धरानन, फागुन ७
धरानमा जारी प्रथम मेयर कप स्कुल ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक हात पार्दै डिपोट उच्च माध्यमिक विद्यालय स्कुल ओलम्पिक च्याम्पियन बनेको छ ।
माघ २२ गतेदेखि शुरु भएको स्कुल ओलम्पिकमा भएका १० विधाका खेल प्रतियोगिताहरुमा ७ स्वर्ण, १० रजत र ८ कास्य पदक हात पार्दै डिपोट स्कुल ओलम्पिक च्याम्पियन बनेको हो ।
उपाधि संगै डिपोटले १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित सैनिक उच्च महाविद्यालय धरान दोस्रो भएको छ भने ५ स्वर्ण ४ रजत १ कास्य सहित नवज्योति विद्यालयले तेस्रो भएको छ । दोस्रो र तेस्रो विजेता विद्यालयहरुले क्रमशः ६० हजार र ४० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ ।