियो ।

अपराह्न १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी गरिएको प्रदेशसभाको बैठक सहजीकरणमा आउनुभएका संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

Advertisement

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति छ ।
रासस

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top