२० असोज, एजेन्सी । ओमानमा जारी पाँच देश सम्मिलित टी-२० सिरिजको सोमबारको दोस्रो खेलमा आयरल्याण्डले हङकङलाई २०९ रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा पाँच विकेट गुमाउँदै २०८ रनको विशाल योगफल तयार पारेको थियो । आयरल्याण्डका लागि केभिन ओ ब्राइनले ६२ बलमा १२४ रनको शतकीय योगदान दिए ।
त्यस्तै पल स्टर्लिङले ३६ रन बनाए । बलिङतर्फ हङकङका एहशान खानले तीन तथा काइल क्रिस्टीले दुई विकेट लिए । अहिलेसम्म दुई खेल खेलेको आयरल्याण्डले एउटामा जित र एउटामा हारसहित दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
त्यसैगरी अहिलेसम्मका दुवै हारेर अंकविहीन रहेको हङकङ तालिकाको पुछारमा छ । अहिलेसम्म खेलेका दुवै खेल जितेर ४ अंकसहित ओमान पहिलो तथा समान खेलबाट समान ४ अंक बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छन् ।
आइतबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो भने आउने बुधबार आयरल्याण्डसँग खेल्नेछ ।