×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

प्रदेश १ को भीआईपी सुरक्षा : मुख्यमन्त्रीलाई दुईजना बडीगार्ड, सबै मन्त्रीले बडीगार्ड नपाउने

१ फाल्गुन २०७४

विराटनगर–प्रदेश नम्बर १ का प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका भीआईपीहरुले पाउने सुरक्षाकर्मीको टुंगो लागेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबारदेखि प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङको सुरक्षाका लागि नेपाल प्रहरीका दुईजना पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) खटिएका छन् ।
प्रदेश प्रमुखका लागी नेपाली सेनाले पनी अंगरक्षक र निवास सुरक्षामा आवश्यक सुरक्षाकर्मी यसअघी नै तैनाथ गरेको थियो ।
नेपाल प्रहरीले प्रदेशको मुख्यमन्त्रीका लागि दुई जना पर्सनल सेक्युरिटी अफिसर   (पिएसओ) खटाउने भएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्री बन्ने निश्चित प्रायः भैसकेको छ ।
‘मुख्यमन्त्रीका लागि नेपाल प्रहरीका दुईजना पिएसओ खटिन्छन्’ १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (एआईजी) पशुपति उपाध्यायले भने, ‘आन्तरिक मामिला तथा कानुन मन्त्रीका लागी पनी दुई जना सुरक्षा अधिकारी खटाउँछौं ।’

Advertisement

प्रदेश मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, सभामुख र प्रदेश प्रमुख सचिव र  बाहेक अन्य मन्त्रिहरुलाई नेपाल प्रहरीले बडीगार्ड उपलब्ध नगराउने भएको छ ।
‘आन्तरिक मामिला मन्त्री र सचिवलाई पिएसओ उपलब्ध गराउँछौं’ एआईजी पशुपती उपाध्यायले भने, ‘अन्य मन्त्रीहरुको हकमा पिएसओ दिँदैनौं ।’
प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थल र भिआईपीहरुको सुरक्षाका लागि आवश्यक जनशक्ति नेपाल प्रहरीले प्रदेश प्रहरी कार्यालय र गणको जनशक्ति कटौती गरेर ब्यवस्थापन गरेको बताईएको छ ।
नेपाल प्रहरीले बिराटनगर स्थित प्रदेश सभा बैठकस्थलको सुरक्षाका लागी अहिले इन्सपेक्टरको कमाण्डमा ३० जना मर्यादापालक खटाएको छ । जसमा २३ पुरुष र ७ महिला छन् ।
‘प्रदेश प्रहरी कार्यालय र गणमा भएका तालिमप्राप्त जनशक्तिलाई हामीले प्रदेशसभा स्थल र भिआईपीको सुरक्षामा खटाएका छौं’ एआईजी उपाध्याय भन्छन्, ‘प्रदेशसभा बैठक स्थलमा आश्यकता अनुसार ५५ जनासम्म खटाउन सकिन्छ अहिले ३० जना खटाईसकेका छौं आवश्यकता अनुसार संख्या बढाउँछौं ।’
यसैबीच प्रदेशका भिआईपी र बैठकस्थलको सुरक्षाका लागी शसस्त्र प्रहरी बलले पनी सुरक्षा अधिकारी खटाउने भएको छ । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङका एसपी भेष बहादुर शाहका अनुसार प्रदेश सभा हलको सुरक्षाका लागी शसस्त्र प्रहरीको एक सेक्सन (१५ जना) खटिएका छन् ।
भिआईपीका लागी अंगरक्षक र निवास सुरक्षा ब्यवस्था मिलाउन केही दिनअघी गृह मन्त्रालयले पुर्व क्षेत्रलाई लेखेर पठाएपनि शसस्त्र प्रहरीले संख्याको बारे हालसम्म निर्णय गरेको छैन ।
 

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top