विराटनगर, फागुन २८
बर्नमाउथलाई ४–१ गोल अन्तरले हराउँदै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती बर्नमाउथलाई घरेलु मैदानमा हराउँदै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिँदै तेस्रो स्थानमा पुगेको हो ।
टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । म्यान्चेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा छ ।
टोटनह्यामले बर्नमाउथको एक शून्यको अग्रता उल्टाएको हो । खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसयता बर्नमाउथको पोष्टमा टोटनह्यामले ४ गोल गर्न सफल भयो । ३५ औं मिनेटमा बामीदेले अलीले गोल गरी पहिलो हाफ बराबरी गरे ।
खेलको दोस्रो हाफमा टोटनह्यामले ३ गोल थपेको थियो । ६२ औं र ८७ औं मिनेटमा सोन हुइङ मिनले गोल गर्दा ९१ औं मिनेटमा सर्जी औरियरले गोल गरेका थिए ।
यही खेलमा टोटनह्यामका सुपरस्टार ह्यारी केन घाइते भएका छन् । ३० औं मिनेटमा बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिकसँगको ट्याकलपछि उनको गोलीगाँठामा चोट लागेको छ ।