विश्वकप छनोट समुहको अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दै

विश्वकप छनोट समुहको अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दै

विराटनगर, फागुन २८
आईसीसी विश्वकप छनोटको समुहको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । आजको खेलमा नेपाल जित्नै पर्ने दवावमा छ । नेपालले सुपरसिक्समा पुग्न हङहङलाई भारी अन्तरले हराएर अफगानिस्तानको रनरेटलाई पछि पार्नु पर्नेछ ।

यदि नेपाल झिनो अन्तरले विजयी भएमा अफगानिस्तान सुपरसिक्समा पुग्नेछ । नेपाल र हङहङ एक अर्काका चिरपरिचित टिम हुन । अहिलेसम्म यी दुई टिम १२ पटक खेलेका छन । जसमा छ खेल नेपालले जितेको छ भने पाँच खेल हङहङको पक्षमा गएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.